इनरुवा । इनरुवा नगरपालिका ८ नम्बर वडा डुम्राहासहितका क्षेत्रबाट विद्युत चोरी गर्ने सात जना पक्राउ परेका छन ।

नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रका अनुसार विद्युत पोलबाट हुकिङ गरि सिधै विद्युत लाइन प्रयोग गर्दै आएका सातजनालाई सोमबार पक्राउ गरिएको हो।

नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द कार्यालय प्रमुख अभिनव झाका अनुसार पक्राउ पर्नेमा इनरुवा ८ डुम्राहाका बुद्धसागर मेहतासहित ६ जना भोक्राहा नरसिह ४ र ६ नम्बर वडाका रहेका छन ।

नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रका कार्यालय प्रमुख झाले पक्राउ परेका सवैजनालाई आवश्यक कानुनी कारवाहीअन्र्तगत ११ हजारका दरले जरिवाना गरि कारवाही गरिएको बताए ।

विद्युत चुहावट र चोरी नियन्त्रणका लागि निगरानी गरिरहेको प्राधिकरणले अनाधिकृत रुपमा विद्युत चोरी गर्दै आएका सातजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरी र सशस्त्र प्रहरी वलको ४ नम्बर गण हेडक्वाटरको सहयोगमा पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको घरमा विद्युतको पोलबाट हुकिङ गरि लगिएका तारसहित एक थान पानी तान्ने मोटर पम्पसमेत सुरक्षाकर्मीहरुले बरामद गरेका छन ।

विद्युत लाइन अनाधिकृत रुपमा चोरी हुदाँ मिटर जडान गरि विद्युत उपभोग गर्दै आएका सेवाग्राहीहरुले पटक पटक लाइन जाने, सर्ट हुने, भोल्टेल कम हुने लगायतका समस्याहरु भोग्दै आउने परेको छ ।

ग्रामिण क्षेत्रमा कृषि प्रयोजन र घरायसी प्रयोजनका लागि विद्युतको पोलबाट सिधै तार जोडेर हुकिङ गरि लाइन प्रयोग गर्नेहरुको सख्याँ ठुलो रहेको बताइन्छ ।

शहरी क्षेत्रमा रहेका साना उधोग, ग्रिल उधोगलगायतले मौका छोपेर खुल्ला तार भएको स्थानमा सिधै पोलबाट लाइन चोरी गरि उधोग चलाउने गरेको पाइन्छ।

अघिल्लो लेखमासम्झौता नै नगरी अबैद्य रुपमा हाटबट्टी कर असुली गर्न दिएको खुलासा
अर्को लेखमाअसन्तुष्ट जसपा सुनसरीका नेताद्धारा सामुहिक राजिनामा

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्