इनरुवा । इनरुवामा पुर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन तथा सार्वजनिक मन्तव्य दिने कार्यक्रम सुरक्षा चुनौतीका कारण स्थानिय प्रशासनले स्वीकृती नदिने अवश्थापछि अन्यौल बन्न पुगेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरुको संयुक्त बैठकले पुर्वराजाको नागरिक अभिन्नदन समितीका आयोजकलाई सुनसरीमा सुरक्षा चुनौतीको ’boutमा जानकारी गराउदै गृह मन्त्रालयबाट कार्यक्रम गर्न स्वीकृत लिन सुझाव दिएपछि पुर्वराजा सहभागी हुने कार्यक्रममा अन्यौल देखिएको हो ।
पुर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन कार्यक्रम आयोजक समितीका भुपाल प्रधानका अनुसार जिल्ला प्रशासन कार्यालयमा पाँच दिन अगाडी कार्यक्रम संचालन गर्ने जानकारीसहित अनुमतीका लागि स्वीकृती दिन माग गरिएपछि दुइ्र्र पटक भएको छलफलमा स्थानिय प्रशासनले सुरक्षाका कारण तत्काल कार्यक्रम नगर्न दवाव दिएको हो ।
प्रधानले भने सुरक्षा निकायका प्रमुख सहभागी रहेको उक्त छलफलमा कोशी प्रदेश नामप्रति असन्तुष्ट रहेका आन्दोलनरत पक्षको गतिविधिलाई देखाउदै प्रशासनले अहिलेको अवश्थामा राज्यले सुरक्षा प्रदान गरिहेका पुर्वराजालाई भिडभाड हुने कार्यक्रममा सहभागी नगराउन भनेको छ ।
उनले भने कार्यक्रमका लागि सवै तयारीहरु पुरा भएकाले आफुहरुले अवकाश प्राप्त सुरक्षाकर्मीको टोली परिचालन गरि सुरक्षा प्रदान गर्ने जानकारी गराउनुका साथै आफना स्वयसेवकहरु
परिचालन गर्ने योजना बताउदा स्थानिय प्रशासनले सो आग्रहलाई समेत अस्वीकार गरेको छ ।
पुर्वराजा निकटका केही अगुवाहरुले बिहिवार दमकमा गएर पुर्वराजालाइ्र्र सुनसरीमा स्थानिय प्रशासनले कार्यक्रम आयोजना गर्न स्वीकृती नदिएको बिषयमा जानकारी गराएर आगामी दिनको रणनिती बनाउने बताइन्छ ।
स्र्रोतका अनुसार पुर्वराजाले इनरुवाबाट राजनितिक मह्त्वको बिषयमा मन्तव्य दिने कार्यक्रम राखिएकाले सरकारका तर्फबाट भोलीका दिनमा हुन सक्ने सम्भावित राजनितिक घटनाक्रमको विकास हुन नदिन सावधानी अपनाउनका लागि इनरुवाको कार्यक्रममा रोक लगाउने तयारी गरेको हो ।
उच्च सुरक्षा स्रोतका अनुसार चैत २० गते हुने कार्यक्रमको पुर्वतयारीका लागि देशका विभिन्न स्थानबाट राजावादी समर्थक ठुलो सख्याँमा सप्तरी, सिरहा, उदयपुर, झापा, मोरङलगायतका जिल्लामा केन्द्रित भएकाले नागरिक अभिनन्दन कार्यक्रममा आउने भिड नियन्त्रण भन्दा बाहिर जान सक्ने अवश्थालाइ्र्र मध्यनजर गरि इनरुवाको कार्यक्रम रोक्नुपर्ने अवश्था आउने देखिएको छ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोशी प्रदेश नामप्रति असन्तुष्ट जनाउदै विभिन्न आन्दोलनका कार्यक्रम गरिहेका समुहको दैनिक गतिविधिलाई मध्यनजर गरि ठुलो सख्याँमा सुरक्षा परिचालन गरिएकाले तत्काल सुनसरीमा बढी भिडभाड हुने कार्यक्रममा सुरक्षा दिन कठिनाई भएको जानकारी दिइ्र्रन ।
प्रजिअ पाण्डेले चैत १९ गतेबाट हुने एसईइको परिक्षा केन्द्रको सुरक्षाका लागि जिल्ला भर ठुलो सख्याँमा प्रहरी परिचालन गर्नुपर्ने अवश्था रहेकाले हाल सुरक्षा जनशक्ती अर्को स्थानमा परिचालन गर्न सम्भव नहुने ’boutमा नागरिक अभिनन्दनका आयोजकलाई जानकारी दिएको बताइन ।
पाण्डेले भनिन् हालको कार्यक्रमलाई केही समयका लागि स्थगन गरि सुरक्षा चुनौतीको अवश्था सामान्य भएको अवश्थामा कार्यक्रम गर्न सुझाएका छौ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले एसईइ परिक्षालाई मध्यनजर विद्यार्थीलाई असर हुनेगरि जिल्ला भित्र बढी भिडभाड हुने ध्वनी प्रदुषण गर्नेलगायतका कार्यहरु नगर्न सर्वसाधरण सार्वजनिक सुचनासमेत जारी गरेको छ ।