इनरुवा । इनरुवा नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा स्थायी दरवन्दीका अधिकृत तहका कर्मचारीहरु महिनौदेखि जिम्मेवारी विहीन भएर बस्ने गरेको पाइएको छ ।

इनरुवा नगरपालिका कार्यालयमा सरुवा भएर आएका निजामती सेवाका प्रशासन र प्राविधिकतर्फका कर्मचारीलाई नगरपालिकाले जिम्मेवारी नदिदा उनीहरुको कार्यसम्पादन करार सेवाका कर्मचारीहरुले गरिरहेका छन ।

इनरुवा नगरपालिकामा संद्यिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आएका छैठौ तहका इन्जिनियर सौरभ निरौलाका अनुसार २०७८ साल पुस महिनामा कार्यालयमा हाजिर भएदेखि दिनभर चिया पसल र बरण्डामा दिन बिताएर बस्नु बाहेक कुनै जिम्मेवारी कार्यालयले दिएको छैन ।

निरौलाले भने, ‘यहाँ आउने निजामती सेवाका कर्मचारी र प्राविधिक सेवाका कर्मचारीलाई रैथाने भएर करार सेवामा जागिर खादै गरेका कर्मचारीले अयोग्य प्रमाणित गर्ने र जिम्मेवारी नदिएर बाध्य भई अन्यत्रै सरुवा लिएर जाने अवश्था बनाउने गरेको पाए ।’

तीन वर्षदेखि जिल्ला समन्वय समितिबाट सरुवा भई आएका स्थायी दरवन्दीका छैठौ तहका इन्जिनियर तुलसी यादवका अनुसार कर्मचारीको तेरिज विवरण र प्रशासनिक ढाँचामा दुईजना इन्जिनियरको दरवन्दी रहेको इनरुवा नगरपालिकामा दरबन्दीभन्दा बढी प्राविधिक कर्मचारी कार्यरत रहेका छन ।

इन्जिनियर यादवले भने, ‘आफु तीन वर्षदेखि टेवल कुर्सी र जिम्मेवारी नपाउँदा बिहान १० बजे हाजिर गर्ने दिनभर चिया पसल र बरण्डामा घुमेर ५ बजेपछि घर जाने गरेको छु ।’

घर नक्शा सम्बन्धी ऐन, योजनाको लगत इष्टिमेट तथा अन्तिम मुल्याङ्कन गर्ने अधिकार करार सेवाका प्राविधिकलाई नभए पनि इनरुवामा सवै काम करार सेवाका प्राविधिकहरुले गर्ने गरेको यादव बताउँछन ।

यादवले भने, ‘जागिर जीवन भर करोडौको ठुला ठुलो आयोजनाहरु, योजनाहरु र लगत इष्टिमेट तथा अन्तिम मुल्याङ्न गरि सेवा गरियो इनरुवामा आएपछि करारको हालिमुहाली भएका कारण कुनै जिम्मेवारी नपाउँदा मानसिक तनावमा जागिरे जीवन तीन वर्ष खेर गैरहेको छ ।’

हाल इनरुवा नगरपालिकामा करार सेवामा योजना फाँट अन्र्तगत इन्जिनियर उमेश्वर मेहता, सव– इन्जिनियर चन्दनकुमार कण्ठ, सव– इन्जिनियर बलराम मेहता, सव– इन्जिनियर गौरव मेहता, सव– इन्जिनियर नविन चौधरी हाल करार अवधी थप नभएका, अर्का असिस्टेन्ट सव– इन्जिनियर कुन्दन मेहता र असिस्टेन्ट सव– इन्जिनियर अमजद मन्सुरी हाल करार सेवा अवधी थप नभएका कार्यरत रहेका छन ।

यसैगरि घर नक्शा फाँट अन्र्तगत स्थायी दरवन्दीमा कार्यरत रहेका सव– इन्जिीनयर रामु चौधरी रहेका छन ।

स्थायी दरबन्दीका कर्मचारी हुँदाहुँदै उनीहरुलाई बेकामे बनाएर करारका कर्मचारीको म्याद थपेर नगरपालिकाले नगरको स्रोत र साधनको दुरुपयोग गरिरहेको स्वयम कर्मचारीहरु बताउँछन ।

अघिल्लो लेखमाइनरुवामा अबैद्य रुपमा खोला दोहन गर्दै पूर्व जनप्रतिनिधि हजारौ हाइवा माटो बिक्री गर्दा नगरपालिका मुखदर्शक
अर्को लेखमाइनरुवा नगरपालिकाले स्वास्थ्य केन्द्रका कर्मचारी हटाउँदा ससर्त अनुदान नै अलपत्र

5 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्