६ लाख आम्दानी गरेका हेब्बी सवारीसाधनको इन्धनबाहेक ४६ लाख खर्च
इनरुवा । इनरुवा नगरपालिकामा रहेका आधा दर्जन बढी हेब्बी सवारी साधनहरु आम्दानी भन्दा खर्च बढी भएपछि इनरुवावासीका लागि सेतो हात्ती पाले सरह भएको पाइएको छ ।
इनरुवा नगरपालिकाले वर्णमाला दैनिकलाई उपलब्ध गराएको नगरपालिका कार्यालयका नाममा सवारी दर्ता रहेका ग्रेडर, टिप्पर, ब्याक हु लोडर, भाइब्रेटरलगायतका सवारी साधनको आम्दानी भन्दा खर्च ४० लाख बढी रहेको पाइएको हो ।
इनरुवा नगरपालिकाका नाममा रहेका हेब्बी सवारीसाधन अन्र्तगतका को १ ग १४५ मोटर ग्रेडर, को १ ग १४३ टिप्पर, को १ ग १४० ब्याक हु लोडर, को १ ग १३९ भाइब्रेटर लोडर, को १ क १५०९ ब्याक हु लोडर टु डि एक्स रहेका छन।
इनरुवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राईले वर्णमाला दैनिकलाई २०७९ फागुन २८ गतेसम्मकाे उपलब्ध गराएको सुचनामा भनिएको छ विभिन्न खर्च शिर्षकबाट विभिन्न मितीमा रकम भुत्तानी भएको हुदाँ यर्थात खर्च विवरण थप समय लाग्ने भएकोले हाललाई अनुमानित खर्च विवरण मात्र तयार गरिएको छ ।
सुचनामा आम्दानी विवरणमा ६ लाख रुपैयाँ मर्मत सम्भार खर्चमा २० लाख रुपैयाँ र कर्मचारीले प्राप्त गरेको पारिश्रमिक २६ लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ ।
यसै सुचनामा नोटमा भनिएको छ उल्लेखित सवारीसाधनहरु नगरको खोलानाला सरसफाई, विभिन्न बाटो मर्मत, विद्यालयमा माटो पुर्ने कार्य, खेल मैदान मर्मत लगायत सार्वजनिक सरोकारको कामकाजमा बढी प्रयोग हुने गरेकाले उक्त कार्यको आम्दानी नहुने व्यहोरा समेत उल्लेख छ भन्ने दावी गरिएको छ ।
नगरपालिकाले खर्च विवरणमा उत्त हेब्बी सवारी साधनमा नगरपालिका कार्यालयबाट विनियोजित गरिएको खर्चबाट प्रयोग हुने डिजल लगायतको इन्धन खर्च भने समावेश गरिएको पाइदैन ।
सुचनामा दावी गरिए अनुसार इनरुवा नगरपालिकाबाट सवारी साधन प्रयोग गरिएको भनिएको योजनाहरुमा नगरपालिकाबाट फरक फरक शिर्षकमा फरक फरक योजना बनाएर बजेट खर्च फाँटबारीमा छुट्टाईएकाले एक प्रकृतीको योजनामा नगरपालिकाको साधन स्रोतको प्रयोग गरि बजेटमा अनियमितता भएको आशंका देखिन्छ ।
नगरपालिकाबाट उपभोक्ता समिती गठन भएका योजनाहरु, निर्माण व्यवसायी मार्फत ठेक्का टेण्डर लागेका योजनाहरु, संद्यिय र प्रदेश सरकारबाट ठेक्का टेण्डर लागेका योजनाहरुका साथै वडा स्तरिय योजनामा नगरपालिकामा रहेका हेब्बी सवारीसाधनहरु प्रयोग हुदै आएका छन ।
उक्त योजनाहरुमा गरिने खर्च र विनियोजित बजेटमा इनरुवा नगरपालिकाको हेब्बी सवारी साधन प्रयोग गरिने व्यहोराको निर्णय भएको पाइ्रएको छैन ।
गत महिना भएको विशेष नगरसभाले इनरुवा खेल मैदान जेलफिल्डको मर्मत सम्भारमा नगरपालिकाको हेब्बी सवारी साधन प्रयोग गर्ने निर्णय गर्दै उत्त कार्यका लागि इन्धनमा बजेट विनियोजन गरेको थियो ।
नगरपालिकाबाट खेल मैदान बाहेकका अन्य योजनामा हेब्बी सवारी साधन प्रयोग गर्ने निर्णय नभएकाले सवारी साधनको कर्मचारी र जनप्रतिनिधिसँग मिलोमतो गरि निर्माण व्यवसायीले नगरपालिकाकै इन्धनलगायतको खर्चमा अनियमितता गरिरहेको स्रोतले दावी गरेको छ ।