इनरुवामा ठुला दलभित्रको असन्तुष्टीले जसपा बैकल्पिक शक्तिको रुपमा स्थापित हुँदै

5
287
Dissatisfaction within the big parties in Inaruwa is establishing Jaspa as an alternative force
jasapa1

इनरुवा । इनरुवाको चुनावी अभियानमा दुई ठूला दलसँगै प्रतिष्पर्घामा उत्रिएका अन्य दलहरुको तुलनामा जनता समाजवादी पार्टी (जसपा) यसपटकको चुनावमा सशक्त प्रतिद्धन्दीको रुपमा देखिएको छ ।

नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीले एमालेको मतमा असर पु¥याउने पूर्व आँकलन सर्वत्र गरिरहेको अवस्थामा सो पार्टीले मेयर र उपमेयर पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएपछि जसपालाई नेपाली कांग्रेस र नेकपा एमालको निकट प्रतिद्धन्दीको रुपमा देखिएको हो ।

इनरुवामा कांग्रेस नेतृत्वको गठबन्धन गर्न जसपा, नेकपा माओवादी केन्द्र र समाजवादी पार्टीले हरसम्भव प्रयत्न गर्दा कांग्रेस नेतृत्वले गठबन्धन गर्न नमानेपछि अन्तिममा एक्ला एक्लै चुनावमा प्रतिष्पर्घा गर्ने निधोमा दलहरु पुगेपनि आन्तरिक रुपमा भने जसपा, माओवादी र एकीकृत समाजवादी गठबन्धन गरेर जाने तयारीमा थिए ।

सोही तयारी अनुसार जसपाले मेयर, माओवादी केन्द्रले उपमेयर र समाजवादीले केही वडा पाउने गरी मनोनयन दर्ता गराउने तयारी गरिरहँदा माओवादी केन्द्रले मेयर र उपमेयसहित १० वटै वडामा उम्मेदवारी दिएपछि आन्तरिक गठबन्धनको तयारी विफल भएको थियो ।

गठबन्धनमा माओवादीले जसपा र एकीकृत समाजवादीलाई कमजोर शक्तिका रुपमा आँकलन गर्दै आफूलाई एमाले र कांग्रेस बराबरको शक्तिमा लिएपछि चिढिएको एकीकृत समाजवादीले जसपाका मेयर र उपमेयरका उम्मेदवारलाई समर्थन गरेर इनरुवा ३ र ६ मा जसपाको समर्थन आफूले लिने गरी पहल थालेको छ ।

एकीकृत समाजवादीको समर्थन पाउने सम्भावनामा रहेको जसपा नेपाली कांग्रेस र नेकपा एमालेका असन्तुष्ट पक्षको समेत साथ सहयोग पाउने बैकल्पिक शक्तिको रुपमा देखिएको छ ।

अन्य ठूला दलले इनरुवाका वडा टोलमा चुनावी माहौल सृजना गर्नु अगावै आफूलाई एजेण्डालाई लिएर पुगेको जसपाले यसपटक अनपेक्षित रुपमा मत पाउने आँकलन गरिएका कारण जसपाका उम्मेदवार दिलिपचन्द साहु ठूला दलका लागि खतरा बन्न पुगेका छन ।

चुनावी अभियानको परिचालन र ब्यवस्थापनमा कमजोर देखिएपनि जसपा मतदाताको बिचमा भने चर्चाको दलको रुपमा रहेको देखिन्छ ।

जसपाका उम्मेदवारले उठाएको एजेण्डा, युवा उम्मेदवार, मधेस आन्दोलनको लिगेसी, इनरुवाको शिक्षा र स्वास्थ्यको समस्यामा उजागर गरेको कारण मतदाताहरु जसपाप्रति आर्कषित देखिन्छन ।

इनरुवामा एमाले र कांग्रेस दुबै ठूलाभित्रका असन्तुष्टीका कारण विकल्प बनेको जसपाका उम्मेदवारलाई नै आफ्नो मुख्य प्रतिष्पर्घीको रुपमा लिन थाल्दा जसपा बलियो बनेको आँकलन गर्न थालिएको छ ।

अघिल्लो लेखमाइनरुवाका वडा वडामा कांग्रेसलाइ बागी उम्मेदवारको दबदबा
अर्को लेखमा‘पाँच वर्ष खबरदारी गरे, अब जनप्रनिधि बनेर इनरुवाबासीको सेवा गर्छु

5 टिप्पणीहरू

  1. I was just looking for this information for some time. After six hours of continuous Googleing, at last I got it in your website. I wonder what’s the lack of Google strategy that don’t rank this type of informative web sites in top of the list. Generally the top websites are full of garbage.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्