इनरुवा । इनरुवा नगरपालिकाको दशौं विशेष नगरसभामा प्रतिनिधित्व गर्ने नगरसभा सदस्यहरुको असन्तुष्टीका कारण सभाको बैठक शुक्रवार नबसी स्थगित भएको छ ।
बैठकमा सहभागी भएका नगरसभा सदस्यहरुले निर्वाचित सवै नगरसभा सदस्यहरु बैठकमा सहभागी नभएको भन्दै पालैपालो आफ्नो धारणा राख्न पाउनुपर्ने माग राखेपछि इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले शनिवार बिहान ११ बजेसम्म बैठक बस्ने जनाउदै स्थगित गरेका हुन ।
दिउँसो १ बजेका लागि बोलाइएको विशेष नगरसभा बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित भएका १६ जना वडासदस्यहरु मेयर केदार भण्डारीको कार्यसम्पादन प्रति असन्तुष्ट व्यक्त गर्दै सभामा सहभागी नभएपछि बैठक स्थगित भएको थियो ।
मेयर भण्डारीको कार्यसम्पादन प्रति असन्तुष्ट रहेका नेपाली कांग्रेसका इनरुवा उपसभापति तथा नगरसभा सदस्य प्रदिप ढकालको नेतृत्वमा रहेका १६ जना सदस्यहरु बैठकमा सहभागी भएका थिएनन ।
असन्तुष्ट नगरसभा सदस्यको नेतृत्व गरेका नगरसभा सदस्य उत्तम कार्कीले मेयर भण्डारीले आफु खुशी नगरपालिकामा नीति तथा कार्यक्रम बजेट र योजनाहरु सञ्चालन गरेकाले उहाँको मनोमानीमा साक्षी बसेर गलत कामलाई अनुमोदन गर्न नसकिने अवश्थाका कारण बैठकमा सहभागी नभएको बताए ।
अर्का नगसभा सदस्य प्रदिप ढकालले नगरपालिकामा एकल निर्णयहरु आफु खुशी गर्ने पार्टी भित्रैका निर्वाचित जनप्रतिनिधिलाई कुनै सरसल्लाह नगर्ने वडा कार्यालयलाई वाइपास गरेर मनपरी रुपमा योजना संचालन गर्ने काम हुँदै आएको आरोप लगाउँदै बैठकमा सहभागी नभएको दावी गरे ।
बैठकमा सहभागी नहुने नगरसभा सदस्यहरुमा ढकाल, कार्कीसगै दिलीप पोद्धार, विरेन्द्र मेहता, कृष्ण श्रेष्ठ, बविता शर्मा, मुरीदेवी सदा, धनसरीदेवी राम, नविन दाहाल, याम श्रेष्ठ, तजरुज आलम, पंचु यादव, दिलकुमारी बस्नेत, जगननाथ मण्डललगायत रहेका छन ।
बैठकमा सहभागी भएका इनरुवा ८ नम्बर वडाका वडाअध्यक्ष अशोक साहले गणपुरक संख्या पुगेपनि मेयर भण्डारीले बैठकमा नआएका सदस्यको असन्तुष्टीलाई वेवास्ता गरे दावी गर्दै सवैलाई धारण राख्न र बिषयवस्तुमा छलफल गर्न समय नदिएकाले बैठक नबसेको बताए ।
इनरुवा ९ नम्बर वडाका वडाअध्यक्ष बसिरमुद्धिन मन्सुरीले भने, ‘बैठकमा गणपुरक संख्या नपुग्नुका साथै बजेटका ’boutमा छलफलका लागि मेयर भण्डारीले समय नदिने काम भयो उहाँले सल्लाह नगरि बैठक स्थगित गर्नु भयो ।’
अर्का वडाअध्यक्ष अनिल पोखरेलले नगरसभा सदस्यहरुको उत्साहजनक सहभागीता बैठकमा नभएको साथै धेरैजना नआएकाले सवैलाई सहभागी गराएर बैठक राख्न आवश्यकता बोध भएर स्थगित गरिएको बताए ।
मेयर केदार भण्डारीले नगरसभा गणपुरक संख्या अनुसार सुरु भएको दावी गर्दै उपमेयरले नीति तथा कार्यक्रम र योजनाका ’boutमा प्रस्ताव गर्ने काम भएको हुँदा छलफलका लागि समय नभएकाले स्थगित गरिएको बताए ।
भण्डारीले नगरसभा सदस्यका असन्तुष्टीका ’boutमा भेटेर सवैसँग कुराकानी गरेर उनीहरुको कुरा सुन्ने बताए ।
बैठकमा सहभागी नभएका नगरसभा सदस्यहरुलाई बैठकमा सहभागी गराउनका लागि छलफल थाल्ने भण्डारीले बताए ।