इनरुवामा फुटवल खेल विकासका लागि सहयोग

1
129
Support for football game development in Inaruwa
fffffffffffffffffff

इनरुवा । इनरुवा नगरपालिकामा कोरोना भाइरसको माहामारीपछि बन्द प्राय रहेको खेलकुद गतिविधिलाई पुनः निरन्तरता दिनका लागि स्थानिय युवाहरुले फुटवल खेलको विकासका लागि सहयोग गरेका छन ।

इनरुवा ३ नम्बर वडाका आधा दर्जन युवाहरुले पछिल्लो समय खेलकुद मैदान अभावमा खेलकुद गतिविधि बन्दप्राय अवश्थामा रहेकाले खेलाडीको मनोवल बढाउन र खेलकुदको विकासमा सहयोग पु¥याउन खेल सामग्री सहयोग गरेका हुन।

सो खेल सामग्री युवा नविनजड्ड राणा, महेश ढुड्डाना, प्रमोद भण्डारी, राम पाठक, राजिव सुवेदी र किशोर कोइरालाले जिल्ला फुटवल संधका उपाध्यक्ष तथा खेलकुद अगुवा हिमाल थापा मगर, मनोज थापा मगर र शशी थापा मगरलाई हस्तान्तरण गरेका हुन ।

इनरुवा ३ का प्रमोद भण्डारीले भने स्थानिय सरकार र खेलकुद विकास समितीले फुटवल खेलको विकासमा उपेक्षा गरेको कारण वडा, नगर, क्षेत्र र जिल्ला तहको प्रतियोगितासमेत हुन नसकेको अवश्थामा खेलाडीहरु उत्पादन नहुने र खेल प्रतियोगिता नहुने अवश्था हटाउन अफिसियल सामग्री सहयोग गरेका छौ ।

अर्का युवा राम पाठकले भने इनरुवामा कोरोना महामारीको समयबाट बन्द भएको खेलकुद गतिविधिलाई स्थानिय सरोकारवाला र खेलप्रेमीहरुको सहयोग समन्वयमा पुनः जिवन्त दिदै सवै खालका खेलकुद प्रतियोगिता र अभ्यास सुचारु गराउन सामुहिक प्रयासको आवश्यकता रहेको छ ।

इनरुवा खेल मैदान खेलकुद गतिविधिका लागि उपयुक्त हुने गरि तयार नहुदा केही वर्षदेखि शैक्षिक तालिम केन्द्रको खुल्ला चौरमा फुटवल प्रशिक्षक शशी थापा मगरले आफनै प्रयासमा खेलाडीलाई प्रशिक्षण दिने कार्य गर्दै आएका छन ।

अघिल्लो लेखमाअसाहय विपन्नलाई न्यानो सिरक वितरण गर्दै अभियन्ता दिनेश
अर्को लेखमाअख्तीयारद्धारा इनरुवा ६ नम्बर वडा कार्यालयको सिफारिस मुल्याङकनबाट बिक्री भएको जग्गाको अनुसन्धान गर्न छानविन

१ प्रत्रिक्रिया

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्