चुनाव इनरुवाका ब्यापारीहरुको : सकस कांग्रेसलाई

0
128
Election of Inruwa businessmen: Sakas to Congress
bbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbb

इनरुवा । आगामि माघ २८ गते इनरुवा उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा नेतृत्वको दावीसहित कांग्रेस आवद्ध ब्यापारीहरुले नै अलग–अलग प्यानल बनाएर मनोनयन दर्ता गराएपछि नेपाली कांग्रेस समस्यामा परेको छ ।

नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस आबद्ध तीन जना ब्यापारी नेताहरुले दावीसहित उम्मेदवारी दिएपछि त्यसलाई मिलाउन कांग्रेसलाई सकस परेको हो ।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्षसमेत रहेका पार्टीका जिल्ला सचिव विरेन्द्रकुमार साह, संघमा लामो समय कार्य समितिमा रहेका क्रियाशिल सदस्य केदार ओझा र पार्टीका वडा नम्बर ३ का उपाध्यक्षसमेत रहेका पहलबहादुर कटुवालले अलग–अलग प्यानल बनाएर नयाँ नेतृत्वको दावीसहित मनोनयन दर्ता गराएपछि सबैलाई सन्तुष्ट पार्ने र साझा नयाँ नेतृत्व चयन गर्ने विषयलाई लिएर कांग्रेस समस्यामा परेको हो ।

आफ्नै नेता कार्यकताहरुबीच प्रतिष्पर्घा हुँदा संघमा लामो समयदेखि रहँदै आएको आफ्नो पकड ब्यापारीहरुबीच असन्तुष्टी बढ्दा कमजोर हुने स्थितिलाई मध्यनजर गर्दै कांग्रेसले सबै पक्षलाई राखेर सहमतिको प्रयास गरेपनि त्यो प्रयास सफल हुन सकेन ।

मंगलबार नेपाली कांग्रेस सुनसरी जिल्ला कार्यालयमा ब्यापार संघको नयाँ नेतृत्व लिन तम्सिएका तीनै जना उम्मेदवार पार्टीका केन्द्रीय सदस्य राजिब कोइराला, पूर्व प्रतिनिधिसभा सदस्य सिताराम मेहता, इनरुवा नगरपालिकाका मेयर एवम पार्टीका जिल्ला सभापति केदार भण्डारी, जिसस सुनसरीका प्रमुख एवम पार्टीका नगर सभापति राजन मेहतासहित सहमतिको लागि छलफल गर्न बसेको बैठकमा सबैले आ–आफ्नो अडान कायम राखेपछि साझा नेतृत्व चयन गर्ने विषयमा सहमति बन्न सकेन ।

सहमतिको प्रयास सफल नभएपछि कांग्रेसले पार्टीका जिल्ला सचिव विरेन्द्रकुमार साह नेतृत्वको प्यानललाई पार्टीको आधिकारिक प्यानल घोषणा गरेको थियो । अन्य आकांक्षीहरु भने पार्टीको साथ नभएपनि उद्योगी ब्यवसायीले साथ दिने भन्दै बैठकबाट बाहिरिएर चुनावी अभियानमा हिडेका छन ।
तीन वटै प्यानलका एक दुई बाहेक सम्पूर्ण पदाधिकारीहरु नेपाली कांग्रेस आवद्ध ब्यापारीहरु नै छन ।

यो निर्वाचनमा नेकपा एमालेले आफू आवद्ध ब्यापारीहरुको प्यानल बनाएको छैन । एमालेपनि यो निर्वाचनमा विभाजित जस्तो देखिएको छ । एमाले समर्थक ब्यापारीहरुले सदस्य पदमा उम्मेदवारी दिएपनि उनीहरु कांग्रेस आवद्ध ब्यापारीहरुकै नेतृत्वमा रहेका विभिन्न प्यानलबाट उम्मेदवारी दिएका छन ।

एमाले आवद्ध ब्यापारीहरु किरण श्रेष्ठ, टिका न्यौपाने र हरि निरौलाले केदार ओझा प्यानलबाट सदस्य पदमा उम्मेदवारी दिएका छन भने जिबराज दाहालले पहलबहादुर कटुवाल नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएका छन ।

जसपाको तर्फबाट सह–सचिवको उम्मेदवार बनेका त्रिलोक गुप्ताले पहलबहादुर कटुवाल नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएका छन ।

नयाँ नेतृत्वको दावी गर्ने साहलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएपनि पार्टीभित्र कायम रहेको संस्थापन पक्ष र इतर समूहबीचको प्रतिष्पर्घाको छायाँ निर्वाचनमा देखिने संकेत देखापरेको छ ।

यस हिसावमा उनी कांग्रेसभित्रको संस्थापन पक्ष र केही जातीय समूहको उम्मेदवारको रुपमा मैदानमा देखिन्छन ।

त्यस्तै ओझालाई नेतृत्वमा केन्द्रीय सदस्य राजिब कोइराला सकारात्मक रहँदै आएकोमा उनको चाहनाअनुसार पार्टीबाट आधिकारिकता दिन नसकेपनि उनलाई संस्थापन इतर समूहको साथ देखिन्छ ।

त्यस्तै नेकपा एमाले आबद्ध ब्यापारीहरुको ठूलो तप्काको साथ पनि उनलाई देखिन्छ । त्यस्तै पूर्व अध्यक्षहरु पञ्चदेब मेहता, शुकदेब मेहता र कैलास पञ्चारिया उनको साथमा उभिएका छन ।

त्यस्तै कटुवाललाई नेपाली कांग्रेसका सभापति एवम मेयर केदार भण्डारीको भित्री समर्थन रहेको बताईएको छ । योसँगै उनलाई जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको स्पष्ट सर्मथन देखिन्छ ।

योसँगै नेकपा एमालेको एउटा खेमा र राजनीतिक गतिविधिमा नलागेका स्वतन्त्र खाले ब्यापारीहरुको अधिकांशको समर्थन उनलाई देखिन्छ ।

यसको अलावा हार्डवेयर संघ र कवाडी संघका सदस्यहरुको पनि कटुवाल प्यानलाई समर्थन देखिन्छ । त्यस्तै पूर्व अध्यक्ष प्रमोद आचार्य पनि कुटावलकै पक्षमा देखिएका छन ।

अघिल्लो लेखमासुनसरीमा बालबालिकामा दादुरा भेटिको पुष्टि संक्रमण फैलिएको हुन सक्ने आशंका
अर्को लेखमाउधोग वाणिज्य संध इनरुवाको निर्वाचनमा तिनवटा प्यानल चुनावी मैदानमा

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्