इनरुवा । इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले नीजि विद्यालय गाई भैंसी पाल्न नखोलिएकाले सरकारबाट भइरहेको भेदभाव अन्त्य हुनुपर्ने बताएका छन् ।

प्याब्सन सुनसरीले शुक्रवार सुनसरीको इनरुवामा आयोजना गरेको जिल्लास्तरीय वकतृत्वकला प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

निजी विद्यालयको योगदानलाई अवमूल्यन गर्दै निजी र सामुदायिक विद्यालयका विद्यार्थीमा भइरहेको भेदभाव सहि नभएको बताउँदै नीतिमा भएको त्रुटि र संकोचनलाई सच्याउँदै स्वतन्त्र प्रतिस्पर्धी बनाउन सक्नुपर्ने उनको धारणा थियो ।

निजी विद्यालयले महंगो शुल्क लिएको बताइरहँदा सामुदायिक विद्यालयमा भएको खर्चमा आलोचकहरुको चासो नगएको उनको भनाइ छ । ‘अहिले सरकारले सामुदायिक विद्यालयमा गरिरहेको लगानी हेर्दा प्रतिविद्यार्थी खर्च निजीको भन्दा महंगो छ तर नतिजा भने सामुदायिक विद्यालयको चिन्ताजनक छ ।’

उनले अगाडि भने, ‘अब सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न संस्थागत विद्यालयले सहयोग गरिदिनुहोस्, सामुदायिक विद्यालयमा गएर तपाईंहरुले पढाइदिनुपर्छ, नगर त्यो प्रकृतिको सहयोग तपाईंहरुसँग लिन चाहन्छ ।’

उनले कानुनी अड्चनको कारण आफूले संस्थागत विद्यालयलाई पनि सामुदायिक विद्यालयमाझैँ सहयोग गर्न चाहेको भएपनि त्यो संभव हुन नपाइरहेता पनि चाडै कानुनी अड्चन पार गर्दै हरेक निजी विद्यालयमा स्यानेटेरी प्याड लगायतका सामग्री उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।

नगरपालिकाले चाडै प्याब्सनसँग छलफल गरेर अगाडि बढ्न चाहेको बताउँदै केन्द्र सरकारले सामुदायिक विद्यालयका शिक्षकसँगै प्याब्सनको मागअनुसार निजी विद्यालयका शिक्षकलाई तालिम दिने व्यबस्था नगरे नगरपालिकाले नगरभित्रका संस्थागत विद्यालयका शिक्षकहरुलाई तालिम दिने समेत प्रतिवद्धता ब्यक्त गरे ।

अघिल्लो लेखमासुत्केरी महिलालाई दिने न्यानो झोला र शिशुको कपडामा भ्रष्टाचार
अर्को लेखमामधेशा स्वास्थ्य चौकीमा दाताले दिएको विमाको ५ लाख रकम दुरुपयोग

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्