औषधी खरिद प्रकरणमा छानविन समिति प्रतिवेदन बुझायो

खरिद प्रक्रियाको प्रारम्भदेखि नै स्वास्थ्य शाखाका कर्मचारी मुख्य दोषी

32
390
Irregularity of crores in the illegal purchase of various goods masland jinsi in Inaruwa municipality
Inaruwa Municipal

खरिद प्रक्रियाको प्रारम्भदेखि नै स्वास्थ्य शाखाका कर्मचारी मुख्य दोषी

इनरुवा । इनरुवा नगरपालिका नगर कार्यपालिकाले औषधी खरिद प्रकरणमा छानविन गर्न गठन गरेको समितिले तयार पारेको सुझावसहितको प्रतिवेदन मेयर केदार भण्डारीलाई बुझाएको छ ।

वडाअध्यक्ष प्रमोद पोखरेल संयोजक रहेको समितिले आइतवार कार्यपालिका बैठकमा मेयर भण्डारीलाई बुझाएको छानविन प्रतिवेदनले स्वास्थ्य शाखाका कर्मचारीहरुले गलत बदनियत राख्री औषधी खरिद प्रकृया सुरु गरेको निश्कर्ष उल्लेख छ ।

कार्यपालिकामा पेश गरिएको प्रतिवेदनमा इनरुवा नगरपालिकाको स्वास्थ्य शाखाले सामाजिक विकास समितिको बैठक निर्णय बिना औषधी खरिद गर्नका लागि सिधै स्वास्थ्य कार्यालय सुनसरीलाई पत्राचार गरि जिल्ला दररेट माग गरिएको गम्भीर त्रुटी देखिएको उल्लेख गरिएको छ।

नगरपालिकामा कार्यरत रहेका स्वास्थ्य शाखाका कर्मचारी कप्लेश्वर प्रसाद साह, निखिल पोखरेल, मिश्रीलाल मेहताले मौजुदा अवश्थामा रहेका आधारभुत स्वास्थ्य सेवाका लागि उल्लेख गरिएका अत्यावश्यक औषधीको नाम उल्लेख नगरि मापदण्डभन्दा बाहिर रहेको औषधी र स्वास्थ्य सामग्री खरिद गर्नका लागि स्वास्थ्य कार्यालय सुनसरीसँग जिल्ला दररेट माग गरि सोझै खरिद प्रकृयामा कार्यालयलाई संलग्न गराएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

खरिद प्रकृयामा जिम्मेवारीबाट अलग भएको कागजमा देखिए पनि स्वास्थ्य शाखाले नगर कार्यपालिकाको बैठकबाट औषधी खरिद गर्ने निर्णय नगरेको अवश्थामा टिप्पणी आदेशका भरमा सोझै नगरपालिका कार्यालयलाई बोलपत्र आह्वान गर्ने गरि प्रकृयामा लगेको प्रतिवेदनको निश्कर्षमा उल्लेख गरिएको छ ।

यसैगरि प्रतिवेदनमा औषधी खरिद प्रकृयाका लागि बोलपत्र टेण्डर माग गरिएपनि नगरपालिकाले खरिद समिति गठन नगरेको, मुल्याङ्कन समिति गठन नभएको तथ्य छानविन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदनमा औषधी खरिद गर्दा खरिद समितिको बैठकको निर्णय, मुल्याङ्कन समितिको बैठक निर्णय फायलमा समावेश नभएकाले खरिद प्रकृया कानुनी रुपमा पूर्णत त्रुटीपुर्ण रहेको उल्लेख गरिएको छ ।

यसैगरि औषधी खरिदको टेण्डर स्वीकृत भएको सप्लायर्स सेतीदेवी औषधी सप्लायर्सले बैक ग्यारेण्टी पेश नगरेको अवश्थामा प्रतिष्पर्धाबाटै उक्त सप्लायर्सलाई हटाउनु पर्नेमा समावेश गर्नु थप गम्भीर त्रुटी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साथै सप्लायर्सले पेश गरेको भ्याट बिल नम्बरसमेत दुई प्रकारका फरक–फरक रहेकाले भुक्तानीका लागि पेश गरिएको बिलमा रहेको भ्याट नम्बरसमेत अर्कै सप्लायर्सको रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यालयमा दाखिला भएको औषधी रातीको समयमा कर्मचारीहरुले सवारी साधनमा राखी अन्यत्रै लगिएको कार्यालयमा जडान गरिएको सिसीटिभी फुटेजमा देखिनुका साथै सप्लायर्सले सम्झौता गरि कार्यादेश पाएअनुसार औषधीको बिल भौचर समावेश गरि अन्तिम भुक्तानी माग गरेकाले औषधी कार्यालयमा नआएको भन्ने दावी गलत रहेको निश्कर्षसहित दाखिला भएको औषधी लुकाउनुका कारण मिलोमताको आशंका देखिएको प्रति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा स्वास्थ्य शाखाका कर्मचारी मुख्य दोषी रहेको, कानुनी लगायतका प्रकृयाहरु पुरा नगरेको उल्लेख गरिएको छ ।

छानविन समितिका संयोजक प्रमोद पोखरेल, सदस्य ८ नम्बर वडाका वडाअध्यक्ष अशोक साह, स्वास्थ्य कार्यालय सुनसरीका अधिकृत राजकुमार मेहताले संयुक्त रुपमा तयार गरि कार्यपालिकालाइ्र्र बुझाएका हुन ।

संयोजक पोखरेलले समिति पाएको जिम्मेवारीअनुसार समय सिमाभित्र प्रतिवेदन तयार गरि कार्यपालिका बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै मेयर केदार भण्डारीलाइ्र्र बुझाएको बताए ।

पोखरेलले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नगरपालिकासँग रायसहित औषधी खरिद प्रकरणको सक्कलै फायल झिकाएकाले कार्यपालिकाले समितिको प्रतिवेदनलाइ्र्र रायका रुपमा पठाउने आशा अपेक्षा र विश्वास लिएको बताए ।

समितिले राय मात्रै दिएकाले प्रतिवेदन व्यक्तिलाइ्र्र कारवाही गर्नेतर्फ भन्दा सुरुवाती अवश्थादेखि खरिद प्रकृयाको ’boutमा बाहिर आएका आरोपको सत्यतामा केन्द्रित रहेको पोखरेलले बताए ।

अघिल्लो लेखमाSony Xperia 8 SOV42 Stock ROM Firmware Flash File
अर्को लेखमान्यायालय शुद्धीकरणको माग गर्दै सुनसरी बार दबाबमूलक अभियानमा

32 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्