इनरुवामा स्वतन्त्र उम्मेदवारको घरदैलोमा समर्थकको उत्साहजनक सहभागीता

8
549
Enthusiastic participation of supporters at the doorstep of an independent candidate in Inaruwa
swatantra

इनरुवा । इनरुवा नगरपालिकामा स्थानीय निर्वाचनका लागि आठ वटा वडामा राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारको घरदैलोमा चुनावी माहौल तताएको छ ।

इनरुवामा यसपटक स्वतन्त्र वडाअध्यक्षका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएकाले दलका समर्थक झै स्वतन्त्रका समर्थकसमेत घरदैलोमा नारा जुलुससहित उत्साहजनक रुपमा सहभागी भएका हुन ।

स्वतन्त्र उम्मेदवारी दिनेहरुको घरदैलो कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु सहभागी हुँदै चुनावी माहौल तताउँदा स्वतन्त्र उम्मेदवारको पक्षमा समर्थकहरु खुलेर प्रचार प्रसारमा लागेका छन ।

इनरुवा ३ नम्बर वडाको वडाअध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता सितोष पोखरेलको घरदैलो कार्यक्रममा चुनावी प्रचार प्रसार गर्न समर्थकसँगै नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माले, जसपा, राप्रपाका नेता कार्यकर्ताहरु खुलेर लागेका छन ।

इनरुवा २ नम्बर वडामा स्वतन्त्र वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका सुजित राना मगरको पक्षमा नेपाली कांग्रेसका कार्यकर्ताहरुसँगै अन्य दलका कार्यकर्ताको साथमा उनका समर्थकहरु घरदैलौसगै रोड शो र प्रचार प्रसारमा सक्रिय रहेका छन ।

इनरुवा १ का स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद साह हलुवाईको पक्षमा उनका समर्थकसँगै स्थानीय व्यापारीहरु दलका कार्यकर्ताहरुले खुलेर चुनावी घरदैलो कार्यक्रममा साथ दिएका छन ।
इनरुवा ९ बवियामा स्वतन्त्र उम्मेदवार बनेका विन्देश्वर साहका पक्षका विभिन्न दलका कार्यकर्ताहरुसँगै समर्थकहरुको उल्लेखनीय संख्यामा घरदैलो अभियानमा भोट माग्न सहभागिता हुने गरेको छ ।

स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्ट बनेका इनरुवा ४ का नेपाली कांग्रेसका नेता रामदेव चौधरी भोरले वडाअध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएपछि उनका समर्थकसँगै जसपा, नेपाली कांग्रेसका कार्यकर्ताहरुले घरदैलो अभियानमा भोट माग्दै प्रचार प्रसारमा साथ दिएका छन ।

स्वतन्त्र उम्मेदवारको पक्षमा विगतका चुनावमा समर्थकहरु खुलेर चुनावी प्रचार प्रसार अभियान हिड्ने गरेको दृष्य नदेखिएकाले राजनीतिक दलहरुले स्वतन्त्र रुपमा चुनावमा भाग लिन चाहने व्यक्तिलाई कमजोर आंकलन गर्ने गरेका थिए ।

राजनीतिक क्षेत्रका विश्लेषकहरुले यसपटकको स्वतन्त्र उम्मेदवारहरुको चुनावी माहौलमा समर्थकहरुको भिड बढ्दै गएको स्थितिले इनरुवाको मत परिणामको परम्परालाई तोड्ने सम्भावना बढेको छ ।

त्यस्तै यो चुनावमा स्वतन्त्र उम्मेदवारका पक्षमा देखिएको जनसमर्थनका कारण आगामी वर्षका चुनावमा स्वतन्त्र उम्मेदवारी दिनेहरुको संख्या बढने आकंलन गर्न सकिन्छ ।
स्थानीयहरु राजनीतिक दलहरुले सधै नेतृत्व गर्दा जनताको धेरै मुद्दाहरुमा उदासिनता देखाउँदै दलीय अधिनायकबाद लाद्ने गरेकोले जनताको आर्कषण स्वतन्त्रतर्फ बढेको विश्लेषण गर्छन ।

अघिल्लो लेखमाइनरुवामा सवै दलका उम्मेदवारलाई जसपाका दिलिपचन साहुको डर
अर्को लेखमाकांग्रेसको दह्रो संगठन नै हाम्रो जितको आधार हो : बिनिताकुमारी मेहता

8 टिप्पणीहरू

  1. The Wonder Cinematic World is a series of superhero movies based on personalities that show up in comic books published by Marvel Comic books. The MCU is the shared world in which every one of the films are set.|The first film released was Iron Man in 2008, adhered to by The Unbelievable Hulk, Iron Guy, Thor, Captain America: The First Avenger, and after that Marvel’s The Avengers. All of these movies were consulted with essential recognition as well as box office success.

  2. The Marvel Cinematic Universe is a collection of superhero movies based upon personalities that appear in comics published by Wonder Comics. The MCU is the shared universe in which all of the movies are established.|The initial film launched was Iron Male in 2008, complied with by The Unbelievable Hulk, Iron Male, Thor, Captain America: The First Avenger, and after that Wonder’s The Avengers. Every one of these motion pictures were met important recognition and box office success.

  3. Undeniably believe that which you stated. Your favorite justification seemed to be on the internet the easiest thing to be aware of. I say to you, I certainly get annoyed while people consider worries that they just do not know about. You managed to hit the nail upon the top and also defined out the whole thing without having side effect , people could take a signal. Will probably be back to get more. Thanks

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्