इनरुवा । इनरुवा नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि नगरक्षेत्रमा बहाल विटौली करको ठेक्का ठेकेदारबाट बोल कवोल रकम जम्मा नगरी सम्झौत बिना कर संकलन गर्न दिएको फेला परेको छ ।

इनरुवा नगरपालिकाले चालु आर्थिक वर्षका लागि नगरपालिका क्षेत्रभित्र लाग्ने दैनिक तथा साप्ताहिक हाट बजारमा बिक्री कर संकलनका लागि ८० लाखमा २०७९ साउन २१ गते ठेक्का लगाएको थियो ।

बहाल विटौली कर संकलनका लागि नगरपालिकाले न्यूनतम ७५ लाख ठेक्का रकम तोकेकोमा इनरुवा १ घर भएका ठेकेदार गोपाल नेपाली (प्रताप)ले ८० लाख रुपैयाँ ठेक्का सकार गरेका थिए ।

ठेक्का सकार गरेका ठेकेदार गोपाल नेपाली (प्रताप)ले इनरुवा नगरपालिका कार्यालयबाट जारी भएको बिक्री कर रसिद छपाएर नगरपालिका कार्यालयको सरकारी छाप लगाएर इनरुवा नगरक्षेत्रमा कर संकलन गर्दै आएका थिए ।

नगरपालिका कार्यालयले साउन २१ गते ठेक्का सकार गरेका ठेकेदारले उठाउँदै आएको बाहाल विटौली करको ठेक्का रद्द गरिएको सूचनासमेत जारी नगरी भदौ १६ गते ठेक्काको सिलबन्दी बोलपत्रको २४ घण्टे सूचना प्रकाशित गरेको थियो ।

नगरपालिकाले ठेक्का बोल कवोल भइसकेको बहाल विटौली करको पुनः एक महिनापछि २४ घण्टे सूचना निकालेर भ्याट बाहेक न्युनतम ७० लाख ठेक्का रकम तोकेपछि नगरपालिका कार्यालयबाट भएको ठेक्का सम्बन्धी गम्भिर लापरवाही प्रकरण सार्वजनिक भएको हो ।

इनरुवा नगरक्षेत्रमा बहाल विटौली कर संकलनको ठेक्का लिदै आएका ठेकेदारहरुले नगरपालिकाले बोल कवोल रकम कार्यालयको खातामा जम्मा नगरी ठेक्का सकार गर्ने ठेकेदारसँग सम्झौता नगरी सरकारी छाप लगाएको रसिद दिएर एक महिनासम्म बिक्री कर संकलन गर्न दिनु भनेको आन्तरिक आय संकलन गर्ने कार्यमा जिम्मेवारी पाएका फाँट र कर्मचारीबाट ठुलो गल्ती भएको बताउँछन ।

कानूनअनुसार ठेक्का सकार गरि ठेक्का सम्झौता नगर्ने ठेकेदारले टेण्डर फारम दर्ता गर्दा बुझाएको घरौटी वापतको रकम जफत हुने व्यवश्था रहेपनि ठेक्का लिएर एक महिनासम्म कर संकलन गरि सम्झौता नगर्ने र संकलन गरेको रकम नगरपालिकामा दाखिला नगर्ने ठेकेदारलाई कुन कानुनी कारवाही गर्ने भन्ने अन्यौल सृजना भएको बताइन्छ ।

इनरुवाका मेयर केदार भण्डारीले राजश्व शाखाका कर्मचारीसँग यस बिषयमा जानकारी लिएर यर्थात बुझने क्रममा रहेको बताए ।

इनरुवा नगरपालिकाका राजश्व शाखाका अधिकृत जिवन भट्टराईले आफु कार्यालयबाट विदा लिएर व्यक्तिग कामका लागि बाहिर गएको समयमा बहाल विटौली करको ठेक्का लागेकाले यस बिषयमा के भएको छानविन गरि सत्य तथ्य पत्ता लगाउने काम सुरु गरिएको बताए ।

इनरुवा नगरपालिकामा यस वर्ष आन्तरिक आय तर्फको कर लगाउने ठेक्काहरु समयमा नलाग्दा नगर प्रहरीले कर संकलन गर्दै आएको थियो । हाट बजार कर अनाधिकृत रुपमा उठाउँदै आएका ठेकेदार गोपाल नेपाली (प्रताप)लाई कर संकलनमा रोक लगाएपछि सोमबारबाट पुनः नगर प्रहरीमार्फत कर संकलन थालिएको छ ।

अघिल्लो लेखमाजिल्ला अस्पताल इनरुवामा बिमा नभएका विपन्नको निःशुल्क उपचार
अर्को लेखमाविद्युत चोरी गर्ने इनरुवाका सातजना पक्राउ एघार हजारका दरले जरिवाना

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्