इनरुवा । इनरुवा नगरपालिकाका निर्वतमान जनप्रतिनिधिहरुले बैठकमै नबसी बैठक भत्ता लिएको, भ्रमणमै नगई भ्रमण भत्ता लिएको, एउटा कामको दोहोरो सुविधा लिएको फेला परेको छ।

महालेखा परिक्षणको कार्यालयले २०७९ असार २४ गते मेयर केदार भण्डारीलाई बुझाएको लेखा परिक्षक प्रतिवेदनमा पूर्व जनप्रतिनिधिहरुले सुविधाहरु अनियमित रुपमा लिएको उल्लेख गरिएको छ ।

प्रतिबेदनको क्रम संख्या ३९ मा पदाधिकारीहरुकोले आर्थिक कार्यबिधी तथा बित्तिय नियमावली २०७७ को नियम ३९ अनुसार खर्च पुष्टि हुने प्रमाण नभएको, कार्यपालिका बैठकमा उपस्थित नभई बैठक भत्ता भुक्तानी लिएको रकम असुल उपर गर्न निर्देशन दिईएको छ ।

प्रतिवेदनअनुसार इनरुवा ४ का पूर्व वडाध्यक्ष श्यामदेब मेहताले बैठकमै उपस्थित नभई बैठक भत्ता ११ हजार ९०० रुपैया बुझेका छन ।

त्यसैगरी कार्यपालिका सदस्य पूण्यवती शिवाकोटी चापागाईले ६ हजार ८ सय, वडा नम्बर ९ का वर्तमान वडाध्यक्ष समेत रहेका बसिरमुद्दीन मन्सुरीले ५ हजार ९ सय ५०, कार्यपालिका सदस्य कैलास पञ्चारियाले १८ हजार ७ सय, अर्का कार्यपालिका सदस्य श्यामलाल उराँवले ६ हजार ८ सय, रञ्जना कुमारी चौधरीले १० हजार २ सय लिएकाे उल्लेख छ ।

कमला कटुवालले ५ हजार १ सय, कोषराज अधिकारीले ७ हजार ६ सय ५०, उमालाल सरदारले ११ हजार ९ सय, ईन्दिरा आचार्यले ५ हजार १ सय, वडा नम्बर १० का वडाध्यक्ष सुल्तान मियाँले १ हजार ७ सय, कालिका तिम्सिनाले २ हजार ५ सय ५०, वडा नम्बर ५ का वडाध्यक्ष अञ्जनीकुमार पोखरेलले १ हजार ७ सय, वडा नम्बर ८ का वडाध्यक्ष रविन्द्रकुमार मण्डलले १ हजार ७ सय रुपैया बुझेका छन ।

त्यसैगरी नगर सभा सदस्य सुविधा सम्बन्धि ऐन २०७५ अनुसार सुविधा भुक्तानी भईसकेपछि दोहोरो सुविधा लिएका ८ जनाले लिएको रकम ४६ हजार पनि असुल गर्न प्रतिवेदनले भनेको छ ।
जसमा अन्जनीकुमार पोखरेलले ८ हजार अनियमित रुपमा लिएकाे उल्लेख छ ।

वडा सदस्य कुमारी दर्नाल परियारले ६ हजार, कैलासपति चौधरीले ६ हजार, डमरुबल्लभ भण्डारीले ६ हजार, ईन्दिरा सुवेदीले ६ हजार, पवनकुमार खतिवडाले ६ हजार, रञ्जना पोखरेलले ४ हजार, निर्मला नेपालले ४ हजार रहेका छन ।

त्यसैगरी भ्रमण खर्च नियमावली २०६४ को नियम ३ मा उद्देश्यसहितको भ्रमण आदेश वा निर्णय बिना भ्रमण गर्न वा काजमा जान दिनु हुँदै भन्ने ब्यवस्था विपरित भ्रमण भत्ता लिनेहरुको ६ जनासँग १ लाख ३२ रुपैया असुल गर्न भनिएको छ ।

जसमा अन्जनीकुमार पोखरेल, कालुराम गुरुङ, किशोरकुमार सिंह, बसिरमुद्दीन मन्सुरी, सुरेन्द्रप्रसाद यादव र रसिद मियाँले २२ हजार रुपैयाको दरले भ्रमण भत्ता बुझेको देखिन्छ ।

प्रतिवेदनमा उनीहरुले भ्रमणको उद्देश्य स्पष्ट नपारी बिल बेगर भ्रमण खर्च लिएको र प्रतिवेदनसमेत पेश नगरेको उल्लेख गरेको छ ।

अघिल्लो लेखमासुनसरीमा नेकपा एसको पहिलो स्थापना दिवश मनाइयो
अर्को लेखमाइनरुवा नगरपालिकामा स्वास्थ्यतर्फको ससर्त अनुदान स्वीकृत कार्यक्रममा अनियमितता भएको ठहर

१ प्रत्रिक्रिया

  1. Быстровозводимое ангары от производителя: [url=http://bystrovozvodimye-zdanija.ru/]www.bystrovozvodimye-zdanija.ru/[/url] – строительство в короткие сроки по минимальной цене с вводов в эксплуатацию!
    [url=http://cse.google.ca/url?q=http://bystrovozvodimye-zdanija-moskva.ru]http://cse.google.ca/url?q=http://bystrovozvodimye-zdanija-moskva.ru[/url]

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्