इनरुवाका मेयरले सरकारको निर्देशन र नगरसभाको निर्णयलाई लत्याउदै धमाधम मनपरी बजेट खर्च गर्दै

0
293
The mayor of Inaruwa is spending the budget at will defying the directives of the government and the decision of the city council
kedar bhandari

इनरुवा । इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले नेपाल सरकारको निर्देशन र दशौ नगरसभाको निर्णय विपरित कानुन मिच्दै मनपरी ढंगले बजेट खर्च गरेको फेला परेको छ।

इनरुवा नगरपालिकालाई नेपाल सरकार अर्थ मन्त्रालय र संद्यिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९ माघ १७ गते फजुल खर्च कटौती गर्न दिएको निर्देशन र २०७९ माघ २७ गतेको नगरसभाको निर्णय विपरित मनपरी ढंगले बजेट खर्च गर्दै आएको फेला परेको हो ।

मेयर केदार भण्डारीले नगरसभाको निर्णयलाई बेवास्ता गर्दै पछिल्लो दुई सातादेखि दर्जन बढी कार्यक्रमहरुमा बजेट रकम खर्च गर्दै आएका छन ।

सरकारले राजश्व कम संकलन भएका कारण बजेट खर्च कटौती गरेको अवश्थामा मेयर भण्डारीले इनरुवा नगरपालिकाका कार्यक्रमहरु विभिन्न होटलहरुमा धमाधम गर्दै सरकारको परिपत्र र नगरसभाको निर्णयको धज्जी उठाएको पाइएको छ ।

संद्यिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चलानी नम्बर ३०५ र अर्थ मन्त्रालयले चलानी नम्बर ४२१ मार्फत इमेलबाट इनरुवा नगरपालिकालाई पठाएको परिपत्रमा खर्च कटौती तथा बजेट रोक्का समबन्धी निर्णय कार्यव्यन गराउन निर्देशन दिएको थियो ।

परिपत्रमा सार्वजनिक खर्चमा मितव्ययीता कायम गर्नका लागि २० प्रतिशत बजेट कटौती गर्न नेपाल सरकारका स्रोत तर्फका सवै प्रकारका सेमिनार, तालिम गोष्ठी, कार्यशाला तत्काल स्थगित गर्ने, कुनै प्रकारका परामर्श सेवामा खर्च नगर्न परिपत्र गरेको थियो ।

यसैगरि मन्त्रालयको निर्देशनमा सर्भेक्षण, इन्धन, मर्मत सम्भार, मसलन्द तथा कार्यालय सामग्री, भ्रभण भत्ता, अन्य भत्ता, कार्यक्रम खर्च, अनुगमन मुल्याङन खर्च, कर्मचारी तालिम, गोष्ठी, सेमिनार र कार्यशाला, विविध खर्च मेसिनरी तथा औजारलगायतमा खर्च शिर्षकको विनियोजित बजेट तत्काल लागु हुने गरि रोक्का कटौती गर्न परिपत्र गरेको थियो ।

मेयर केदार भण्डारीले अर्थ मन्त्रालय र संद्यिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र निर्देशनका आधारमा दशौ नगरसभामा पेश गरेको प्रस्तावमा नेपाल सरकारबाट प्रा्रप्त हुने स्रोत तर्फका सवै प्रकारका सेमिनार, तालिम गोष्ठी, कार्यशालालगायतका कार्यक्रमहरु तत्कालैदेखि नगर्ने निर्णय गराएका थिए ।

मेयर भण्डारीले सो प्रस्तावका ’boutमा आफैले विभिन्न संचारमाध्यमा जानकारी गराउनुका साथै निर्णय कार्याव्यन गर्ने प्रतिवद्धता सार्वजनिक गरेका थिए ।

मेयर भण्डारीले सरकारले अनुदानमा खर्च कटौती गरिरहेको अवश्थामा चैत ६ र ७ गते योजना तर्जुमा कार्यशाला गोष्ठीको आयोजना गरेका छन । यसैगरी मेयर भण्डारीले चैत ४ गते स्टार होटलमा सरुवा रोग नसर्ने रोग जुनोटिक मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्कृया कार्यक्रम गरेका थिए ।

इनरुवा नगरपालिकाको आयोजनामा मेयर भण्डारीले नगरपालिका परिषरमा चैत ३ गते सार्वजनिक सुनवाई, स्टार होटलमा चैत २ र ३ गते पालिका स्तरिय पोषण कार्यक्रमको समिक्षा गोष्ठी, चैत १ गते एकिकृत बालरोग योजना तर्जुमा गोष्ठी, फागुन २८ देखी ३० गतेसम्म एचएमआइसी अभिलेख, प्रतिवेदन लेखन तालिम गोष्ठीको आयोजना गरि प्रमुख अतिथीका रुपमा उपमेयर, वडाअध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतसहितका कर्मचारी र स्वास्थ्यकर्मीलाई सहभागी गराएका थिए ।

यसैगरि उनले श्रम मन्त्रालय मार्फत प्राप्त हुने बजेटमा सुरक्षित आप्रवासन परियोजनाका विभिन्न कार्यक्रमहरुसमेत यसै बिचमा संचालन स्वीकृत दिएर गर्दै आएका छन ।

नगरपालिकाबाट दशौ नगरसभा र सरकारको परिपत्र प्राप्त भएपछि सर्वेक्षणको बजेट खर्च नगर्न नगराउन दिएको निर्देशन विपरित सहजकर्ता, गणकको भर्ना गरेर चैत ६ गते १० जना गणकलाइ्र्र जागिरमा नियुक्ती दिएका छन ।

यसैगरि फागुन २६ गते इनरुवा नगरपालिकाको पाश्र्वचित्र निर्माणका लागि ८ जना सहजकर्तालाई कर्मचारीका रुपमा करार सेवामा नियुत्त गरेका छन ।

स्थानिय तहमा सरकारको निर्णय निर्देशन परिपत्र र नितीलाइ्र्र कार्याव्यन गर्ने जिम्मेवारी नेपाल सरकारका प्रतिनिधिका रुपमा प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृत गर्नुपर्ने भएपनि इनरुवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राइ्र्र आफै सरकारको निती निर्देशन र परिपत्र विपरित होटलमा आयोजना हुने तालिम गोष्ठीमा अतिथीका रुपमा सहभागी हुदै आएका छन ।

इनरुवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राइ्र्रले सवै तालिम गोष्ठी, सेमिनारहरु पुर्व निर्धारीत भएको दावी गर्दै आजसम्म भएका कार्यक्रमहरु खर्च कटौती गरिएको परिधी भित्रै रहेपनि बाध्यताले आयोजना गरिएको जानकारी दिए ।

प्रमुख प्रशासकिय अधिकृत राइ्र्रले भने तपाइ्र्रले यस बिषयमा चासो राखेर हाम्रो ध्यानआर्कषण गराउनु भएको छ म कार्यपालिका समक्ष बैठकमा यस बिषयलाई छलफलमा लैजाने छु।

अघिल्लो लेखमाइनरुवा नगरपालिका हेब्बी सवारीसाधनका नाममा सेतो हात्ती पाल्दै
अर्को लेखमालौकहीदेखि काँकडभिट्टासम्मको पुर्वपश्चिम राजमार्ग आगामी वर्ष विस्तार हुने

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्