इनरुवा । इनरुवामा सञ्चालित होटल, किराना र कस्मेटिक पसलमा आइतवार अनुगमन गरिएको छ । उपमेयर जमुना गौतम पोखरेलको नेतृत्वमा बजार अनुगमन गरिएको हो ।

ब्जार क्षेत्रका विभिन्न १५ वटा बढि पसल तथा होटेलमा अनुगमन गरिएको थियो । नगरपालिकाका उपप्रमुखसहित उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च, जिल्ला प्रशासन कार्याल, जिल्ला प्रहरी कार्यालय सहितका अधिकारीहरुको सहभागीतामा बजार अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा विक्रीका लागि राखिएको अवस्थामा पाईएको म्याद सकिएको सामग्री नष्ट गरिएको, होटेलमा सरसफाई अभाव र मिसावट देखिएकाले त्यसमा सुधारका लागि निर्देशन दिइएको थियो ।

उपमेयर गौतमले इनरुवा बजारको विषयमा धेरै गुनासो आएकोले अनुगमन थालिएको जानकारी दिदै अनुगमनलाई निरन्तरता दिने बताईन ।

अघिल्लो लेखमाइनरुवामा आर्कषक रथसहितको कृष्ण जन्माष्ठमीको रथयात्रा गरिने
अर्को लेखमाइनरुवामा जन्माष्टमीको रथयात्रामा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्