इनरुवा । इनरुवा नगरपालिकाका १० वटै वडामा जेष्ठ नागरिकहरुका लागि भवन निर्माण गरिने भएको छ ।
इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीका अनुसार प्रत्येक वडामा जेष्ठ नागरिकसँग सरोकार रहेका न्युनतम आवश्यकता पुरा गर्न सामुदायिक भवन निर्माण गरिने छ ।
भण्डारीका अनुसार नगरपालिकाले ५ वर्षभित्र सवै वडामा जेष्ठ नागरिक भवन निमांण गर्ने योजना बनाएकाले जग्गा उपलब्ध गराए सवै वडामा भवन बनाउन नगरपालिकाले सुरु गर्ने छ ।
उनले भने, ‘जग्गाको व्यवश्था गरेर आउने जेष्ठ नागरिकका सस्थाँहरुलाई भवन निर्मांणका लागि बजेट दिने गरि यसैवर्ष ५० लाख रुपैयाँ रकम छुट्टाएर राखिएको छ ।’
प्रत्येक वडामा जेष्ठ नागरिकलाई भेला जम्मा भएर आफ्ना दुखः सुखःका कुराकानी गर्ने आपसी छलफल गर्ने, आराम मनोरञ्जन गर्ने, अनुभव आदान प्रदान गर्ने स्थानको खोजी गरेमा तत्काल ट्रष्टको भएपनि टहरा बनाउने योजना रहेको मेयर भण्डारीले बताए ।
जेष्ठ नागरिक महिला र पुरुषका समस्याहरु फरक–फरक हुने भएकाले बस्ने भेला जम्मा हुने स्थानसमेत अलग अलग रुपमा बनाएर आफना समस्याका ’boutमा आपसमा कुराकानी गर्ने, विभिन्न सुचनाका ’boutमा जानकारी लिनका लागि पत्रपत्रिकालगायतको व्यवश्था गर्ने योजनामा नगरपालिका रहेको भण्डारीले बताए ।
जेष्ठ नागरिकलाई राज्य संविधानमा ग्यारेन्टी गरेका अधिकारहरुलाई स्थानीय सरकारले व्यवहारमा लागु गर्ने बताउँदै मेयर भण्डारीले हरेक वडामा सुविधायुक्त भवन बनाएर जेष्ठ नागरिकको आवश्यकता र मागअनुसार काम गरिने छ ।