इनरुवा । इनरुवा नगरपालिका क्षेत्र भित्र रहेका सरकारी सामुदायिक विद्यालयलाई यसै महिनादेखि सुचना प्रविधि मैत्री बनाउन डिजिटलाइजेसन बनाउन लागिएको छ।

इनरुवा नगरपालिका नगरकार्यपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख डिल्लीराज निरौलाका अनुसार नगरक्षेत्रमा रहेका ३० वटा सामुदायिक विद्यालयका बिषयगत जनशक्तीलाई दुई चरणमा प्रविधिमैत्री तालिम दिएर दक्ष बनाएपछि विद्यालयमा डिजिटलाइजेसन गरिने छ ।

शाखा प्रमुख निरौलाले विद्यालयका सवै अभिलेख तथा कारोवारहरु डिजटल सफटवेर मार्फत गरिने भएकाले बिषयगत शिक्षकले तालिम लिएपछि विद्यालयमा रहेको साधन स्रोतका आधारमा डिजिटलाइजेसन थालिने बताए ।

ई–डिजिटल नेपाल प्रालिका प्रदेश एक प्रमुख अरुण परियारका अनुसार नगरापालिकासँग भएको सम्झौता अनुसार सहकार्य गरिहेको ई–डिजिटल इनरुवामा रहेका सामुदायिक विद्यालयमा कार्यरत प्राविधि दरवन्दीका शिक्षक कर्मचारीहरुका लागि डिजिटलाइजेसन समबन्धी आधारभुत तालिम दिएको बताए ।

प्रदेश प्रमुख परियारले विद्यालयको सवै विवरण अब सफट्वेर मार्फत कम्प्युटर प्रणालीमा लगेर सामान्य कुरा जस्तै परिचयपत्र बनाउने, कक्षागत विद्यार्थीको आधारभुत सुचना तथा विवरणहरु तयार गर्ने, विद्यालयको पाश्र्वचित्र बनाउने लगायतका कामहरु यसै प्रविधि मार्फत गर्न सकिने बताए ।

हाल इनरुवा नगरपालिकामा रहेका सरकारी विद्यालयहरुमा विद्युत लाइन, इन्टरनेटको लाइन, अधिकाशमा कम्प्युटर हुनुका साथै इ–हाजिरीसमेत रहेकाले डिजिटलाइजेसन पछि विद्यालय सुचना प्रविधि मैत्री हुने अपेक्षा गरिएको छ ।

अघिल्लो लेखमासुनसरीमा म्यादी प्रहरी भर्ना खुलेको पहिलो दिन दर्खास्त बुझाउनेको भिड
अर्को लेखमाइनरुवामा एपेन्डिसाइटिससहित तिनप्रकारका बिरामीको सफलतापुर्वक शल्यक्रिया गरियो

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्