इनरुवा । इनरुवा नगरपालिकाले विकास परियोजनामा अनियमितता गरेको भन्दै संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीले कालो सूचीमा राखेको पाइएको छ ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीका तर्फबाट शनिवार इनरुवा नगरपालिका २ स्थित लक्ष्मीनारायण मन्दिर पछाडितर्फ रहेको यूएन पार्क अनुगमनको सिलसिलामा आएको प्रतिनिधि मण्डलले सो जानकारी गराएको हो ।

शनिवार इनरुवा आएको युएनडीपीका फिल्ड अफिस जनकपुरका परियोजना प्रमुख धन चन्दले इनरुवा नगरपालिका र साझेदार गैसस सामुदायिक विकास संस्था (सिडिओ) सुनसरीले यूएन पार्क निर्माणका लागि सम्झौता बमोजिकको काम नगरेपछि कालो सूचीमा राखेर सवै सहायता रोक्का गरिएको बताए ।

परियोजना प्रमुख धन चन्दले इनरुवा नगरपालिकाका निर्वतमान मेयर राजन मेहताले आर्कषक प्रस्ताव पेश गरेपछि शहरी क्षेत्रमा पार्क आवश्यक महसुस गरि विकास परियोजनामा साझेदारी गर्न सम्झौता गरिएको जानकारी दिए ।

तीन वर्षभित्र सम्झौता बमोजिम गर्नुपर्ने परियोजनाका कामका सर्तहरु अनुसार यूएन पार्क निर्माण नगरेको फेला परेपछि पहिलो वर्षनै सम्झौता खारेज गरि परियोजना स्थगन गरिएको परियोजना प्रमुख चन्दले जानकारी दिए ।

परियोजना संचालनका लागि निर्वतमान मेयर राजन मेहताले आफै नेतृत्व गरिरहेको गैसस सामुदायिक विकास संस्था (सिडिओ) सुनसरीलाई इनरुवा नगरपालिकाको सहकर्मी संस्थाका रुपमा जिम्मेवारी दिने सम्झौता गरेका थिए ।

परियोजनाका प्रमुख चन्दले यस बिषयमा अन्य जानकारी सिडिओ सुनसरीका तर्फबाट परियोजना हेर्ने निवर्तमान मेयर राजन मेहतालाई लिखित रुपमा सवै जानकारी गराइएको बताए ।

परियाेजना प्रमुख चन्दले इनरुवा नगरपालिकाले युएन पार्क निर्माण कार्यमा सम्झाैता अनुसारकाे रकम र काममा अनयमितता भएकाे ठहर गर्दै युएनबाट दिइने विकास अनुदानका सहयाेगहरु राेक्का गरिएकाे बताए ।

इनरुवा नगरपालिकामा नगरसभा मार्फत यूएन पार्क निर्माणका लागि साझेदारीमा रकम दिने निर्णय पारित गरिएको थियो ।

इनरुवा नगरपालिका नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधि र प्राविधिक टोलीको अनुगमन प्रतिवेदनको आधारमा यूएन पार्क निर्माणमा कमसल निर्माण सामग्री प्रयोग गरि परियोजनाको डिजाइन अनुसार काम नगरि अनियमितता भएको ठहर गरि रकम निकासा नदिने निर्णय गरि भुक्तानी नदिन रोक लगाएपनि मेयरको दवावमा रकम निकासा दिएको एक कार्यपालिका सदस्यले बताए ।

इनरुवा नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीका बिचमा इनरुवा २ मा युनएन पार्क निर्माणका लागि युएनडीपीले १ करोड ३० लाख खर्च दिने र इनरुवा नगरपालिकाले ८६ लाख लागत सहभागीता लगाउने गरि भएको दुई पक्षीय सम्झौता भएको थियो ।

यूएनडीपीले दिगो विकास लक्षको अवधारणा अनुरुप इनरुवा २ नम्बर वडामा रहेको लक्ष्मी नारायण मन्दिर पछाडिको साढे चार कट्ठा क्षेत्रफलमा १ करोड ७३ लाख ७५ हजार २ सय ५० रुपैंयाको लागतमा बन्ने पार्क निर्माणमा यूएनडीपीले ८७ लाख २० हजार २ सय ५० रुपैंया खर्च र इनरुवा नगरपालिका कार्यालयले साझेदारीमा सहकार्यका रुपमा ८६ लाख ५५ हजार खर्च गर्ने सम्झौता २०७६ भदौ १३ गते भएको थियो ।

यूएन पार्क बहुसांस्कृतिक, आधुनिक र सुविधा सम्पन्न अपाङ्गमैत्री पार्क उचित पार्किङ र बालमैत्रीसहितको प्रविधियुक्त हुने सम्झौतामा उल्लेख गरिएको थियो ।

स्रोतका अनुसार युएनडीपीले सम्झौता अनुसारको काम इनरुवा नगरपालिका र सिडिओ सुनसरीले नगरी अनियमितता गरेको ठहर गरि हालसम्म भएको परियोजनाको कार्याव्यनको अन्तिम मुल्याङ्कन गरि रकम फिर्ता ल्याउन कानुनी प्रक्रिया थाल्ने तयारी गरेको बताइन्छ ।

यूएन पार्क निर्माण स्थलमा हरियाली वन स्थापनाका लागि वन डिभिजन कार्यालयले ८५ लाख, १ नम्बर प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १ करोड, प्रतिनिधिसभा सासंद सिताराम मेहताको सासंद विकास कोषले आदिवासी जनजाति उराँव समुदायको सांस्कृतिक भवन निर्माणका लागि ५० लाख रुपैयाँ लगानी गरेको पाइएको छ ।

करिव चार करोड लगानी गरिएको पार्क निर्माण स्थलमा उराँव समुदायको सांस्कृतिक भवन, पाले घर र वरीपरी घेरावेरा बाहेक अन्य संरचनाहरु छैनन।

स्थानीय श्यामसुन्दर साहले यूएन पार्कमा आउने सवैले फोटो खिचेर लैजाने मात्र काम गर्दै आएको बताए ।

अघिल्लो लेखमा‘इनरुवामा यसपटक परिवर्तन हुन्छ, इनरुवाबासी ३० गतेको प्रतिक्षामा हुनु हुन्छ’ : सरोज पोखरेल
अर्को लेखमाइनरुवामा एमाले र कांग्रेसका उम्मेदवारबीच रैथाने प्रमाणित गर्ने होडबाजी

43 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्