नगरपालिकाबाट म्याद गुज्रन लागेका औषधी खरिद गरेर दिने गरेको फेला

इनरुवा । इनरुवा नगरपालिकाको प्रत्यक्ष मातहातमा संचालनमा रहेका स्वास्थ्य चौकीहरु कार्यालय सहयोगीका भरमा दिनभर खुल्ने गरेको पाइएको छ ।

इनरुवा नगरपालिकाको १० वटा वडाका विभिन्न स्थानमा रहेका एक दर्जन स्वास्थ्य सस्थाँहरुमा कार्यरत रहेका स्वास्थ्यकर्मीहरु नियमित रुपमा समबन्धीत स्वास्थ्य चौकीमा डेयुटीमा नबस्ने गरेको पाइएको हो ।

अति विपन्न गरिब समुदायका व्यत्तीहरु स्वास्थ्य सेवा लिनका लागि जाने क्रममा उपस्वास्थ्य चौकी, आधारभुत शहरी स्वास्थ्य केन्द्रमा कार्यरत अहेव स्वास्थ्य सस्थाँमा नबस्दा कार्यालय सहयोगीले अनुभवका भरका बिरामीको समस्या हेरेर औषधी दिने गरेको पाइएको छ ।

स्वास्थ्य चौकीमा कार्यालय समय भित्र उपस्थीत नरहेका स्वास्थ्य चौकी प्रमुखहरुले कार्यालय सहयोगीलाई नगरपालिकाले बोलाएर तालिम, गोष्ठी कार्यक्रममा सहभागी हुन जानु भएको छ भन्ने जवाफ दिनका लागि सिकाउने गरेको पाएको छ ।

स्वास्थ्य केन्द्रमा अनमी दरवन्दीमा कार्यरत रहेका महिला स्वास्थ्यकर्मीहरु भने गर्भवती जाँचका लागि हप्तामा तोकिएको दिन कार्यालयमा जाने आउने गरेको पाइएको छ ।

इनरुवा ४ नम्बर वडा गणेशपुरमा रहेको आधारभुत शहरी स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरु नियमित कार्यालयमा नआउने गरेको स्थानियहरुले बताएका छन ।

स्वास्थ्य चौकी नै रित्याएर दैनिक स्वास्थ्यकर्मीले कार्यालय सहयोगीलाई उपचारको जिम्मा जाने गरेको जानकारी पाएपनि इनरुवा नगरपालिका कार्यालयबाट अनुगमन गर्ने र जिम्मेवारीमा लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्ने कार्य नभएको स्थानियको गुनासो रहेको छ ।

यसैगरि स्वास्थ्यचौकीबाट बिरामीलाई निशुल्क वितरण गरिने औषधीहरु अधिकाश म्याद सकिन लागेका र कतिपय ’म्याद’ सकिएका औषधीहरू वितरण भइरहेको तथ्य फेला परेको छ ।

अति गरिब विपन्न परिवारका अशिक्षीत मानिसहरुले उपचारका लागि अन्त जाने विकल्प नहुँदा म्याद सकिएकै औषधि भएपनि सेवन गर्न बाध्य हुने गरेको स्थानियहरु बताउछन।

इनरुवा नगरपालिकाको स्वास्थ्य शाखाबाट खरिद गरि प्रत्येक वर्ष स्वास्थ्य चौकीहरुमा वितरणका लागि पठाउने गरिएको औषधी म्याद गुज्रिन लागेका हुने गरेको पाइएको छ ।

स्रोतका अनुसार नगरपालिकाको स्वास्थ्य शाखाले मिलोमतोमा कागजी प्रतिष्पर्धाका आधारमा खरिद गर्ने औषधी बिक्रेताले विभिन्न कम्पनीहरुका म्याद गुज्रीन लागेको औषधी संकलन गरि न्युनतम ६० प्रतिशतसम्म कमिसनमा उपलब्ध गराउने भएकाले अधिकाशं स्वास्थ्य चौकीमा म्याद गुज्रिन लागेका औषधी पाइने गरेको हो ।

अघिल्लो लेखमापुर्वराजालाई इनरुवामा पैदल नहिडाउन स्थानिय प्रशासनको सुझाव
अर्को लेखमापुर्वराजाले आफ्नो योजनाका बिषयमा कोशी प्रदेशवासीसँग इनरुवामा छलफल गर्ने

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्