इनरुवा । इनरुवा नगरपालिकाअन्र्तगत रहेको इनरुवा ६ मधेशा स्थित स्वास्थ्य चौकीमा दाताले दिएको स्वास्थ्य विमा वापतको ५ लाख रकम संचालक समितिले हिनामिना गरेको पाइएको छ ।

मधेशा स्वास्थ्य चौकीका लागि करुणा फाउण्डेशन नाम संस्थाले सहयोग वापत दिएको ५ लाख रकम स्वास्थ्य चौकीको स्वास्थ्य विमा तथा आयआर्जन कोषको खातामा रहेको रकम हिनामिना भएको हो ।

मधेशाका स्थानीयहरुको प्रत्यक्ष निगरानी रहने गरि करुणा फाउण्डेसनले बिमा र आयआर्जनका लागि वडाअध्यक्ष सुमन थापा संयोजक रहेको तीन सदस्य संचालक समिति बनाएको थियो ।

संचालक समितिका स्थानीय सामाजिक अगुवा दिनेश कोइराला र खिलबहादुर निरौला सदस्य रहेका छन ।

कोषको खातामा रहेको रकमका ’boutमा स्थानीयले हिनामिना भएको सूचना पाएपछि सोधी खोजी गर्दा वडा कार्यालय र स्वास्थ्य चौकीले रकमका ’boutमा सूचना दिन नमानेपछि हिनामिना भएको बाहिरिएको हो ।

स्थानीय लक्ष्मण कार्कीले वडा अध्यक्ष सुमन थापालाई बिमा र आयआर्जन वापतको रकम कोषमा नभएको जानकारी पाएपछि उक्त रकम खोजी गरि खातामा जम्मा गर्न स्वास्थ्य कार्यमा लगाउन माग गर्दै निवेदन दिएका छन ।

कार्कीले दिएको निवेदनलाई वडाअध्यक्ष थापाले दर्ता गर्नका लागि वडा कार्यालयलाई तोक आदेश दिएका छन ।

कार्कीले दिएको निवेदनमा वडाअध्यक्षलाई समेत जानकारी भएको अनुदान वापत प्राप्त सो रकमका ’boutमा खोजी गरि पारदर्शी गर्न माग गरिएको छ ।

अघिल्लो लेखमानिजी विद्यालयमाथिको भेदभाव अन्त्य गर्ने इनरुवाका नगरप्रमुखको प्रतिबद्धता
अर्को लेखमागफार अन्सारीले किन अस्विकार गरेर कांग्रेस जिल्ला सदस्य ?

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्