इनरुवा । अघिल्लो पटक समेत प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य रहीसकेका सुनसरी क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार सिताराम मेहता र राजिब कोइराला बाँकी अपुरो अधुरो काम पुरा गर्ने प्रतिबद्धतासहित मतदाताहरुको घरमा पुगिरहेका छन ।
अघिल्लो कार्यकालमा आफूहरुको अगुवाईमा प्रारम्भ भएका विकास निर्माणका कामहरु अझै पुरा भईनसकेको र त्यसलाई पुरा गर्न आफूहरुको पहलकदमी अझै आवश्यक रहेको भन्दै उनीहरु अपुरा र अधुरा कामहरुलाई पुरा गर्न पुनः एक कार्यकालको लागि भन्दै मत माग्दै मतदाताहरुको घरदैलोमा पुगिरहेका छन ।
बुधवार मेहता र कोइरालाले आफ्नो गृह नगर इनरुवा नगरपालिकाको वडा नम्बर १० जल्पापुरमा घरदैलो गरेका छन ।
सो क्रममा उनीहरुले इनरुवा–कौवाखोच सडक ठेक्का लागिसकेकोले अब त्यसलाई पुरा गर्ने जिम्मेवारी पनि आफूहरुकै भएको र अन्य धेरै विकास निर्माणका कामहरु निर्माणको चरणमा रहेकोले त्यसलाई पुरा गर्दै क्षेत्रको विकास गर्न आफूहरुलाई मत दिन आग्रह गरेका थिए ।
उनीहरुले आफूहरुले सुरु गरेको काम अरुले पुरा गर्न नसक्ने भन्दै मतदिन आग्रह गरेका थिए । त्यस्तै कांग्रेस नेतृत्वको गठबन्धनले बहुमतसहित प्रदेश र केन्द्रमा सरकार बनाउने निश्चित भएकोले थप विकासको लागि समेत गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको तर्क गरेका थिए ।
जल्पापुरको उनीहरुको उनीहरुको चुनावी अभियान र घरदैलोलाई घरघरबाट निस्किएर स्थानीयहरुले स्वागत र जीतको शुभकामना दिदै चुनावी अभियानमा आफूलाई सहभागि गराएका थिए ।