इनरुवा नगरपालिकामा फर्जी कागज बनाएर खरिद गरिएको औषधी रातारात लुकाईयो

27
158
Irregularity of crores in the illegal purchase of various goods masland jinsi in Inaruwa municipality
Inaruwa Municipal

इनरुवा । इनरुवा नगरपालिका कार्यालयले नगरक्षेत्रका १० वडामा रहेका स्वास्थ्य संस्थामा वितरणका लागि खरिद गरिएको औषधीको बोलपत्र कागज फर्जी रहेको फेला पारेपछि रातारात लुकाइएको छ ।

इनरुवा नगरपालिकाले चालु आर्थिक वर्षमा बोलपत्रमार्फत खरिद गरेको औषधीमा सप्लायर्ससँग मिलोमतो गरि बैक ग्यारेण्टी भौचर फर्जी पेश गरेको विषय सार्वजनिक भएपछि कार्यालयमा रहेको औषधी रातारात लुकाइएको हो ।

इनरुवा नगरपालिकाकी उपमेयर विनिताकुमारी मेहताले खरिद गरिएका औषधीको गुणस्तर, औषधी बनेको मिति, म्याद सकिने मिति, जिल्ला दररेट अनुसारको मुल्य सूची र सामानको विवरण रुजु गर्ने क्रममा कर्मचारीले बिक्रेता सप्लायर्ससँग मिलोमतो गरेको प्रमाण फेला पारेकी थिइन ।

उपमेयर मेहताले स्वास्थ्य शाखाका कर्मचारीलाई खरिद गरिएका औषधीहरु संचारकर्मी र आफ्नै फेसवुक एकाउण्टमार्फत इनरुवावासीहरुले देख्ने गरि बिलअनुसार चेकजाँच गर्ने बताएपछि बिहीवार राती नगरपालिकाको स्वास्थ्य शाखाबाट कर्मचारीले औषधी सवारी साधनमा राखेर कार्यालय बाहिर लगेर लुकाएका हुन ।

स्रोतका अनुसार वर्णमाला दैनिकमा समाचार प्रकाशित भएपछि अनियमितता र मिलोमतो गरिएको प्रमाणहरु नष्ट गर्ने क्रममा कर्मचारीहरुले म्याद गुज्रिन लागेका औषधीका कार्टुनहरु रातीको समयमा नगरपालिकाकै सवारीसाधनमा राखेर इनरुवा ४ मा रहेका निजी क्षेत्रको एक स्वास्थ्य क्लिनिकमा लगेर लुकाएका हुन ।

उपमेयर मेहताले औषधी क, ख र ग वर्गमा छुट्टाएर बिक्री वितरण हुने गरेकाले बिलमा समावेश भएका औषधीको मूल्य सुचीको दररेट बजारको थोक र खुद्रा मुल्यभन्दा अ्रत्यधिक न्युन रहेकाले ति औषधी र स्वास्थ्य सामग्र्रीहरु म्याद गुज्रिन लागेका र गुणस्तरहिन प्रयोग गर्न नसकिने प्रकारका हुन सक्ने आकंलन गरेकी थिइन ।

उपमेयर मेहताले बालबालिकालाई ज्वरो आउँदा खुवाउने पारासिटामोल सिरफ झोल औषधी एक बोतलको हाल बजारमा खुद्रा मुल्य ३० रुपैयाँमा रहेको छ बिक्रेताले उक्त औषधी प्रति बोतल १० पैसाको दररेट बिलमा उल्लेख गरेकाले औषधी न्युन गुणस्तरको हुने बताइन ।

उनले भनिन्, ‘व्यस्क मानिसको शरिरको तौल नाप्ने मेसिन बजारमा १५ सयदेखि २ हजार मुल्यसम्म पाइ्रन्छ तर सप्लायर्सले १० रुपैयाँ प्रति पिस बिलमा समावेश गरेकाले बिग्रीएका वा नचल्ने उपकरण समावेश गरेको हुन सक्छ ।’

यसैगरि घाटी दुख्दा वा घाउ हुँदा सेवन गर्ने एजिथ्रोमाइसिन नाम गरेको औषधी १० पैसाका दरले बजारको खुद्रा र थोक मुल्यभन्दा धेरै गुणा न्युन दररेटमा बिलमा समावेश गरिएकाले औषधी खरिद पूर्णरुपमा मिलोमतो र स्वास्थ्यमा गम्भीर खेलवाड गर्ने गरिएको भएको मेहताको आशंका छ ।

एमोक्सोस्लिन नाम गरेको १ सय २० एमजी, २ सय ५० एमजी र ५ सय एमजीको मुल्य १० पैसा बिलमा समावेश गरिएकाले सो औषधी बजारमा थोक मुल्यभन्दा धेरै गुणा अत्यन्तै न्युन मुल्यमा सप्लायर्सले उपलब्ध गराएकाले सो औषधी गुणस्तरहिन हुनै नसक्ने तर्क गरिन ।

नगरपालिकाले १० वटा वडामा रहेका स्वास्थ्य केन्द्रमा वितरण गर्ने औषधी खरिदका लागि २०७९ माघ १२ गते बोलपत्र आह्वानमार्फत प्रतिष्पर्घाबाट औषधी सप्लायर्सलाई मागअनुसारको दररेटमा आपुर्ती गर्न सूचना प्रकाशित गरेको थियो।

नगरपालिकाको स्वास्थ्य शाखाबाट स्वास्थ्य कार्यालय सुनसरीबाट जिल्ला दररेट माग गरि सोहीअनुसारका औषधीहरु बिक्रेतालाई प्रतिष्पर्घाबाट छनौट गर्न शिलबन्दी बोलपत्र माग गरेको थियो ।

न्युनतम बोल कबोल २३ लाख ८९ हजार ९६० रुपैयाँ मुल्य बराबरको औषधी कार्यालय निर्धारण गरेको खरिदको मापदण्डअनुसार बोलपत्र पेश गर्न आह्वान भएपनि औषधी सप्लायर्सका तर्फबाट भारद्धाज औषधालय इनरुवाले १७ लाख ९४ हजार ६ सय ३७ रुपैयाँ ४७ पैसा, न्युटन मेडिको फर्मा भक्तपुरले १६ लाख ९२ हजार ७२ रुपैयाँमा माग भएअनुसारको औषधी उपलब्ध गराउने गरि शिलबन्दी बोलपत्र पेश गरेका थिए ।

यसैगरि रामलक्ष्मण फार्मेसी इटहरीले १५ लाख ९० हजार ५ सय ७७ रुपैयाँ २७ पैसा, हेल्पीड्ड मल्टी प्रपोज प्राइभेट लिमिटेड भक्तपुरले १५ लाख ६८ हजार ९ सय ५३ रुपैयाँ र सेतिदेवी मेडिसिन सप्लायर्स प्रा.लि भक्तपुरले ११ लाख ७४ हजार ३ सय १२ रुपैयाँ ९५ पैसामा औषधी उपलब्ध गराउने शिलबन्दी बोलपत्र पेश गरेका थिए ।

न्युनतम अंकमा बोलपत्र पेश गर्ने सेतिदेवी मेडिसिन सप्लायर्स प्रा.लि भक्तपुरका नाममा टेण्डर स्वीकृत भएको आशयपत्र गत फागुन २८ गते प्रकाशित गरिएको थियो ।
बोलपत्र स्वीकृत भएको सेतिदेवी मेडिसिन सप्लायर्स प्रा.लि भक्तपुरले नगरपालिकामा पेश गरेको राष्ट्रिय वाणिज्य बैक इनरुवा शाखाको बैक ग्यारेण्टी भौचर भने पेश नगरेको पाइएको थियो ।

बोलपत्र स्वीकृत भएको सतिदेवी सप्लायर्सले मेरिगोल्ड इन्टरनेशनल प्रालिका नामबाट राष्ट्रिय वाणिज्य बैंक इनरुवा शाखामा जम्मा गरेको ९०००४०२९०१ नम्बरको बैक भौचर बोलपत्र फारमको सक्कल प्रति र ई–टेण्डरमार्फत इनरुवा नगरपालिकाको इमेल तथा वेभसाइटमा पेश गरेको तथ्य फेला परेको थियो ।

बोलपत्र फारममा बैक भौचर पेश नभएको सप्लायर्सको फारम रद्ध भई प्रतिष्पर्घाबाट हटाउनु पर्ने खरिद ऐनको नियम, निर्देशिका र कानुनी प्रावधान विपरित नगरपालिकाको स्वास्थ्य शाखाले भने कमिसन बढी दिने सेतिदेवी मेडिसिन सप्लायर्स प्रा.लि भक्तपुरका नाममा २०७९ चैत १३ गते खरिद आदेश जारी गरेको थियो ।

अघिल्लो लेखमाइनरुवा १ नम्बर वडाको प्रथामिकताका आधारमा आवधिक योजना छनौट
अर्को लेखमाचारजना स्रष्टालाई इनरुवामा सावित्रि–गोपाल सम्मान प्रदान

27 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्