इनरुवा । इनरुवाका विभिन्न वडाहरुका थारु तथा मधेशी समुदायका महिलाहरुले सामुहिक रुपमा जितिया पर्व मनाएका छन ।
आइतवार इनरुवा ३ कंशमरण, इनरुवा ६ मधेशा र इनरुवा ५ बलाहामा थारु महिला समाजको आयोजनामा जितिया पावन हर्सोउल्लास पूर्वक मनाइएको हो ।
इनरुवा ३ कंशमरणमा थारु समुदायको आयोजनामा भएको जितिया कार्यक्रममा मधेशी तथा अन्य समुदायका महिलाहरु सहभागी भएर सामुहिक रुपमा शुभकामना आदान प्रदान गदै परम्परागत सांस्कृतिक नृत्य गितसहित मनाइएको थियो ।
कार्यक्रममा इनरुवा ३ का वडाअध्यक्ष रमेशकुमार श्रेष्ठलगायतका जनप्रतिनिधि तथा स्थानिय अगुवाहरुको सहभागीता रहेको थियो ।
यसैगरि इनरुवा ६ मधेशामा आयोजित जितिया सांस्कृतिक कार्यक्रममा इनरुवा नगरपालिकाकी उपमेयर विनिताकुमारी मेहताले कार्यक्रमको उदघाटन गर्दै महिलाहरुको कठोर ब्रत बसेर मनाइने जितिया पर्वले आपसमा सलभाव र एकता कायम गर्ने बताइन ।
इनरुवा ५ बलाहामा जितिया पावैन विषेश कार्यक्रममा थारु कला र संस्कृतिको प्रर्दशन सहित सामूहिक नाचगान गर्दै मनाइएको छ ।
कार्यक्रममा इनरुवाकी उपमेयर विनिताकुमारी मेहता, वडाअध्यक्ष अनिल पोखरेल, थारु कल्याणकारी सभाका अध्यक्ष सुरेन्द्र चौधरी, जिवनाथ पोखरेल, झिगु नेवा समाजका लालबहादुर श्रेष्ठलगायतले शुभकामना दिएका थिए ।