इटहरी । सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नं. २ बाट उम्मेदवार रहेका सीताराम मेहताले आफूले अघिल्लो चुनावमा गरेको बाँचा अनुसारको अधिकांश काम पुरा भएपनि केही महत्वपूर्ण काम अझै बाँकी रहेकोले आफू पुनः उम्मेदवार बनेको बताएका छन ।

तिब्र गतिमा निर्वाचन अभियान चलाईरहेका मेहताले शनिवार आफ्नो क्षेत्रको इटहरीमा घरदैलो गर्दै त्यस्तो बताएका हुन ।

जनतामाँझ सरल, इमानदार र स्वच्छ छवि बनाएका मेहताले आफूले सहज रूपमै चुनाव जित्ने बताए । उनले भने, ‘मैले यसअघि थुप्रै विकासका काम गरेको छु, अब युवाको हितका निम्ति काम गर्छु । भौतिक विकास मात्रै नभई, शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा पनि विशेष चासो लिएको छु ।’

अघिल्लो निर्वाचनमा जितेर राम्रा काम गरेकै कारण पार्टीले पुनः उम्मेदवार बनाएकाले आफूले गठबन्धनको साथका कारण पनि चुनाव जित्न सहज हुने बताए ।

‘गठबन्धनका साथीहरूलाई कांग्रेसले इमानदारपूर्वक मत हाल्छ, कांग्रेसलाई पनि गठबन्धनको मत आउँछ, चुनाव जित्नेमा दुईमत छैन’ उनले भने, ‘चुनाव जित्नेमा कुनै शंका नै छैन, तर मैले चुनाव जित्न मात्रै निर्वाचनमा होमिएको होइन, विकास निर्माणका काम बाँकी भएकाले चुनावी मैदानमा छु ।’

उनले आँफूले जनतासमक्ष गरेका चुनावी बाचा बाँकी नै रहेकाले पुनः चुनावी प्रतिष्पर्धामा होमिएको सुनाए ।

०७४ को निर्वाचनमा मेहताले वाम गठबन्धनका हिमाल सुवेदीलाई पराजित गरेका थिए । ०७४ मा मेहताले ४१ हजार ४९५ मत ल्याउँदा पराजित सुवेदीको ३५ हजार ३४९ मत आएको थियो ।

प्रदेश २ खका उम्मेदवार राजिब कोइरालाले भने शनिवार आफ्नो चुनावी अभियान दक्षिण क्षेत्रमा सञ्चालन गरेका थिए । उनले देवानगञ्ज गाउँपालिकाको विभिन्न वडाहरुमा घरदैलो गरेका थिए।

अघिल्लो लेखमासुनसरी ४ नम्बरमा लोसपाका उम्मेदवार आक्रामक चुनावी अभियानमा
अर्को लेखमासुनसरी ४ मा लोसपासँग सेकेण्ड हुन कांग्रेस र एमालेको प्रतिष्पर्घा हुन्छ ः कुञ्जिलाल यादव

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्