इनरुवा । इनरुवाको एक विद्यालयमा अभिभावक भेलाबाट छनौट भएका सदस्यहरुलाई धम्की दिदै प्रधानअध्यापकले गैह् अभिभावकलाइ्र्र जवरजस्ती विद्यालय व्यवश्थापन समितिको अध्यक्ष बनाएको पाइएको छ ।
इनरुवा नगरपालिकाको ४ नम्बर वडामा रहेको ज्ञानोदय आधारभुत विद्यालयमा अभिभावक भेलामार्फत छनौट गरिएका ४ जना सदस्यलाई धम्की दिदै प्रधानअध्यापकले जवरजस्ती गैह् अभिभावकलाई विद्यालय व्यवश्थापन समितिको अध्यक्ष बनाएका हुन ।
अभिभावक भेलाले गोलाप्रथा गरि उमेश मेहता, रविन्द्र चौधरी, फुलियादेवी सदा र सुनिता परियारलाई छनौट गरि व्यवश्थापन समितिको अध्यक्ष चारजना मध्ये सहमतिको आधारमा चयन गर्न अधिकार दिएको थियो ।
अभिभावक भेलाबाट चयन भएका सदस्य रविन्द्र चौधरीका अनुसार निमित्त प्रधानअध्यापक रामबिलास मेहताले सदस्यहरुलाइ्र्र कुनै जानकारी नदिई धम्की दिएर जवरजस्ती सुनसरी बहुमुखी क्याम्पस संचालक समितिका सदस्यसमेत रहेका नेपाली कांग्रेसका नेता हरिलाल मेहतालाई अध्यक्षमा चयन गरेका हुन ।
सदस्य चौधरीले भने, ‘सदस्य सचिवको भुमिकामा रहने प्रधानअध्यापकले चारजना सदस्यहरुको कार्यविभाजनपछि मनोनित गर्ने शिक्षक प्रतिनिधि, बुद्धीजीवी र जग्गादाता गरि तिनजना आफुखुशी मनोनित गर्नुका साथै वास्तविक अभिभावकलाइ्र्र जिम्मेवारी बहीन बनाए ।
अर्का सदस्य उमेश मेहताले भने, ‘विद्यालय व्यवश्थापन समिति गठन गर्ने निर्देशिका विपरित अभिभावक नभएका व्यक्तिलाई अध्यक्ष बनाएर विद्यालयभित्र ठाडो राजनीतिक हस्तक्षेप गर्ने काम भएको छ ।
शिक्षा समबन्धी निर्देशिकाअनुसार व्यवस्थापन समितिको सदस्यको छनौट, काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधिमा विद्यालय व्यवश्थापन समितीमा विद्यार्थीका बाबु, आमा, दाजु, भाइ, दिदी बहिनी, बाजे, बज्यै वा विद्यार्थीको पालन पोषण गर्ने र पठन पाठनको व्यवस्था मिलाउने व्यक्ति बाहेक अन्य व्यक्तिलाई अभिभावकको रुपमा राख्न हुँदैन भन्ने उल्लेख गरिएको छ ।
यसैगरि व्यवस्थापन समितिको अध्यक्ष र सदस्यहरु छनौट गर्ने प्रयोजनको लागि विद्यार्थीका बाबु, आमा, बाजे वा बज्यै मात्र अभिभावक मानिनेछ भन्ने उल्लेख गरिएको छ ।