कांग्रेसको दह्रो संगठन नै हाम्रो जितको आधार हो : बिनिताकुमारी मेहता

17
257
The strong organization of the Congress is the basis of our victory: Binita Kumari Mehta
Binita Kumari Mehta

इनरुवा नगरपालिकाको उपमेयर पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी बिनिताकुमारी मेहता इनरुवाको कांग्रेस राजनीतिका पुराना सम्मानित नेता श्रीलाल मेहताकी माईली बुहारी हुन ।

सुनसरी कांग्रेस प्रभावशाली युवा नेता योगेन्द्रप्रसाद मेहताकी धर्मपत्नी बिनिता कांग्रेसको प्रदेश प्रतिनिधि, प्रदेश सभा क्षेत्रीय कार्य समिति सदस्य हुन । इनरुवा पोलिक्लिनिक, नेशनल मेडिसिन सेन्टरकी सञ्चालक सफल ब्यवसायी एवम समाजसेवी बिनिता अहिले ब्यवसाय छाडेर विहानैदेखि चुनावी प्रचारप्रसार, भेटघाट र घरदैलोमा ब्यस्त छिन । उनको उम्मेदवारी र राजनीतिक जीवनको विषयमा वर्णमाला दैनिकले गरेको कुराकानी ः

उपमेयर पदमा तपाईको उम्मेदवारी किन ?

म राजनीतिक परिवार र वातावरणमा हुर्किएकी बुहारी हुँ । मेरो ससुराबुबा र श्रीमान नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहँदै आउनु भएको छ । म पनि उहाँहरुसँगै नेपाली कांग्रेसको राजनीतिमा क्रियाशिल रहँदै आएको छु ।

राजनीतिसँगै मैले ब्यवसाय र समाजसेवामा पनि आफूलाई निरन्तर सक्रिय रहँदै आएको छु । मलाई अरु जस्तो पहिचानको समस्या छैन । ब्यवसायी, समाजसेवी वा राजनीतिकर्मी सबै हिसावमा इनरुवाबासीले मलाई चिन्नु हुन्छ ।

मेरो र मेरो परिवारको राजनीतिक क्रियाशिलताको कारणले पनि मेरो उम्मेदवारी स्वभाविक हो । उपमेयर भएर मैले गर्ने फेरि पनि मेरो समाजसेवा र समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्ने नै हो । मेरो परिवार पुख्र्यौली रुपमै सम्पन्न हो, मैले पैसाको लागि उपमेयर भईरहनु पर्दैन, मैले उपमेयर भएर गर्ने भनेको परिवारको प्रतिष्ठालाई अझै उच्च बनाउने र मैले जीवन विताउने
इनरुवा र इनरुवाबासीको सेवा नै हो ।

तपाईको जितको आधारलाई कसरी विश्लेषण गर्नु भएको छ ?

म पार्टीको सच्च सिपाही, इमान्दार कार्यकर्ता हुँ । मेरो जितको आधार भनेको नेपाली कांग्रेसको इनरुवामा पञ्चायतकालदेखि नै कायम रहँदै आएको दह्रो संगठन नै हो । पार्टीको तर्फबाट उम्मेदवार बनेकोले मुख्य आधार पार्टी नै हो, यसका अलवा म र मेरो परिवारको छवी पनि हो । त्यस्तै मेरो सामाजिक र राजनीतिक जीवनमा क्रियाशिलता र सम्पर्क पनि हो । इनरुवाबासीले इनरुवामा सधै नेपाली कांग्रेसलाई माया गर्दै आउनु भएको छ । यो पटक पनि माया गर्नु हुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।

इनरुवा र इनरुवाबासीको हितमा तपाईको एजेण्डाहरु कस्तो तय गर्नु भएको छ ?

म आफै ब्यवसायी सधै बजारमा रहेर इनरुवाबासीको समस्यालाई प्रत्यक्ष निगरानी गरिरहेको छु । यहाँको पहिलो र मुख्य समस्या भनेको स्वास्थ्य समस्या नै हो । त्यसैले मैले इनरुवा अस्पताललाई सुविधासम्पन्न विशेषज्ञ अस्पतालको रुपमा विकास गर्ने र योसँगै इनरुवामा एउटा सुविधासम्पन्न निःशुल्क उपचार गर्ने नगर अस्पताल निर्माण गर्ने योजना बनाएको छु ।

त्यसैगरी इनरुवा कृषि शहर भएकोले यहाँका हरेक किसानका खेतमा विद्युत पु¥याएर सिचाईको सहज सुविधा बनाएर उत्पादकत्वमा बृद्धिसहित जीवन स्तर उकास्ने, सुविधा सम्पन्न आँखा अस्पताल सञ्चालन गर्ने, इनरुवाको सामुदायिक विद्यालयहरुमा अनिवार्य अंग्रेजी माध्यममा पढाई सुरु गर्ने, महिलाहरुलाई आत्मनिर्भर स्वरोजगार बनाउन विभिन्न सिप सिकाउनुका साथै सिपअनुसारको ब्यापार ब्यवसाय सञ्चालनको लागि सहयोग गर्ने, महिलाहरुको विशिष्ट स्वास्थ्य समस्यामा सहज उपचारको ब्यवस्था मिलाउने यसका अलावा पार्टीले प्रतिबद्धतापत्रको रुपमा इनरुवाबासी माँझ पस्किएका एजेण्डाहरुलाई अगाडि बढाउनेमा प्रतिबद्ध छु ।

बिगतका दिनहरुमा पनि भनिने र गरिने कुरा नमिल्दा विश्वासको आधार त भएन नी ?

काम गर्नेले नै कमजोर गर्ने हो, नगर्नेले केही कमजोरी वा गल्ती गर्दैन । त्यसैले विगतका गल्ती र कमजोरीबाट सिकेर आगामि दिनको बाटो तय गर्ने हो । नेपाली कांग्रेसले इनरुवाको विकासको अहिलेसम्म आधारभूमी तयार पारिसकेको छ । त्यसकै जगमा टेकेर हामीले राम्रा कामहरुलाई अगाडि बढाउने र कमीकमजोरी रहेका कामहरुलाई सुधार गरेर अगाडि बढाउने हो ।

नगरबासीले आशंका गर्नु स्वभाविक हो तर म कसैलाई पनि हाम्रो टिमले इनरुवाको लागि काम गर्नेमा आशंका नगर्न आग्रह गर्दछु । हाम्रो टिम यसपटक युवाहरुको टिम छ । यो टिममा केही गर्नु पर्छ, गरेर देखाउनु पर्छ भन्ने मानसिकता भरिएको छ । त्यसैलेपनि हाम्रो टिमले इनरुवाको विकासमा ऐतिहासिक काम गर्छ भन्नेमा कुनै शंका गर्नु पर्ने परिस्थिति छैन ।

पाईको प्रतिद्धन्दीहरु पनि त कमजोर छैनन नि ?

हो, चुनावमा उठेको सबै उम्मेदवारहरुले म जित्छु नै भन्छ, हार्छु भनेर कोही पनि उम्मेदवार बन्दैन । तर जितको स्पष्ट आधार हाम्रो टिमसँग छ । इनरुवा कांग्रेस उर्वरभूमी अर्थात गढ हो । पञ्चायतकालदेखि नै यहाँ कांग्रेसले आफ्नो पहिचान र प्रभुत्वलाई कायम राख्दै आएको छ ।

कांग्रेसका परम्परागत मतदाताहरुले भरिएको यो ठाँउमा कांग्रेसले सबै जाति, धर्म, संस्कृति विशेषलाई गर्दै आएको सम्मान र सबैलाई अटाउन सक्ने कांग्रेसको चरित्रका कारण पनि यहाँ कांग्रेसप्रतिको आर्कषण दिनदिनै बढ्दो छ । पार्टीको प्रभाव र म एवम मेरो परिवारको ब्यक्तित्व, क्रियाशिलता र योगदान सबैको कारण इनरुवामा त्यस्तो प्रतिष्पर्घा हुने स्थिति रहँदैन ।

तपाईहरुको पार्टीभित्र नै चरम असन्तुष्टी देखिएको बेला कसरी जित्ने दावी गर्नु हुन्छ ?

कांग्रेस नेपालको सबैभन्दा पुरानो र इतिहास बोकेको पार्टी हो । जिजुबा, हजुरबाले स्थापना गरेको पार्टीमा अहिले नाती पनाती नेता बनिसक्नु भएको छ । यस्तो अवस्थामा कांग्रेस नेताहरुको ठूलो पंक्ति भएकोले एउटाले उम्मेदवार बन्ने अवसर पाउँदा अरु दर्जनौ प्रभावशाली नेताहरु बाहिर रहनु पर्ने स्थिति अलिअलि असन्तुष्टी रहनु स्वभाविक हो ।

आज एउटा योग्य साथीहरुले अवसर पाउनु भयो, अर्कोपटक अरु साथीहरुले अवसर पाउनु हुन्छ । अवसर सबैले क्रमैसँग पाउने नै हो । फेरि यो नै चुनाव त अन्तिम होईन नि ? कांग्रेस मासबेस पार्टी भएकोले यस्ता असन्तुष्टी स्वभाविक हो । कांग्रेसमा धेरै बहस विवाद गरेर अन्तिममा मिल्ने संस्कार इतिहासदेखि नै रहेकोले अहिले पनि त्यस्तै हुन्छ । अन्तमा सबै साथीहरु पार्टीका उम्मेदवार जिताउन लाग्नु हुन्छ भन्नेमा म ढुक्क छु ।

जातीय कुरा पनि उठ्दै छनि, त्यसले असर पार्दैन ?

कांग्रेसले कहिल्यै जातको कुरा गर्दैन । यसले नेपाल र नेपालीको कुरा गर्छ । अर्कोतर्फ कांग्रेसले सबै जातजातिहरुलाई समान अवसर दिदै आएको छ । अहिलेसम्म नेपालको राजनीतिक मुलधारमा सबै जातजातिलाई अवसर दिएर नेतृत्वमा पु¥याउने पार्टी नै कांग्रेस भएकोले जातीय विषयले कांग्रेसलाई असर पार्दैन ।

हार स्विकार गरिसकेकाहरुले मात्रै जातीय कुरा उठाएर समाजमा सामाजिक सद्भाव विगारे राजनीतिक फाईदा लिन खोज्छन । तर यहाँको जातजातिहरुले यो कुरा राम्ररी बुझ्नु भएको छ । हाम्रो त नारा नै छ नि ,‘सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस’ । हामी जात होईन, समग्रताको कुरा गर्छौ ।

अघिल्लो लेखमाइनरुवामा स्वतन्त्र उम्मेदवारको घरदैलोमा समर्थकको उत्साहजनक सहभागीता
अर्को लेखमाबागी र असन्तुष्ट फकाउँदै सुनसरी कांग्रेसका नेताहरु

17 टिप्पणीहरू

  1. Do you mind if I quote a couple of your articles as long as I provide credit and sources back to your website? My blog is in the exact same area of interest as yours and my users would really benefit from a lot of the information you present here. Please let me know if this okay with you. Regards!

  2. Thanks for sharing superb informations. Your web-site is so cool. I am impressed by the details that you¦ve on this blog. It reveals how nicely you perceive this subject. Bookmarked this website page, will come back for more articles. You, my friend, ROCK! I found just the info I already searched all over the place and just couldn’t come across. What a perfect web site.

  3. Whats up very cool web site!! Guy .. Beautiful .. Wonderful .. I’ll bookmark your website and take the feeds additionally?KI am glad to seek out numerous useful information here in the post, we need develop extra techniques on this regard, thank you for sharing. . . . . .

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्