इनरुवा । इनरुवामा तेस्रो मेयर कप रात्रिकालीन टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

फुलबारी क्रिकेट क्लब इनरुवा २ सुनसरीले बैशाख १६ गतेबाट तेस्रो संस्करणको मेयर कप रात्रिकालीन टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।

क्लबका अध्यक्ष शिबु यादवका अनुसार बैशाख २४ गते सम्म चल्ने प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने छन् ।

विभागीय टिमहरु नेपाल प्रहरी, आर्मी र एपीएफ सहित सप्तरी, धनगढी र विरगञ्जका साथै प्रदेश १ बाट आयोजक सहित ६ टिमले सहभागिता जनाउने यादवले बताए । यादवले प्रतियोगिताको मिति नजिकिए सँगै तयारी समेत थालिएको बताए ।

आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिता सुनसरी बहुमुखी क्याम्पसको मैदानमा खेलाइने छ । यस अघिका दुई संस्करण इनरुवाको खेल मैदानमा आयोजना गरेको फुलबारीले रंगशाला मर्मतको क्रममा रहेकाले स्थान परिवर्तन गरि प्रतियोगिता संचालनमा ल्याउन लागिएको जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगिताको बिजेताले २ लाख १५ हजार सहित ट्रफि हात पार्नेछ । उपविजेता टिमले १ लाख ११ हजार पाउने छ । प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुको बाहुल्यता रहने आयोजकको भनाई छ । प्रतियोगिता इनरुवा नगरपालिकाको सहयोगमा संचालन हुने आोजकले जनाएको छ ।

अघिल्लो लेखमासुनसरीमा नेपाल–भारत बिच मानव वेचविखन विरुद्ध सहकार्य गर्न संयन्त्र
अर्को लेखमासात तले सपिङ कमप्लेक्स बनाउदै इनरुवा नगरपालिका

43 टिप्पणीहरू

  1. Thanks for the sensible critique. Me & my neighbor were just preparing to do some research on this. We got a grab a book from our local library but I think I learned more clear from this post. I’m very glad to see such magnificent information being shared freely out there.

  2. I cherished as much as you’ll receive performed right here. The cartoon is attractive, your authored material stylish. however, you command get bought an edginess over that you wish be turning in the following. sick without a doubt come more previously once more as precisely the same nearly a lot continuously inside of case you shield this increase.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्