इनरुवा । इनरुवा नगरपालिकामा कार्यरत रहेकी एकजना करार कर्मचारीलाई सरकारी कागजपत्र किर्ते गरेको प्रमाणसहित कारवाही सिफारिस गरिएपनि म्याद थप गरि जागिरमा राखिएको फेला परेको छ ।

इनरुवा नगरपालिका १० नम्बर वडा कार्यालयमा कार्यरत कर्मचारी विनिता ठाकुरलाई कार्यालयमा अभिलेख रहेको जन्म दर्ताको प्रमाणपत्र किर्ते गरि नक्कली बनाएको प्रमाणसहित कारवाही सिफासि गरिएको पाइएको छ ।

१० नम्बर वडाका वडाअध्यक्ष मोहम्द खलिल अख्तरले २०७९ असार २० गते नगरपालिकाका मेयर केदार भण्डारीलाई लिखित सिफारिस गरि वडा कार्यालयको बैठकबाट कर्मचारी विनिता ठाकुरले पदको दुरुपयोग गरि नक्कली जन्मदर्ता बनाएको प्रमाणसहित कारवाही गर्न पत्राचार गरेको पाइएको छ।

वडाअध्यक्ष मोहम्द खलिल अख्तरले पठाएको पत्र वडा कार्यालयबाट २०७९ असार २० गते चलानी नम्बर १०४९ मार्फत नगरपालिकामा पठाएर सोही दिन कार्यालयमा बुझाइएको पाइएको छ ।

कर्मचारी विनिता ठाकुरले इनरुवा १० का सुचक अशोक रामले भरेको अनुसुची फारम २ को सुचना फारम बमोजिम दसन चमारको नाती अशोक चमार तथा सुनितादेवी रामको छोरा कृष्णकुमार रामको २०६२ कार्तिक १२ गतेको जन्म भएको प्रमाणित सक्कल जन्मदर्ताको कार्यालयमा रहेको अभिलेख सच्चाएर किर्ते गरेकी हुन ।

कर्मचारी ठाकुरले तत्कालिन जल्पापुर गाविसका सचिव दिपकबाबु सुवेदीले २०६२ मंसिर ७ गते हस्ताक्षर गरि जारी गरेको जन्मदर्ताको सक्कल प्रमाणपत्रको प्रतिलिपीमा कृष्णकुमार रामको जन्ममिती २०५८ वैशाख २० गते कायम गरि सचिव सुवेदीको नक्कली हस्ताक्षर गरेको पाइएको छ ।

कर्मचारी ठाकुरले नक्कली हस्ताक्षरसगै सचिव दिकबाबु सुवेदीले उनको जन्ममिती २०६२ साल माघ १० गते जारी गरेको मिती उल्लेख गरिएको छ ।

कर्मचारीले कार्यालयको सरकारी छाप आफै बनाएर घरमा राखी नक्कली कागजपत्र प्रमाणपत्र दिने बनाएर दिने र सेवाग्राहीबाट रकम असुल गर्ने गरेको प्रमाणसहित वडाअध्यक्ष मोहम्द खलिल अख्तरले कारवाही गर्न सिरफारिस गरेको पाइएको हो ।

स्रोतका अनुसार चाँदवेला घर भएका नेपाली काग्रेस निकट रहेका बुढासुब्बा आधारभुत विद्यालय इनरुवा २ मगरटोलमा कार्यरत शिक्षक धर्मेन्द्रकुमार ठाकुरको बहिनी रहेकी विनिता ठाकुरलाई कारवाही सिफारिस अनुसार कारवाही नगर्न दलका नेताहरुले दवाव दिएपछि उनलाई पुरस्कार स्वरुप पुनः करार अवधी थप गरि काममा खटाइएको हो ।

अघिल्लो लेखमाइनरुवा नगरपालिकामा २८६ कर्मचारीमध्ये ७६ जनामात्रै स्थायी
अर्को लेखमालोकसेवा उर्तिण गरेका कर्मचारी सेवाबाट हटाउने सुचीमा तोकसेवावालाको म्याद थप

8 टिप्पणीहरू

  1. Неllo!
    Pеrhaps mу meѕѕаgе iѕ toо specifіс.
    But my оldеr ѕіѕtеr fоund a wоndеrful mаn hеrе аnd thеу have a grеat relаtіonѕhip, but what abоut me?
    Ι аm 27 уеarѕ оld, Αlenа, from the Czеch Rеpublіc, know Englіѕh languаge alѕo
    Αnd… bettеr tо ѕaу іt immеdіаtely. Ι аm bіsехual. Ι am nоt ϳeаlоuѕ of аnother womаn… еѕpесiallу if we makе lovе together.
    Аh уes, I сook vеrу tastу! аnd I lovе nоt оnly cоok ;))
    Ιm rеal girl and lооkіng for ѕerіouѕ and hot relationship…
    Anywау, уou can find mу prоfіle here: http://firsporsotylow.tk/usr-14587/

  2. Я извиняюсь, но, по-моему, Вы не правы. Я уверен. Давайте обсудим это. Пишите мне в PM.
    чтоб заполучить оптимальную работу, подобрать [url=http://www.qaclubkiev.com/2011/11/istqb-9-2011.html]http://www.qaclubkiev.com/2011/11/istqb-9-2011.html[/url] недорого лежит лишь на дипломкине.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्