इनरुवा । इनरुवा नगरपालिका कार्यालयले नगरक्षेत्रका सवै वडाका किसानलाई धान खेतीका गर्नका लागि धानको बिउ वितरण सुरु गरेको छ ।

इनरुवा नगरपालिका नगर कार्यपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाका अनुसार नगरपालिकाले कृषि शाखाअन्र्तगत चालु आर्थिक बर्ष २०७८÷०७९को बार्षिक स्वीकृत कार्यक्रमअनुसार धान खेती गर्ने किसानलाई बिउ वितरण गर्न थालेको हो ।

प्रमुख प्रशासकीय अधिकृत निरौलाले नगरक्षेत्रमा धानको उत्पादन बृद्धी गरि किसानहरुको जीवनस्तरमा सुधार ल्याउँदै धानको उत्पादकत्व दरमा कमि हुन नदिन उन्नत जातका बिउ वितरण थालिएका बताए ।

निरौलाले नियमित मनसुन भित्रिने समय ढिलो गरी सुरु हुँदा जमिन बाँझो रहने भएकाले यसवर्ष वर्षा सुरु हुन अगावै धानको वितरण थालिएको जानकारी दिए।

नगरपालिकाले बिउ समयमा उपलब्ध नहुदा रोपाइँ गर्न ढिलाई हुने भएकाले यस वर्ष जेठ महिनाको पहिलो हप्ताबाटै बिउ वितरण थालिएको बताए ।

इनरुवाका १० वटै वडा कार्यालयमार्फत सम्बन्धित वडाका किसानको जग्गा धनी पुर्जाका आधारमा आवश्यक्ता हेरेर १ विग्गा जनिनमा २० केजिको दरले वीऊ उपलब्ध गराउने भएको छ ।

वास्तविक किसानलाई प्रथामिकता गरेर धानको बिऊ वितरण आवश्यक कागजपत्र बुझाएपछि वडा कार्यालयले कुपन दिने व्यवश्था मिलाइएको छ ।

अघिल्लो लेखमाइनरुवामा पैसा नतिर्ने इन्टरनेट कम्पनीको विद्युत लाईन काटियो
अर्को लेखमासुनसरीका २९ उम्मेदवार आफैले आफूलाई मत नहाल्नेदेखि पाँच मत नकटाउनेसम्मका

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्