इनरुवामा ४३ जना सुत्केरी हुँदा ५३८ जनालाई कागजमा सुत्केरी बनाएर विल पेश

इनरुवा । इनरुवा नगरपालिकाको स्वास्थ्य शाखाबाट स्वास्थ्य चौकीमा प्रसुति गराउँन आउने महिलालाई दिने न्यानो झोलासहित सुत्केरी आमा र नवजात शिशुलाई प्रदान गरिने लुगामा व्यापक भ्रष्टाचार भएको पाइएको छ ।

इनरुवा नगरपालिकाअन्र्तगत रहेका स्वास्थ्य चौकीमा सुत्केरी गराउँनका लागि ४३ जना महिला आएको तथ्याङ्क भएपनि स्वास्थ्य शाखाले सुत्केरी महिलालाई ५ सय ३८ थान न्यानो झोला र सुत्केरी महिला र नवजात शिशुलाई कपडा खरिद गरि वितरण गरेको बिल भर्पाइ पेश गरेर भ्रष्टाचार गरेको हो ।

महालेखा परिक्षकको कार्यालयले मेयर केदार भण्डारीलाई बुझाएको आर्थिक वर्ष २०७७÷०७८ को कैफियतसहितको लेखापरिक्षण प्रतिवेदनमा स्वास्थ्य चौकीमा सुत्केरी गराउन आउने सुत्केरी महिलाको संख्या ४३ जना रहेको तथ्याङ्क भएपनि २०७७÷०७८ को आर्थिक वर्षमा ५ सय ३८ थान न्यानो झोला र सुत्केरी महिला र नवजात शिशुलाई कपडा खरिदमा ४ लाख ९९ हजार १ सय ८१ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।

स्वास्थ्य शाखाले ४ लाख ९९ हजार १ सय ८१ रुपैयाँमा खरिद गरेका ५ सय ३८ थान न्यानो झोला र सुत्केरी महिला र नवजात शिशुलाई कपडा वितरण गरिएको खर्चको बलि पेश भएपनि सुत्केरीलाई दिएको अभिलेख बुझेको भर्पाइ फारमसमेत संलग्न नभएको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘परिवार स्वास्थ्य महाशाखाले तोकेको स्पेसिफिकेशन अनुसार स्थानीय स्तरमा नेपाल सरकारको ऐन नियमअनुसार स्वास्थ्य संस्थामा आउने सुत्केरी महिलालाई वितरण गरिने न्यानो झोला खरिद गरेकोमा यो वर्ष पालिका अन्र्तगत ४३ जना मात्रै महिला स्वास्थ्य चौकीमा आएको पाइएकाले सवै न्यानो झोला खर्च भएको देखाएकाले उक्त झोला वितरणको अभिलेख नरहेकाले अभिलेख हस्तान्तरण फारम र वितरण अभिलेख नभएकाले खर्च रकम अनियमितता भएको ठहर छ ।’

अघिल्लो लेखमालकडाउनमा एक वर्ष बन्द रहेका इनरुवाका विद्यालयमा लाखौ भ्रष्टाचार
अर्को लेखमानिजी विद्यालयमाथिको भेदभाव अन्त्य गर्ने इनरुवाका नगरप्रमुखको प्रतिबद्धता

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्