इनरुवा । इनरुवा नगरपालिका कार्यालयमा कार्यरत २८६ कर्मचारीमध्ये ७६ जना मात्रै स्थायी कर्मचारी कार्यरत रहेका छन ।
नगरपालिकामा सामान्य प्रशासन मन्त्रालय, शिक्षा मन्त्रालय, कृषि मन्त्रालय, महिला बालबालिका मन्त्रालय र अर्थ मन्त्रालयबाट सरुवा भई आएका स्थायी दरबन्दीका १५ जना कर्मचारीहरु रहेको पाइएको हो ।
यससगै इनरुवा नगरपालिकामा रहेका स्वास्थ्य सस्थाँमा स्वास्थ्य मन्त्रालय अन्र्तगत स्वास्थ्य शाखाका स्थायी दरवन्दीमा कार्यरत स्वास्थ्यकर्मी ३३ जना रहेका छन ।
इनरुवा नगरपालिकामा संद्यियता लागु हुनुपुर्व नियुक्त भएका २६ जना कर्मचारी स्थायी दरवन्दीमा कार्यरत रहेका छन ।
इनरुवा नगरपालिकामा शिक्षा मन्त्रालय अन्र्तगत उपसचिव रहेका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौला, शिक्षा शाखा अधिकृत स्वस्तीका दाहाल, शिक्षा शाखामा सुब्बा नर्वदा खतिवडा रहेका छन ।
यससगै अर्थ मन्त्रालयबाट आएका आर्थिक प्रशासन शाखामा लेखा अधिकृत अशोक मेहता, संद्यिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आएका इन्जिनीयर सौरभ निरौला, महिला तथा बालबालिका जेष्ठ नागरिक मन्त्रालयबाट सरुवा भई आएका अधिकृत दिपा दाहाल, महिला बालबालिका अन्र्तगतकै सुब्बा सरस्वती ढुड्डाना रहेका छन ।
यससगै कृषि मन्त्रालय अन्र्तगतका भेटेरिनरी सेवाका पशु प्राविधिक पवनकुमार खतिवडा हाल ५ नम्बर वडा कार्यालयको सचिव पदमा कार्यरत रहेका छन ।
कृषि मन्त्रालय अन्र्तगत कृषि तालिम केन्द्र तरहराबाट सरुवा भई आएका मत्स्य विकास तर्फका कृषि प्राविधिक अभिनारायण चौधरी १० नम्बर वडा कार्यालयको सचिव पदमा कार्यरत रहेका छन।
सामान्य प्रशासन मन्त्रालयबाट आएका प्रशासन समुहका पाचौ तहका कर्मचारीहरु मध्ये वडासचिवका रुपमा गोपाल खतिवडा ७ नम्बर वडा कार्यालय, श्याम पोखरेल ३ नम्बर वडा कार्यालय र प्रदिपकुमार मण्डल ८ नम्बर वडा कार्यालयमा कार्यरत रहेका छन ।
यसैगरि सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आएका प्रशासन समुहका चौथो तहका कर्मचारीहरु वडा सचिवका रुपमा केशव नेपाल १ नम्बर वडा कार्यालय, दिलिपकुमार श्रेष्ठ २ नम्बर वडा कार्यालय, रोशन यादव १० नम्बर वडा कार्यालयमा कार्यरत रहेका छन ।
नगरपालिका कार्यालय अन्र्तगत २६ जना स्थायी दरवन्दी पदमा कार्यरत रहेका कर्मचारीहरुमा अधिकृत कपिलदेव मेहता, अधिकृत मनोज खडका, अधिकृत जिवन भट्टराई, सुब्बाहरु सुर्यकुमार नेपाल, गिता सुवेदी, सव–इन्जिनियर रामु चौधरी, कम्प्युटर अपरेटर महेश खनाल, कुमारी भट्टराइ, सह–लेखापाल दिगम्बर यादव, खरिदार इनोद पोखरेल रहेका छन ।
यसैगरि अमिन विपुलेन्द्रप्रसाद यादव, सहजकर्ता मुना बराल, इलेक्ट्रीसियन सहायक गोविन्द पोखरेल, सवारी चालक डम्मर श्रेष्ठ, जगधर मण्डल, बारुणयन्त्र असई विनोद भट्टराई, हब्लदार भोजराज पोखरेल, सत्यनारायण मण्डल, धनिकलाल मेहता, मनोजकुमार चौधरी, सुर्यप्रसाद पोखरे, नगर प्रहरी जवान सुरज पोखरेल, कार्यालय सहयोगी तोया खतिवडा, जगदिश मरिक, उर्मिला काफले र मकेश्वर मेहता रहेका छन ।
संद्यियता स्थापना भएपछि जिल्ला विकास समितीको कार्यालयमा कार्यरत रहेका कर्मचारी समायोजन अन्र्तगत इनरुवा नगरपालिका कार्यालयमा सरुवा भएर आएका १० जनामध्ये २ जना तुलसी यादव र निर्मला नेपाल स्थायी र अर्का देवनारायण मेहता अस्थायी रहेका छन भने अन्य ७ जना करार सेवामा रहेका छन ।
इनरुवा नगरपालिकाले एकै पटक ५७ जना करार सेवाका कर्मचारी निष्काशन गरेपछि चर्चा रहेको नगरपालिकामा ७६ जना कर्मचारी स्थायी दरवन्दीमा कार्यरत रहेका छन भने १ जना अस्थायी कर्मचारी रहेका छन ।
हाल निष्काशन गरिएकासहित २१० जना कर्मचारी करार सेवामा कार्यरत रहेको पाइएको छ ।
निष्काशन गरिएका कर्मचारीलाई करार अवधीको म्याद थप नगरिएको अवश्थामा नगरपालिकामा १ सय ५३ जना कर्मचारी करार सेवामा कार्यरत रहने भएका छन ।
order custom papers https://studentpaperhelp.com/
custom writing paper service https://ypaywallpapers.com/
pay to write a paper https://premiumpapershelp.com/
order custom paper https://papercranewritingservices.com/
buying papers https://essaybuypaper.com/
order custom papers https://writemypaperquick.com/
professional paper writers https://mypaperwritinghelp.com/
college paper writing help https://buyessaypaperz.com/
pay someone to write a paper https://writingpaperservice.net/
You ought to be a part of a contest for one of the highest quality blogs online. Im going to recommend this website!
This is a helpful article! nokia loud ringtone
You are a beautiful person for sharing your story with us! popular ring tone