इनरुवा । इनरुवा नगरपालिकाको ५ नम्बर वडा बलाहाका निर्वाचित जनप्रतिनिधिलाई स्थानियहरुले हनुमान चालिसा पाठ गरेर सम्मान गरेका छन ।

शनिवार बलाहामा रहेको शर्वेश्वर शिव मन्दिरमा शुभारम्भ मासिकको आयोजनामा भएको सम्मान कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानियहरुले सामुहिक रूपमा हनुमान चालिसा पाठ गर्दै सम्मान गरेका हुन ।

इनरुवा ५ नम्बर वडाअध्यक्ष अनिलकुमार पोखरेल खुल्ला सदस्य नवीन दाहाल, यामकुमार श्रेष्ठ, महिला सदस्य शारदा भट्टराई र दलित महिला सदस्य सिर्जना बिकलाई स्थानियहरुले सम्मान गरेका हुन ।

हनुमान चालिसा पाठसगै जनप्रतिनिधिहरुलाई शर्वेश्वर शिव मन्दिरका पुर्वअध्यक्ष लेखनाथ पोखरेल, सहप्राध्यापक भगतप्रसाद भण्डारी, धार्मिकसेवी धर्मशिला भण्डारी, समाजसेवी तुलसी प्रसाद दुलाल, नेकपा एमालेका जिल्ला सदस्य हरि पोखरेल, काङ्ग्रेसका कलाधर पोखरेल लगायतले रुद्राक्षको माला लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष अनिलकुमार पोखरेलले मन्दिरमा हनुमान चालिसा बितरणसगै पाठ गर्दै निर्वाचित जनप्रतिनिधिलाई गरिएको सम्मानले आफुहरुलाई जनताप्रति उत्तरदायि हुदै भगवानप्रति भक्तिभाव जगाउन प्रेरणा मिलेको बताए ।

आयोजक सस्थाँ शुभारम्भ मासिकप्रति आभार व्यक्त वडाअध्यक्ष पोखरेलले इमानदारी पुर्वक जनसेवामा लाग्दै भ्रष्टाचार, अनियमिततासगै गलत काम नगर्ने प्रतिबद्धता ब्यक्त गरे ।

हरेकको हातमा गिता र हनुमान चालिसा दिदै आएका धार्मिक अभियन्ता तथा कार्यक्रमका आयोजक दिनेश पोखरेल सिम्पानेले बलाहावासीले विश्वास गरेर जिताएका जनप्रतिनिधिले जनहितका कार्यमा लागेर सेवाभावले काम गर्नुपर्ने बताए ।

कार्यक्रमका सहप्राध्यापक भगत भण्डारी, नेकपा एमालेका जिल्ला सदस्य हरि पोखरेल, काङ्ग्रेसका वडा सचिब लेखराज निरौला, दीपक निरौलालगायतको सहभागीता रहेको थियो ।

अघिल्लो लेखमासुनसरी प्रशासनमा लेखापढी व्यवसायीलाई प्रवेशमा रोक
अर्को लेखमासप्तकोशी नदी गाँजा तस्करीको सहज रुट बन्दै

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्