इनरुवा । इनरुवा नगरपालिका ८ नम्बर वडा स्थित कंशमरणमा माओवादी सशस्त्र विद्रोह र आन्दोलनका द्धन्द्द पीडित तथा हिंसा पीडितहरुका लागि उत्पादनमुलक सिप विकास गर्न तालिम भवन निर्माण हुने भएको छ ।

शहिद सरोकार मञ्च सुनसरीकी अध्यक्ष तोया गिरिका अनुसार प्रदेश सरकारको आर्थिक सहयोगमा शहीद, बेपत्ता, घाइते, पीछडीएका परिवार र हिंसा पीडितका लागि तालिम भवन निर्माण थालिएको हो ।

तालिम भवन निर्माण कार्यको एक नम्बर प्रदेशसभाकी उपसभामुख सरस्वती पोखरेल र प्रदेश सासंद कुसुम श्रेष्ठले एक समारोहका बिच शिलान्यास गरेका छन ।

उपसभामुख पोखरेलले शिलान्यास कार्यक्रममा बोल्दै शहीद सरोकार मञ्च सुनसरीलाई निःशुल्क रुपमा दाताले दिएको दुई कठ्ठा जग्गाको क्षेत्रफलमा निर्माण हुन लागेको भवनमा नेपालमा भएको सशस्त्र विद्रोह र आन्दोलनका क्रममा शहीद, बेपत्ता, घाइते, पीछडीएका परिवार र हिंसा पीडित र उनका परिवारलाई उत्पादनमुलक सिप बिकास तालिम प्रदान गरि आर्थिक रुपमा सहयोग पुग्ने विश्वास ब्यक्त गरिन ।

कार्यक्रममा उपसभामुख सरस्वती पोखरेल, सांसद कुसुम श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रजिअ जोरासिंह माझी, शहीद प्रतिष्ठान शाखाका अध्यक्ष योगेन्द्रप्रसाद मण्डल, दिपक काफ्ले, नेकपा माओवादी केन्द्र इनरुवाकी अध्यक्ष तोया गिरीलगायतको सहभागीता रहेको थियो ।

अघिल्लो लेखमासुनसरीका सुरक्षा प्रमुखलाई कोशी टप्पुमा नेपाली सेनाको अवरोध
अर्को लेखमाभारतीय कोकाकोलासहित भन्सार छली ल्याईएको लाखौको सामान नियन्त्रण

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्