इनरुवा । इनरुवाका मेयर केदार भण्डारी र ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापाले मधेशा स्वास्थ्य चौकीमा म्याद गुज्रिएका औषधी नभएको भनि गरेको दावी तथ्यहिन रहेको पाइएको छ।
सामाजिक संजालमा इनरुवा ६ मधेशाका वडासदस्य उत्तम कार्कीले स्वास्थ्य चौकीमा म्याद गुज्रिएका औषधी रहेको सर्वसाधरणलाई जानकारी गराएपछि उक्त दावी तथ्यहिन आधार प्रमाण बिना बदनाम गराउँने रहेको भन्दै मेयर र वडाअध्यक्षले ढाकछोप गरेका थिए ।
नगरपालिकाले त यस्तो भ्रम सृजना गर्ने सञ्चारमाध्यमलाई कारवाही नै गर्ने चेतावनीसहितको विज्ञप्ति नै प्रकाशित गरेर ढाकछोपको दावी गरेको थियो । तर आइतवार उपमेयर विनिताकुमारी मेहताले त्यसको अनुगमन गरेर मेयर र वडाध्यक्षको प्रोपागाण्डाको धज्जी उडाएकी छिन ।
मधेशा स्वास्थ्य चौकीमा २ हजार थान सुत्केरीलाई दिने न्यानो झोला मुसाले खाएर कामै नलाग्ने अवश्थामा रहेको फेला पर्नुका साथै प्रायःजसो म्याद गुज्रेका औषधी चालु अवश्थामा सर्वसाधरणलाइ्र्र वितरण गरिदै आएको फेला उपमेयरले फेला परेकी थिईन ।
सो घटनाले मेयर र वडाअध्यक्षको दावी गम्भीर ढाकछोप गर्न सर्वसाधरणको स्वास्थ्यमा लापरवाही गर्ने कर्मचारीलाइ्र्र संरक्षण गर्न गरिएको पाइएको आशंका गरिएको छ ।
मेयर केदार भण्डारीले शनिवार इनरुवा नगरपालिकाको सामाजिक संजाल र आफनो फेसवुक पेजमा एक विज्ञप्तीमार्फत भ्रामक समाचार प्रकाशन गरि अनलाइनले नगरपालिकाको बदनाम गराउने काम गरेको भन्दै कानुनी कारवाही गर्ने दावी गरेका थिए ।
तर उपमेयर मेहतासहितको टोलीले मधेशा स्वास्थ्य चौकीमा गरेको अनुगमनमा सर्वसाधरणको स्वास्थ्यमा गम्भीर खेलवाड हुने गरेको तथ्य बाहिर आएको छ।
उपमेयर मेहताले वर्णमाला दैनिकसँगको भनिन्, ‘मेयर ज्युले भने जस्तो म्याद सकिएका औषधीहरु स्टोरमा कार्टुनभित्र प्याक गरेको राखेको पाइएन ।’
म्याद सकिएका औषधीहरु, केमिकलहरु चालु अवश्थामा सर्वसाधरणलाई वितरण गर्दै आउनुका साथै रेफ्रीजेटरमा चिसो बनाएर इनजेक्सनसमेत दिदै आएको फेला परेको उपमेयर मेहताले जानकारी दिइन ।
उनले भनिन्, ‘वर्थीड्ड सेन्टरसमेत रहेको स्वास्थ्य चौकीमा सुत्केरी गराउँन गर्भवती महिलाहरु आउने गरेको अभिलेख तथ्याड्डकमा नदेखिएको अवश्थामा दुई हजार थान न्यानो झोला मुसाले खाएर काम नलाग्ने अवश्थामा जथाभावी थन्काएर राखिएको थियो ।
मेहताले थपिन, ‘विभिन्न प्रकारका औषधी आजभन्दा पाँच वर्ष अगाडि नै म्याद सकिएपनि स्वास्थ्य चौकीमा भने चालु अवश्थामा राखिएको फेला परेका कारण ति औषधीहरु सर्वसाधरणलाई वितरण गरिएको भए गम्भिर प्रकृतीको लापरवाही हुने गरेको बुझिन्छ ।’
औषधी जस्तो संवेदनशिल बिषयमा मेयर ज्युले विज्ञप्ती जारी गर्नु दुखद् भएकाले कमीकमजोरीलाई सच्चाएर दोषीलाई कारवाही गर्न लाग्नु पर्ने उनको भनाई थियो ।
अनुगमनका क्रममा वडाअध्यक्ष सुमन थापा, वडासदस्य उत्तम कार्कीलगायतको सहभागीता रहेको थियो ।