इनरुवा । इनरुवा नगरपालिकाले बजार क्षेत्रका ६ जना घरधनीलाई भदौ १ गतेसम्म घर भत्काउन दिएको अन्तिम समयसिमालाई बेवास्ता गर्दै घर नभत्काएपछि आफैले भत्काउने तयारी गरेको छ ।

नगरपालिकाले इनरुवा १ का प्रकाश राठी, प्रदिप राठी, प्रदिप सोनी, दिलिप सोनी, संसाद इराकी, नौसाद इराकीका नाममा साउन २६ गतेको मितिमा अवरोध गरिएको भौतिक संरचना भदौ १ भित्र भत्काउन पत्र पठाएको थियो ।
इनरुवा नगरपालिकाका मेयर राजन मेहताले एक वर्षदेखि सडक क्षेत्र अतिक्रमण गरी निर्माण भएका घर भत्काउने लिखित सहमति गरेका घरधनीले पटक–पटक आग्रह गर्दा स्थानीय सरकारलाई अटेर गरेको देखिएकोले नगरपालिकाले आफै घर भत्काउने तयारी गरेको बताए ।
उनले भने,‘ नगरकार्यपालिकाबाट बजार क्षेत्रमा निमार्णधिन सडक ढल योजना अलपत्र अवश्थामा पुगेपछि भदौ १ गतेसम्म सम्बन्धित घर धनीहरुलाई अतिक्रमण हटाएर भौतिक संरचना भत्काउन लिखित पत्र दिएकाले समयसिमा भित्र आफै भत्काउने नमानेपछि नगरपालिकाले भत्काउनु पर्ने अवश्था आएको छ ।’
नगरपालिकाले भदौ २ गते डोजर, जेसिभी लगाएर अतिक्रमण गरिएको भौतिक संरचना हटाउने तयारी गरेको जानकारी दिदै मेयर मेहताले भने, ‘नगरपालिकाको मुख्य बजारक्षेत्रको सौन्दर्यता कुरुप हुने गरी वर्षौदेखि पूर्वाधार विकासमा अवरोध हुँदै आएको क्षेत्रमा कठोर हुनुको विकल्प नभएकाले संरचना हटाएर छाड्छौ ।’
बजारक्षेत्रको अतिक्रमण हटाउने बित्तिकै बाँकी रहेका साना अवरोधहरु कतै बाँकी छन भने अविलम्ब हटाएर सडक ढल निर्माण कार्य पुरा गर्ने मेयर मेहताले प्रतिबद्धता ब्यक्त गरे ।
नगरपालिकाले सखुवागाछीदेखि जिल्ला समन्वय समिति हुँदै बवियासम्मको सडक ढल निर्माण कार्यअन्र्तगत बजारक्षेत्रमा अवरोध हुँदा निर्माण कार्य रोकिएपछि घर भत्काउन यस पटक अन्तिम समयसिमाको चेतावनी दिदै आएको थियो ।
उपभोक्ताहरुसँग २०७६ असोज ९ गते भएको सहमतिअनुसार ५२ फिटको क्षेत्रभित्र भन्दा बाहिरको भौतिक संरचना र अवरोध हटाउने निर्णयअनुसार निमार्ण कार्य अवरोध भएको बजार क्षेत्रको घर भत्काउन पटक–पटक दिएको समय सिमामा अटेर गरेकाले भदौ १ गते अन्तिम समयसिमा दिएको हो ।

इनरुवा बजारको सडक निर्माणमा अवरोध पु¥याएका घर नगरपालिका आज भत्काउने

अघिल्लो लेखमावर्णमाला दैनिक पत्रिका , भदौ २ गते २०७७
अर्को लेखमातीस वर्षदेखिको अवरोध हटाउन सुरु ग¥यो इनरुवा नगरपालिकाले

6 टिप्पणीहरू

  1. I am really loving the theme/design of your blog. Do you ever run into any internet browser compatibility problems? A few of my blog readers have complained about my blog not working correctly in Explorer but looks great in Chrome. Do you have any solutions to help fix this problem?

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्