इनरुवा । इनरुवा नगरपालिका ४ नम्बर वडाका वडाअध्यक्ष र इन्जीनियरलाई निलम्बन गरि कानुनी कारवाहीको माग गर्दै स्थानियले नगरपालिकामा निवेदन दर्ता गराएका छन ।
मेयर केदार भण्डारीलाई स्थानिय उपभोक्ताहरुले निवेदनका साथ सडक गुणस्तरहिन बनाएकाले एक महिना नपुग्दै भत्कीनुका साथै लाखौ रकम मिलोमतोमा अनियमितता गरेको भन्दै निलम्बनको माग गरेका हुन ।
उपभोक्ताहरुले तिनदिन भित्र नगरपालिकाबाट अधिकार सम्पन्न छानविन समिती बनाएर दोषीलाई कारवाही गर्न माग गरेका हुन ।
इनरुवा ४ स्थित कालोपत्रे सडक निर्माणका क्रममा उपभोक्ता समितीलाई डर धाक धम्की त्रास देखाएर वडाअध्यक्ष बौवालाल मेहता र इन्जीािनयर उमेश्वर मेहताले मिलोमतो गरि गुणतरहिन कालोपत्रे सडक निर्माण गरेको आरोप लगाउदै कारवाहीको माग गरिएको हो ।
उपभोक्ता समितीका अध्यक्ष उमेश मेहतासहित स्थानिय उपभोक्ताले वडाअध्यक्ष बौवालाल मेहता र इन्जीनियर उमेश्वर मेहताले पटक पटक टेलिफोन गरि आफुसँग रकम दिनका लागि माग गर्नुका साथै चेकमा दवाव दिएर सहिछाप गराएको अडियो रेकर्डको प्रमाणसहित मेयर भण्डारी समक्ष निवेदनमा उल्लेख गरेका छन ।
मेयर केदार भण्डारीले कार्यपालिका बैठकबाट छानविन समिती बनाएर कालोपत्रे सडक निर्माणमा भएको अनियमितता र गुणस्तहिन कामका ’boutमा यर्थात प्रतिवेदन सार्वजनिक गरिने बताए ।
वडा नम्बर ४ को पिपल चोकदेखि होलीसम्म निर्माण भएको ६ सय ८७ मिटर लामो सो कालोपत्रे सडक निर्माणको क्रममा चार वर्षअघि नै ग्रावेल हाल्ने र ढल निर्माण गर्ने काम सम्पन्न भएर त्यसको भुक्तानीसमेत नगरपालिकाले गरिसकेको स्थितिमा अहिले डब्लुबीएम, बेस हाल्ने क्रममा पुरानो ग्रावेलको पैसा भुक्तानी भएको छैन भन्दैे उपभोक्ता समितिबाट चेक काट्न लगाई दोहोरो भुक्तानी गरिएको भन्दै दवाव दिन थालेका हुन ।
सडक बोर्ड काठमाडौको बजेटमा उपभोक्ताको समेत लागत सहभागितासहित ८८ लाख ८० हजार ७६५ रुपैया ३ पैसामा निर्माण सम्झौता भएकोमा नगरपालिकाले अन्तिम भुक्तानीसहित ८० लाख ६४ हजार ३०८ रुपैया ४७ पैसा भुक्तानी गरिसकेको छ ।
वडा नम्बर ४ को पिपल चोकदेखि होलीसम्म निर्माण भएको ६ सय ८७ मिटर लामो सो कालोपत्रे सडक निर्माणको क्रममा चार वर्षअघि नै ग्रावेल हाल्ने र ढल निर्माण गर्ने काम सम्पन्न भएर त्यसको भुक्तानीसमेत नगरपालिकाले गरिसकेको स्थितिमा अहिले डब्लुबीएम, बेस हाल्ने क्रममा पुरानो ग्रावेलको पैसा भुक्तानी भएको छैन भन्दैे उपभोक्ता समितिबाट चेक काट्न लगाई दोहोरो भुक्तानी गरिएको दावी उपभोक्ताहरुले गर्दै आएका छन ।