इनरुवा । इनरुवा नगरपालिका ३ नम्बर वडाका एक दम्पतीले आफ्नी नातिनीको जन्मदिन मनाउने खर्चले गरिब दलित बालबालिकालाई आखाँ शिविर गरेका छन ।

इनरुवा ३ निवासी पर्शुराम घिमिरे र अम्बीका घिमिरेले हाल अष्ट्रेलियाको क्यानवेरामा बसोबास गर्ने छाेरी ज्वाई दिवश निराैला र पुजा घिमिरेकाे पहिलाे सन्तान नातिनी आश्वी घिमिरे निराैलाको पहिलो जन्मोत्सवका अवसर पारेर गरिब दलित समुदायका बालबालिकाको निशुल्क आखाँको परिक्षण तथा उपचार गराएका हुन ।

जनता आधारभुत विद्यालय इनरुवा ३ मा अध्य्रत १५६ जना मुसहर समुदाय र गरिब विपन्न परिवारका बालबालिकाको आखाँको स्वास्थ्य परिक्षण गराउनुका साथै औषधी उपचार गरिएको हो।

आखाँ शिविरको उद्घाटन गर्दै इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले बालिका आश्वीलाई जन्मदिनको शुभकाना दिदै उनका अभिभावक घिमिरे दम्पतीले जन्मदिन मनाउने नाममा हजारौ रुपैयाँ पारिवारिक जमघटमा फजुल खर्च गरिने परम्परालाई तोडदै समाजमा उदाहरणीय योगदान दिन विपन्न र दलित परिवारका बालबालिकाको संवेदनशिल शारिरीक अंग आखाँको उपचार गर्न शिविर गरेर अन्य व्यत्तीहरुलाई अनुकरण गर्न उत्प्रेरणा दिएको बताए ।

मेयर भण्डारीले शिक्षा र स्वास्थ्यको क्षेत्रमा सवैले घिमिरे दम्पतीले जस्तै समाजका लागि योगदान पु¥याउने कार्य गर्न आग्रह गर्दै नगरपालिकाले समेत सरकारी सामुदायिक विद्यालयमा रहेका बालबालिकालाई अग्रेजी माध्यमबाट शिक्षा प्रदान गर्न वार्षिक योजना बनाएर बजेट विनियोजना गर्ने तयारी गरेको बताए ।

कार्यक्रममा नगरपालिकाकी उपमेयर बिनिताकुमार मेहता, ३ नम्बर वडाका वडाअध्यक्ष रमेश श्रेष्ठ, नेपाली प्रदेश एककी सदस्य अम्बीका घिमिरे, जनता आधारभुत विद्यालयकी प्रधानअध्यापक अनु कोइराला, शिक्षक ज्ञानु पोखरेल, समाजसेवी पर्शुराम घिमिरे, होमनाथ दाहाल, कान्ता भट्टराई पोखरेल, ओम बस्नेत, सुनसरी आइकेयर एण्ड अप्टीकलका आखाँ चिकित्सक अमित मेहतालगायतको सहभागीता रहेको थियो ।

बालिका आश्वी घिमिरे निराैलाको पहिलो जन्मोत्सवका अवसरमा विद्यालयका बालबालिकालाई मेयर भण्डारी, उपमेयर बिनिताकुमार मेहता, वडाअध्यक्ष रमेश श्रेष्ठ, हजुरबुवा पर्शुराम घिमिरे, हजुरआमा अम्बीका घिमिरेले तिन पाउण्डको केक काटेर जन्मदिनको शुभकामना बाचन गर्दै गरिब, विपन्न र दलित बालबालिकालाई खुवाएका थिए ।

अघिल्लो लेखमाइनरुवा ५ का जेष्ठ नागरिकलाई घरमै भत्ता
अर्को लेखमासुनसरी जिसस प्रमुखको दावेदार इनरुवाका पूर्व मेयरलाई पार्टीका उपसभापतिको चुनौति

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्