इनरुवाको मेयरमा काग्रेस, एमाले र जसपा बिच प्रतिष्पर्धा कस्ले मार्ला बाजी ?

0
380
Who will win the race for mayor of Inaruwa between Congress UML and Jaspa?
inaruwa local election 2079

इनरुवा । इनरुवा नगरपालिकामा स्थानिय तह निर्वाचनका लागि यसपटक तिन दलहरु बिच त्रिपक्षीय चुनावी प्रतिष्पर्धा हुने आकंलन गरिएको छ ।

नेपाली काग्रेसले अधिल्लो निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै इनरुवा नगरपालिकामा मेयर पदमा बाजी मारेको थियो ।

अधिल्लो स्थानिय निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवार राजन मेहताले १० हजार ९ सय ८७ मत ल्याएर निर्वाचित भएका थिए ।

उनका निकटतम प्रतिद्धन्द्दी नेकपा एमालेका मेयरका उम्मेदवार पोष्टकुमार नेपालले ९ हजार ८ सय १३ मत ल्याएका थिए ।

स्थानिय तह निर्वाचनमा तेस्रो प्रतिष्पर्धीका रुपमा मधेशी जनअधिकार फोरम नेपालका उम्मेदवार मनोजकुमार मेहताले २६ सय १५ मत प्राप्त गरेका थिए । हाल मेहता नेकपा एमालेमा प्रवेश गरि एमालेका उम्मेदवार सरोज पोखरेलको चुनावी सारथीका रुपमा साथै हिडेका छन ।

नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार नरेन्द्र कटुवालले ९ सय ७१ मत प्राप्त गरेका थिए । यसैगरि संद्यिय समाजवादी फोरम नेपालका शिवनारायण मेहताले १ सय ८३ मत प्राप्त गरेका थिए । हाल उनी नेपाली काग्रेसमा प्रवेश गरेका छन ।

अर्का उम्मेदवार राप्रपाका पारसमणी यादवले १५८ मत ल्याएका थिए । अन्य ६ जना स्वतन्त्र उम्मेदवारहरुले ४० मत भन्दा कम मत ल्याएका थिए ।

इनरुवामा अधिल्लो निर्वाचन परिणाममा नेपाली काग्रेस र नेकपा एमाले बिच दुई दल बिचको प्रतिष्पर्धामा यसपटक जनता समाजवादी पार्टी सशक्त रुपमा अगाडी आएको छ ।

काग्रेस एमालेका परम्परागत मतदाताको भिडमा नयाँ पुस्ताका मतदाता र वैकल्पीक शत्तीको खोजीमा रहेका परिवर्तन चाहने मतदाताले जसपाका उम्मेदवारलाई साथ दिएको पाइन्छ ।

युवा उम्मेदवारलाई चुनावी मैदानमा अगाडी ल्याएको जसपाले अधिल्लो निर्वाचनको परिणामलाई त्रिपक्षिय प्रतिष्पर्धामा लैजाने आंकलन गरिएकाले इनरुवामा मेयर पदको चुनावी प्रतिष्पर्धा कडा हुने देखिएको छ ।

नेपाली काग्रेसले परम्परागत गढलाई यथावत राख्नका लागि सवै खालका चुनावी रणनिती प्रयोग गर्ने आकंलन गरिएको छ ।

नेकपा एमालेले काग्रेसको नेतृत्वमा ५ वर्ष भित्र भएका भष्ट्राचार र अनियमिततालाई मुख्य रुपमा प्रहारको केन्द्र बनाउदै यसपटक परिवर्तन र विकासको पक्षमा इनरुवावासीको मतदान भन्ने मुख्य एजेण्डालाई प्राथमिकतामा राखेको छ ।

जसपाले ५ वर्षसम्म इनरुवावासीको समस्यामा प्रतिपक्षीको रुपमा भुमिका निर्वाह गर्दै सडकबाट खबरदारी गरेकाले वडा वडामा टोल वस्तीमा निर्माण गरिएको संगठन र समर्थकहरुको साथले न्युनतम १५ हजार मत ल्याएर चुनाव जित्ने लक्ष्यलाई प्राथमिकतामा राखेको छ ।

यसपटकको निर्वाचनमा नेपाली काग्रेसका तर्फबाट सुनसरी सभापती केदार भण्डारी उम्मेदवार बनेका छन ।

भण्डारीले यसपटक अन्य दलका उम्मेदवार भन्दा ५ हजार मत अन्तरले जित्ने दावी गर्दै इनरुवा परम्परागत रुपमा नेपाली काग्रेसको गढका रुपमा रहेकाले पुनः काग्रेसले जित हासिल गर्ने विश्वास लिएको बताए ।

भण्डारीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्दै अधिल्लो निर्वाचनमा जारि गरिएको घोषणापत्रमा उल्लेख गरिएका योजनाको निरन्तरता दिदै नगर विकासमा स्थानियको सहकार्य र अपनत्व समृद्ध इनरुवाका लागि केदार भण्डारीको नेतृत्व भन्ने नारा अगाडी सार्दै खेतदेखी बजारसम्म कृषिमा आधुनिकता समुन्नत कृषि सहर इनरुवाको प्राथमिकताको गौरवशाली योजनालाई मुख्य कार्यक्रम बनाएका छन ।

भण्डारीले भौतिक पुर्वाधार विकास, भष्ट्राचारमा सुन्य सहनशिलता, शिक्षा, स्वास्थ्य, भाषा साहित्य कलाको विकास, सुचना प्रविधिको विकास, सुकुम्वासी समस्याको समाधान, धार्मिक क्षेत्रको संरक्षण, उच्च शिक्षा अध्ययनका लागि इनरुवामा शैक्षिक क्षेत्रको स्तरउन्नती, निशुल्क कृषि विद्युतीकरण लगायतका कार्यक्रमहरु अगाडी सारेका छन ।

अधिल्लो निर्वाचनमा ११ सय ७४ मतले मेयर पदमा पराजित भएको नेकपा एमालेका यसपटकका उम्मेदवार सरोज पोखरेलले इनरुवावासीले काग्रेसको ५ वर्षे कार्यकालमा इनरुवा भौतिक पुर्वाधार विकासमा सुनसरीका अन्य पालिकाहरु भन्दा २५ वर्ष पछाडी धकेलिएकाले यसपटक इनरुवावासीले परिवर्तनका पक्षमा मतदान गरेर समग्र विकासका लागि आफुलाई जिताउने दावी गरेका छन ।

पोखरेलले इनरुवा विकासका ११ बुदे प्रतिवद्धता पत्र जारी गर्दै शिक्षा, संस्कृति, स्वास्थय तथा वातावरण, कृषि तथा आर्थिक विकास, उधोग व्यवसाय, सुशासन र सुरक्षा, महिला बालबालिका तथा जेष्ठ नागरिक, रोजगारी, युवा विद्यार्थी तथा खेलकुद, सामाजिक उत्तरदायित्व, भौतिक पुर्वाधार विकास र सुचना तथा सञ्चारका क्षेत्रमा कार्यक्रमलाई प्राथमिकतामा राखेका छन ।

मेयरका उम्मेदवार सरोज पोखरेलले एक वडा एक जिमखाना, एक कर्भड हल, नगरस्तरिय खेलकुद प्रतियोगिताहरु, गरिब दलित परिवारलाई २० युनिट विद्युत निशुल्क, हरेक वडामा शव वाहन, ब्लड बैकको स्थापना, स्वर्गद्धारी घाटको व्यवश्थापन कार्यलाई पुर्णता दिने, इनरुवा अस्पतालमा बच्चा जन्माउने सुत्केरीलाई ५ सय भत्ता, इनरुवाका सवै सरकारी विद्यालयमा ५ कक्षासम्मका विद्यार्थीलाई निशुल्क खाजा खुवाउनेलगायतका कार्यक्रमहरु प्रतिवद्धता पत्रमा अगाडी सारेका छन।

जनता समाजवादी पार्टीका तर्फबाट मेयरका उम्मेदवार दिलिपचन साहुले यसपटक १५ हजार भन्दा बढी मतदाताले जसपाका पक्षमा मतदान गरेर आफुलाई मेयरमा जिताउने दावी गरे ।

उम्मेदवार साहुले ५ वर्षसम्म सडकबाट इनरुवावासीका समस्याका ’boutमा प्रतिपक्षको भुमिका निर्वाह गर्दै काग्रेसका मेयरले गरेको भष्ट्राचार, अनियमितता र पदिय दुरुपयोगका विरुद्ध खबरदारी गर्दै आवाज उठाएको बताए ।

साहुले ४१ बुदे प्रतिवद्धता पत्र जारी गर्दै ५ वर्ष भित्र ५० किलोमिटर कालोपत्रे सडक निर्माण गरि रिङरोड बनाउने, इनरुवाका सवै सरकारी विद्यालयलाई अग्रेजी माध्यमबाट पठनपाठन गराउदै कम्प्युटर शिक्षा लागु गर्ने र इनरुवावासीलाई विशेषज्ञ डाक्टरसहितको उपचार सेवा प्रदान गर्न इनरुवा अस्पताललाई सुविधा समपन्न बनाउने उल्लेख गरेका छन ।

यसैगरि साहुले नेपाली काग्रेस नेतृत्वको कार्यपालिकाले ५ वर्षमा गरेका भष्ट्राचार अनियमिततामा संग्लन दोषिहरुलाई कारवाही गर्नका लागि नागरिक समाजका अगुवाहरु रहेको विज्ञ छानविन टोली गठन गरि सत्य तथ्य सार्वजनिक गर्दै कानुनी कारवाहीका लागि अख्तीयारमा मुद्धा दायर गर्ने प्रतिवद्धतालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन ।

उच्च शिक्षा आर्जन गर्न इनरुवा बाहिर जाने हजारौ विद्यार्थीलाई ५ वर्ष भित्र इनरुवामा गुणस्तरिय क्याम्पस सञ्चालनमा ल्याउने, खेलकुदको विकास, सार्वजनिक शौचालय निर्माण, सुचना प्रविधिको विकास, जनताबाट लिने सवै खालका कर छुट गर्ने, सुकुम्वासी समस्याको समाधान, कृषि क्षेत्रको विकास, महिला, बालबालिका र जेष्ठ नागरिकहरुको हक अधिकारका लागि कार्यक्रमहरु अगाडी सारेका छन ।

इनरुवामा यस पटक मेयर पदको उम्मेदवारी दिनेहरुमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिमला पोखरेल, लोकतान्त्रिक समाजवादी पार्टीबाट चुन्नी खातुन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चन्देश्वर चौधरी, जनमत पाटीबाट संजिव कुमार चौधरी , नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट जुरीलाल मोची, विवेकशील साझा पार्टी राजु नन्दी, नेपाल कम्युनिष्ट पार्टी ( माक्र्सवादी लेलिनवादी) बाट सुनिल कुमार साह हलवाईसगै स्वतन्त्र उम्मेद्वारी दिनेमा अम्बर बहादुर श्रेष्ठ र निकेश पोखरेल रहेका छन ।

अघिल्लो लेखमाकांग्रेसलाई सुनसरीका अधिकाशं पालिकामा आफ्नो गढ जोगाउन सकस
अर्को लेखमा‘इनरुवामा यसपटक परिवर्तन हुन्छ, इनरुवाबासी ३० गतेको प्रतिक्षामा हुनु हुन्छ’ : सरोज पोखरेल

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्