इनरुवा । इनरुवा नगरपालिका स्वास्थ्य शाखाबाट संद्यिय ससर्त अनुदानतर्फ स्वीकृत कार्यक्रममा अनियमितता भएको ठहर महालेखा परिक्षकको कार्यालयले गरेको छ ।

इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीलाई महालेखा परिक्षकको कार्यालय प्रादेशिक लेखापरिक्षक महानिर्देशनालय प्रदेश नम्बर एकले २०७९ असार २४ गते बुझाएको लेखापरिक्षण प्रतिवेदनमा अनियमितता भएको उल्लेख गरिएको छ ।

महालेखा परिक्षकले संद्यिय ससर्त अनुदानतर्फको कार्यक्रम स्वीकृत कार्यक्रम फरक पारी खर्च गरेकाले अनियमितता भएको ठहर गरेको हो ।

प्रदेश आर्थिक कार्यविधि नियमावली २०७५ को नियम ३९ मा स्वीकृत बजेट समबन्धित खर्च शिर्षकबाट गर्नुपर्ने ६ लाख ६२ हजार ४ सय ४२ रुपैयाँ खरिदमा स्वीकृत कार्यक्रम फरक पारि भुक्तानी भएको रकम अनियमितता भएको ठहर गरेको हो ।

महालेखा प्रतिवेदनमा ससर्त अनुदानतर्फको भौचर नम्बर ७८।०७८।१०।२३ को स्वीकृत कार्यक्रम राष्ट्रिय महिला स्वयम्सेविका कार्यक्रम पोसाक प्रोत्साहन र यातायात खर्च बार्षिक समिक्षा गोष्ठीतर्फको ९८ हजार ८ सय रुपैयाँबाट कम्प्युटर खरिद गरिएको बिल पेश गरि अनियमितता गरेको ठहर प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसैगरि भौचर नम्बर २५५। २०७८।३।१८ को स्विकृत कार्यक्रम मातृ तथा नवजात शिशु कार्यक्रम अन्र्तगत आमा सुरक्षा गर्भवती उत्प्रेरणा सेवा न्यानो झोला वापतको ३७ हजार ५ सय १०

रुपैयाँबाट भत्ता वितरण गरि अनियमितता गरेको ठहर प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनमा २६४।०७७।३।२१ को आधारभुत स्वास्थ्य केन्द्र संचालन खर्च वापतको ४ लाख ८२ हजार १ सय ४९ रुपैयाँ शौचालय निर्माणमा खर्च गरि अनियमितता गरेको ठहर प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अघिल्लो लेखमाइनरुवाका पूर्व जनप्रतिनिधिहरुले बैठक नबसी, भ्रमण नगई लिएको रकम फिर्ता गराउन निर्देशन
अर्को लेखमालकडाउनमा एक वर्ष बन्द रहेका इनरुवाका विद्यालयमा लाखौ भ्रष्टाचार

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्