इनरुवा । इनरुवा झोडा फडानीपछि इनरुवा बजार स्थापनामा अग्रणी भुमिकामा रहेका अगुवा सस्थापक भमरलाल राठीको ९० वर्षको उमेरमा आज निधन भएको छ ।

प्रगना भालाभलेनी मौजे ३८ नम्बर झोडा इनरुवा फडानीपछि जिमिन्दार धनबहादुर श्रेष्ठले बजार स्थापनाका लागि भमरलाल राठीलाई व्यापार व्यवसाय गर्न विराटनगरबाट यहाँ ल्याएका थिए ।

इनरुवा १ बजारमा स्थायी बसोबास रहेका राठी केही समयदेखि बिरामी भई उपचारको सिलसिलामा विराटनगरमा बस्दै आएका थिए ।

उनको विराटनगरमा रहेको घरमा मंगलवार दिउसो १२ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको असार १५ गते बुधवार इनरुवामा रहेको स्वर्गद्धारी घाट सुनसरी खोलामा अन्तीम सस्कार गर्ने कार्यक्रम रहेको छ ।

१९८९ साल असार १५ गते विराटनगरको बुधहाटमा पिता मोहनलाल राठी र माता गंगादेवि राठीको कोखबाट जन्मीएका भमरलाल राठीका तिन भाई छोरा र दुई बहिनी छोरी रहेका छन ।

छोराहरु जुगलकिशोर राठी, प्रकाश राठी र प्रदिप राठी विभिन्न व्यापार व्यवसायमा आवद्ध रहेका छन ।

इनरुवा स्थापनाका सस्थापक होमबहादुर श्रेष्ठ र दिलबहादुर श्रेष्ठका मिलनसार साथी रहेका थिए ।

राठीलाई श्रेष्ठ परिवारले इनरुवाको विकासका लागि आवश्यक योजना निर्माण कार्यमा तत्कालिन राजपरिवार र पञ्चायतका शासकहरु समक्ष साथ लिएर जाने गरेका थिए ।

श्रेष्ठ परिवारसगै इनरुवामा विद्यालय, अस्पताल, क्याम्पस, सडक, धर्मशाला, मन्दिर निर्माण कार्यमा जुटेका राठीको इनरुवा स्थापनामा महत्वपुर्ण योगदान रहेको थियो।

राठीका पिताको अगुवाईमा बजारमा रहेको सत्यनारायण मन्दिर र श्रीसेवा संघ धर्मशालाको स्थापना गरि निर्माण गरिएको थियो ।

राठीले विराटनगरमा रहेका अधिकाशं मारवाडी समुदायका व्यपारीहरुलाई इनरुवामा व्यापार गर्नका लागि ल्याएका थिए ।

राठी परिवारको स्वामित्वमा इनरुवालगायतका स्थानमा विभिन्न उधोगहरु संचालनमा रहेका छन ।

अघिल्लो लेखमासुनसरीका उराँव युवालाई व्यवसायीक खेलाडी बनाउदै उराँव प्रतिष्ठान
अर्को लेखमाकवाडी ब्यवसायीले इनरुवाको पूर्व–पश्चिम लोकमार्ग कब्जामा लिएर व्यवसाय सञ्चालन गर्दा नियमनकारी निकाय मौन

१ प्रत्रिक्रिया

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्