कक्षा संचालनको सुरुवात अवधीमै १७० जना विद्यार्थी भर्ना

इनरुवा । इनरुवाको पहिलो विद्यालय भगवती माध्यामिक विद्यालयमा यसै शैक्षिक सत्रदेखि अग्रेजी माध्यमबाट कक्षा संचालन गर्न थालिएको छ ।

इनरुवा नगरपालिकाले नगरक्षेत्रका सवै सामुदायिक विद्यालयमा अग्रेजी माध्यमबाट कक्षा संचालन गराउनका लागि प्रस्ताव माग गरेपछि भगवती माविले प्रस्ताव पेश गरेपछि कक्षा संचालनमा आएको हो ।

इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले भगवती माविको प्रस्ताव अनुसार तत्कालै कक्षा संचालन गर्न पाठ्यपुस्तक सहयोग गरेपछि कक्षा संचालनमा आएको हो ।

भगवती माविकी प्रधानअध्यापक गंगा पौडेल बरालले यसै शैक्षिक सत्र २०७९ देखि लागु हुने गरि शिशु कक्षादेखि कक्षा ३ सम्म अग्रेजी माध्यमबाट कक्षा संचालन गर्नका लागि इनरुवा नगरपालिका समक्ष प्रस्ताव बुझाएकी थिइन ।

प्रधानअध्यापक गंगा पौडेल बरालले  नगरपालिकाका मेयर केदार भण्डारी समक्ष दिएको प्रस्तावसहितको निवेदनमा अग्रेजी माध्यमबाट कक्षा संचालन गर्नका लागि आवश्यक पाठ्यपुस्तक उपलब्ध गराउन माग गरिएको बताइन ।

कक्षा संचालनका लागि विद्यालयका तर्फबाट १ लाख ५० हजार रुपैयाको अनुमानित बजेटसमेत प्रस्तावका साथ पेश गरिएको छ ।

भगवती माविको शिशु कक्षामा हाल ४० जना, कक्षा एकमा ४० जना, कक्षा दुईमा ५० जना, कक्षा तिनमा ४० जना विद्यार्थी भर्ना भएका छन ।

विद्यालयकी प्रधानअध्यापक गंगा पौडेलले असार महिना भरी विद्यालय भर्ना अभियानका लागि विद्यार्थी भर्ना गरिने भएकाले अग्रेजी माध्यमबाट अध्यय्न गर्ने विद्यार्थीहरु भर्ना हुन आएमा धेरै विद्यार्थीहरु भएको अवश्थामा सेक्सन विभाजन गरेर भएपनि कक्षा संचालन गरिने बताइन ।

इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले भगवती माविले पहिलो प्रस्ताव लिएर आएकाले कक्षा संचालन गर्न आवश्यक सहयोग दिएको बताए ।

मेयर भडारीले अग्रेजी माध्यमबाट कक्षा संचालन गर्ने विद्यालयलाई तत्कालै अग्रेजी माध्यमका पुस्तकहरु निशुल्क उपलब्ध गराउन थालिएकाले अन्य विद्यालयलाई छिटो भन्दा छिटो अग्रेजी माध्यमको कक्षा संचालन गर्न आग्रह गरेका छन।

मेयर भण्डारीले आर्थिक वर्षको अन्तीम समय भएकाले नगरपालिकामा केही आर्थिक समस्या रहेकाले पुस्तक बाहेक झोला, जुत्ता, टाई, बेल्ट, पोसाकमा सहयोग गर्न इच्छुक दाता सहयोगी हातहरुलाई अनुरोध गरेका छन ।

भण्डारीले इनरुवाका सरकारी विद्यालयको शैक्षिक अवश्थामा सुधार ल्याउन सवै नागरिकको समान दायित्व भएकाले गरिब विपन्न र असाहय बालबालिकाको शिक्षा आर्जन गर्न पाउने अधिकार संरक्षणमा सहयोग गर्न आग्रह गरे । 

अघिल्लो लेखमाझुम्का बजारमा सिटी र अटो रिक्सामा यात्रा गर्दा नगद तिर्न नपर्ने
अर्को लेखमासुनसरीमा राहत दिन ल्याएको सयौ बोरा चामल लुकाएर राख्दा कुहिएर किरा परेको अवस्थामा फेला

38 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्