इनरुवा । इनरुवा नगरपालिका कार्यालयमा अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विभिन्न योजनाको विवरण लिनुका साथै स्थलगत अध्ययन् अनुगमन गरेको छ ।

अख्तीयार दुरुपयोग अनुसन्धान आयोगमा इनरुवा नगरपालिकाबाट संचालित भएका भौतिक पुर्वाधार विकास निर्माणका योजनाहरुमा जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समिती बिचको मिलोमतोमा व्यापक अनियमिता भएको उजुरी परेपछि टोलीले स्थलगत अध्ययन र अनुगमन गरेको हो ।

अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको काठमाण्डौ स्थित टंगाल कार्यालय र इटहरी कार्यालयबाट आएको टोलीले बिहिवार दिनभर इनरुवाका विभिन्न वडाहरुमा जानुका साथै कार्यालयमा सम्पर्क गरि आवश्यक कागजपत्र लिएको गएको हो ।

अख्तीयार स्रोतका अनुसार इनरुवा नगरपालिकाको १ नम्बर वडामा रहेको शान्तीचौकदेखि टेम्पो स्टेण्डसम्मको दायाँवायाँ पक्की ढलनाला निर्माण कार्यको ’boutमा स्थानियहरु सँग जानकारी लिनुका साथै प्राविधिक टोलीबाट उक्त कामको अनुगमन गरि चेकजाँच गरेकाे थियो ।

यसैगरि सोही टोलीले अख्तीयारमा परेको उजुरीको आधारमा छानविनका लागि लिएर आएको फायलका आधारमा इनरुवा १० जल्पापुरमा निर्माण भएको पक्की सडकको अवश्थाका ’boutमा अनुगमन गर्नुका साथै अन्य सडक बाटोको अवश्था जानकारी लिनुका साथै प्राविधिकबाट चेकजाँच गरेको थियो ।

स्रोतका अनुसार सोही टोलीले इनरुवा २ नम्बर वडा, इनरुवा ६ मधेशा, इनरुवा ४ नम्बर वडामा रहेका केही योजनाका ’boutमा जानकारी लिनुका साथै चेकजाँच गरेर फर्किएको थियो ।

अख्तीयार स्रोतका अनुसार अख्तीयारको कार्यालयमा इनरुवा नगरपालिकामा २०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधि मध्ये इनरुवा ३ नम्बर वडाका भुपुवडाअध्यक्ष कालुराम गुरुङबाहेक सवै वडाअध्यक्ष, मेयर तथा बिषयगत शाखाका कर्मचारीहरु उपर सेवाग्राहीको उजुरी निवेदन दर्ता भएकाले छानवीनको क्रम सुरु भएकाले क्रमश अनुसन्धानका लागि कतिपय फायल कार्यालयमा अध्ययन गरिने, वयान लिने र कतिपय स्थलगत रुपमा अनुगमन अध्ययन गर्नुपर्ने भएकाले सोही बमोजिम टोलीले इनरुवा नगरपालिकाको काम थालेको हो ।

स्रोतका अनुसार इनरुवाको धेरै उजुरी रहेकाले छानविनको क्रम लामो हुने अवश्थाले सवै अध्यय्न नगरि उजुरी टुङोमा पुग्ने अवश्था नरहेकाले छानविनको अन्तीम निश्कर्ष आउने समय लाग्ने छ।

अघिल्लो लेखमाइनरुवासहित प्रदेश एकका ६ वटा शहरमा बाढी नियन्त्रणका लागि इस्टर्न अर्वान कोरिडोर परियोजना
अर्को लेखमासुनसरीको सीमा क्षेत्रमा सशस्त्रको भारतिय सुरक्षाकर्मीसँग संयुक्त गस्ती

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्