इनरुवा । इनरुवा नगरपालिका २ नम्बर वडामा उन्नाईस वर्ष अगाडि ५ जनाको समुहमा सामुहिक बलात्कार घटनामा संलग्न रहेका एक अभियुक्त पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक राजकुमार राईका अनुसार २०६१ मंसिर २३ गतेका दिन इनरुवा साविक २ नम्बर वडामा एक १४ वर्षकी बालिकालाई ५ जनाको समुहले गरेको सामुहिक बलात्कार घटनाका अभियुक्त सुरज विश्वकर्मा पक्राउ परेका हुन।

प्रनाउ राईका अनुसार अभियुक्त सुरज विश्वकर्मासहित ४÷५ जनाको समुहले ०६१ मंसिर २३ गते इनरुवा २ की पीडित बालिकाको घरमा राती गएर उनका बाबुआमालाई हात खुट्टा बाधी मुखमा पट्टी बाधेर बालिकालाई बलात्कार गरि अचेत अवश्थामा पुगेपछि फरार भएका थिए ।

फरार रहेका अभियुक्त सुरज विकलाई सर्वोच्च अदालतबाट ९ बर्ष ५ महिना १९ दिन कैद तोकि सजाय फैसला गरेको हुँदा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले खोज तलास गर्ने क्रममा २०७९ भदौ ५ गते बराहक्षेत्र नगरपालिका ५ नम्बर वडा भरौलमा लुकिछिपी बस्दै आएको फेला पारी पक्राउ गरेर कैद भुक्तान गर्नका लागि क्षेत्रिय कारागार झुम्का पठाएको छ ।

इनरुवा नगरक्षेत्र तथा सुनसरी जिल्लामा माओवादी सशस्त्र द्धन्द्दका समयमा ग्रामिण तथा शहरी क्षेत्रमा प्रहरी जनशक्ति शान्तिसुरक्षाका लागि परिचालन नभएको अवश्थामा श्रृङ्खलाबद्ध सामुहिक बलात्कारका चार दर्जन बढी घटना भएका थिए ।

दैनिक रुपमा हुने कतिपय सामुहिक बलात्कारका घटनाहरुमा महिला तथा बालिकाको बलात्कारपछि हत्यासमेत हुने गरेको थियो ।

अघिल्लो लेखमासुनसरीमा कांग्रेस–एमालेभित्र उम्मेदवारीको जोडघटाउ सुरु चार निर्वाचन क्षेत्रमा दर्जनौ आकाक्षीहरुको भिड
अर्को लेखमाइनरुवामा एक महिने घुम्ती स्वास्थ्य शिविर

१ प्रत्रिक्रिया

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्