इनरुवा क्षेत्रमा सुनसरी खोलाको अवैध रुपमा माटो उत्खनन्, जनप्रतिनिधी मुखदर्शक

4
66
Illegal soil mining of Sunsari river in Inaruwa area public representative eyewitness
mato taskari

इनरुवा । इनरुवा नगरपालिकाको ४ नम्बर वडातर्फको भू–भागमा रहेको सुनसरी खोलाको बाँधभित्र प्रवेश गरि अवैध रुपमा खुल्लमखुल्ला माटो उत्खनन् गरेर विक्री भईरहँदासमेत स्थानीय जनप्रतिनिधिहरु मुकदर्शक बनेर बस्नुले संसय उत्पन्न भएको छ ।

सुनसरी खोलाको पूर्वतर्फको बाँधको डिलसमेत भत्काउदै माटोको कारोवार गर्ने समुहले दैनिक रुपमा स्काभेटरकोसमेत प्रयोग गरि सयौ टिप्पर र ट्याक्टरमा माटो ओसार गरिरहेका हुन ।

४ नम्बर वडाको रेडक्रस–हनुमान बृद्धाश्रमदेखि दक्षिण बवियासम्मको सीमा क्षेत्रमा दैनिक रुपमा माटोको चोरी गरि सयौ सवारी साधनमा ओसारपसार गरिरहँदा वडाका जनप्रतिनिधिहरु भने बेखबर हुने गरेको पाइएको छ ।

खोलाको माटो उत्खनन् गरेर ओसारपसार गर्नका लागि सरकारले पूर्णरुपमा रोक लगाएकाले खोलाभित्र र आसपासमा माटो निकाल्ने कार्य कानुनी रुपमा अवैध मानिदै आएको छ ।
स्थानीयहरुले हाल सुनसरी खोलाको स्वर्गद्धारी घाटदेखि उत्तरतर्फ र सशस्त्र प्रहरी बलको कार्यालयदेखि दक्षिण पश्चिम क्षेत्रमा बनाएको खोलाको बाँधभित्र सयौ सवारी साधनमा माटो चोरी गरि ओसार पसार हुँदै आएको जनाएका छन ।

इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले जथाभावी खोलाक्षेत्रको माटो उत्खनन् गरि चोरी गरेको फेला परेमा सवारी साधनसहित मानिस पक्राउ गरि कानुनी कारवाही गरिने बताए ।

उनले भने, ‘इनरुवा नगरक्षेत्रमा रहेका खोलाभित्र र डिल तथा आसपासका क्षेत्रमा मापदण्ड विपरित कसैले जथभावी माटो उत्खनन् गर्न पाइदैन अनाधिकृत रुपमा माटो निकाल्ने समुहको निगरानी गर्न प्रहरी परिचालन गरेर भएपनि रोक्ने काम हुन्छ ।’

नगरपालिकाले सूचना पाएकाले प्रहरी खटाएर सवारी साधन नियन्त्रणमा लिने कार्यमा आफै हिडने मेयर भण्डारीले बताए । खोला क्षेत्रको माटो जथाभावी उत्खनन् गरेर माटो निकाल्दा आसपासका गाँउ र खेतमा वर्षाको समयमा बाढी प्रवेश गरि घर डुवाउनुका साथै खेतीपातीमा करोडौको हानी नोक्सानी हुने गरेको छ ।

हिउँदको समयमा खोलामा पानीको सतह घटेपछि माटो बेचबिखन गर्ने समुहले सुनसरी खोलाको माटो चोरी गरि बिक्री गर्दै आएकाले खोलाको पानी वर्षाको समयमा वस्तीमा प्रवेश गरि क्षती पु¥याउदै आएको छ ।

सुनसरी खोलाको पुर्वतर्फको बाधमा इनरुवा ८ नम्बर, ४ नम्बर र ९ नम्बर वडा र पश्चिमतर्फको बाँधमा भोक्राहा–नरसिह गाउँपालिका रहेको छ । नदी जन्य बस्तुको उत्खनन नदिको बहावलाई प्रभावित नपर्ने गरी स्थानीय तह, बन कार्यालय, जिल्ला प्रशासन कार्यालयसहितका निकायहरुले तोकेको मापदण्ड अपनाएर गर्नु पर्ने ब्यवस्था छ ।

तर इनरुवा नगरपालिकालाई जानकारीसमेत नरहेको अवस्थामा माटोका कारोवार गर्नेहरुले स्थानीय र वडालाई प्रभावित पारेर यसरी अबैद्य रुपमा माटो उत्खनन गर्ने कार्य खुलेआम गरिरहेको हुन सक्ने स्थानीयहरुको अनुमान छ ।

अघिल्लो लेखमाइनरुवाका विद्यालयमा शैक्षिक सत्र सुरु भएको १० दिन वित्दा समेत पढाई सुरु भएन
अर्को लेखमाउत्कृष्ट सेवाप्रदानगर्दै आएको प्रोफेश्नलभिसा एण्ड एजुकेशन सर्भिर्सेसको शाखाअब नेपालमा

4 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्