इनरुवा । इनरुवा नगरपालिकाले करार सेवाबाट हटाएका ५७ जना कर्मचारीले म्याद थपको माग गर्दै शुक्रबारबाट रिले अनसन थालेका छन ।

इनरुवा नगरपालिकाको कामकाज ठप्प पारि मुल गेटमा धर्नासहित बसेका करारबाट हटाइएका कर्मचारीले शनिवारसमेत रिले आन्दोलनलाई निरन्तरता दिदै रिले अनसनमा बसेका छन ।

आन्दोलनरत कर्मचारी नवराज सिहका अनुसार कार्यपालिका बैठकले नगरपालिका भित्र रहेका २१० जना करार सेवाका कर्मचारीमध्ये ५७ जनालाई पुर्वाग्रह राखी म्याद थप नगर्ने निर्णय मान्य नभएकाले आन्दोलनलाई निरन्तरता दिएको हो ।

कर्मचारी सिहले भने हामीले नगरपालिकाको कर्मचारी व्यवश्थापनका लागि १३ बुदे माग अगाडी सारेका छौ सो मागलाई सुनवाई नगरि एकपक्षिय रुपमा नगर कार्यपालिकाले करारका ५७ जनामात्रै हटाउने अन्य बाँकी रहेका १५३ जनालाई कामकाजमा खटाउने निर्णय गलत भएकाले आन्दोलन जारी राखेका छौ ।

अर्का कर्मचारी सविस पोखरेलका अनुसार एउटै विज्ञापनबाट नियुक्ती लिएका कर्मचारीलाई छानी छानी रोजी रोजी आस्थाका आधारमा कामकाजबाट हटाउने निर्णयका विरोधमा आन्दोलन अगाडी बढाउनुको विकल्प नभएकाले रिले अनसन सुरु गरिएको हो ।

कर्मचारी पोखरेलले नगरपालिकाले प्रदेश लोकसेवा आयोग मार्फत स्थायी दरवन्दी पदपुर्तीका लागि माग गरि सो दरवन्दीमा स्थायी कर्मचारी हाजिर हुन आएको अवश्थामा आफुहरु स्वतः जिम्मेवारी मुक्त हुन तयार रहेको बताए ।

पोखरेलले करार कर्मचारी सवै एकै प्रकारका हुने भएकाले नगरपालिकामा रहेका २१० जनामध्ये २०७४ को स्थानिय तह निर्वाचनपछि नियुक्त भएका सवै करार कर्मचारी लोकसेवाको प्रकृया अनुसार लिने परिक्षामा सामेल भएर आएकाले नयाँ पुरानो अनुभवी भनेर गरिएको भेदभाव पुर्वाग्रही र प्रतिसोधपुर्ण रहेकाले आन्दोलनबाट पछि नहटने सामुहिक अडान र निर्णय रहेको बताए ।

रिले अनसनमा ४ वर्षदेखि इनरुवा नगरपालिकामा काम गर्दै आएको बताउने कार्यालय सहयोगी अनुषा वर्माले ३ वर्ष निःशुल्क काम गर्नुपरेको गुनासो गर्दै विगत १ वर्षको मात्र तलब पाउन थालेकाले एक्कासी कामबाट हटाउदा मानसिक तनावमा परेको बताइन ।

अघिल्लो लेखमालोकसेवा उर्तिण गरेका कर्मचारी सेवाबाट हटाउने सुचीमा तोकसेवावालाको म्याद थप
अर्को लेखमासत्ता गठबन्धनको मुख्य घटक नेकपा एस सुनसरीमा दर्जनौ आकांक्षी

5 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्