इनरुवा । इनरुवा नगरपालिकाकी उपमेयर विनिताकुमारी मेहताले राजनीतिक दवाव र भनसुनका आधारमा पीडितलाई न्याय पाउनबाट बञ्चित गराउन खोज्न अपराध भएको बताएकी छिन ।
शुक्रवार इनरुवा नगरपालिकाको न्यायीक समितिको आयोजनामा भएको मेलमिलापकर्ताहरुका लागि आधारभुत मेलमिलाप तालिमको समापन कार्यक्रममा सपथ ग्रहण गराउँदै उपमेयर मेहताले पीडितलाई न्याय दिलाउनका लागि पीडकका पक्षबाट दिने राजनीतिक दवाव अन्त्य गर्ने बताईन ।
उनले मेयर, वडाअध्यक्ष, राजनीतिक पार्टी, परिवारका मानिसहरु जोसुकैबाट आउने दवाव भनसुन र अनुरोधका आधारमा मेलमिलापकर्ताले काम गर्ने प्रवृति गर्न नहुँने बताउँदै निष्पक्ष रुपमा दुवैपक्षको सत्यतथ्य बुझेर न्याय दिनुपर्ने सुझाव दिईन ।
उपमेयर मेहताले इनरुवा नगरपालिका क्षेत्रका २० जना अगुवालाई वडातहमा आउने न्यायीक समस्याका ’boutमा सहजकर्ताको भुमिका निर्वाह गर्ने गरि एक हप्तासम्म आधारभुत मेलमिलाप तालिम प्रदान गरेपछि पद तथा गोपनियताको सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गरेकी थिइन ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, सहजकर्ता विरेन्द्रबहादुर बस्नेत, मेघराज न्यौपाने लगायते मन्तव्य राखेका थिए ।
पद तथा गोपनियताको सपथ लिएका मेलमिलापकर्ताहरुलाई तालिममा विवादको साटो, मेलमिलापको बाटो लिने वातावरण बनाउनका लागि विवाद, मेलमिलापको पद्धति, मेलमिलाप सम्वन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको शिप, मेलमिलाप प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गूणहरु र मेलमिलापका आचारसहिंता, सहमतीय निकास लगायतका विवीध बिषयमा सहजीकरण गरिएको थियो ।
नेपालको विद्यमान कानूनले देवानी मुद्दाहरूमा र निश्चित प्रकारका फौजदारी प्रकृतिका मुद्दाहरूमा वडा, पालिका, मेलमिलाप प्रक्रिया मार्फत मुद्दा टुङ्गयाउन अधिकार दिएको छ ।
Thanks for shening. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.com/en/register?ref=P9L9FQKY
How to make money from a health and beauty blog with affiliate
marketing?
passive income for nurses in the usa Maximizing earnings with health blog affiliate marketing
passive income options for retired doctors and seniors with limited mobility