इनरुवामा १९ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाईने

16
128
19000 children to be vaccinated against typhoid in Inaruwa
fizer vaccine im

इनरुवा । इनरुवा नगरक्षेत्रमा रहेका १५ महिनादेखि १५ वर्षसम्मका करिब १९ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाईने भएको छ ।

इनरुवा नगरपालिकाका स्वास्थ्य अधिकृत सन्तोष देवका अनुसार आउँदो चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा टाइफाइड रोगविरुद्धको खोप लगाईने भएको हो ।

अधिकृत देवका अनुसार इनरुवामा १५ महिनादेखि १५ वर्षसम्मका १८ हजार ८ सय १४ जना बालबालिकालाई ५८ वटा खोप केन्द्रमा खोप लगाइने छ ।

इनरुवा नगरपालिका स्वास्थ्य शाखाका अनुसार ३० वटा सामुदायिक विद्यालय, १७ वटा संस्थागत विद्यालय र ११ वटा स्वास्थ्य संस्थामा खोप लगाउने व्यवश्था मिलाइएको छ ।

खोप अभियानका लागि नगरपालिकाले विद्यालयका प्रधानअध्यापक, खोप कार्यकर्ता, स्वास्थ्यकर्मी, सरोकारवालाहरुलाई अभिमुखिकरण गरि जानकारी गराएको थियो ।

कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौला, स्वास्थ्य कार्यालय सुनसरीकी जनस्वास्थ्य नर्स उर्मिला राई, स्वास्थ्य अधिकृत मिश्रीलाल मेहतालगायत बोलेका थिए ।

एक नम्बर प्रदेशमा १५ महिनादेखि १५ वर्षसम्मका १२ लाख ३८ हजार ३८७ जनालाई टाइफाइड रोग विरुद्धको खोप लगाउने तयारी गरिएको छ ।

अघिल्लो लेखमाइनरुवामा जसपा गठबन्धन दलबिचको चुनावी तालमेलको विपक्षमा
अर्को लेखमाइनरुवाको १० वडाध्यक्षमा कांग्रेसका मात्रै झण्डै सवासय जनाको नाम सिफारिस

16 टिप्पणीहरू

  1. I would like to thnkx for the efforts you have put in writing this blog. I am hoping the same high-grade blog post from you in the upcoming as well. In fact your creative writing abilities has inspired me to get my own blog now. Really the blogging is spreading its wings quickly. Your write up is a good example of it.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्