इनरुवा । इनरुवा नगरपालिकाको करिब एक करोड बढी लगानीमा निर्माण भएको चरा संग्राहलय व्यक्तिका नाममा रहेको तथ्य फेला परेको छ ।

इनरुवा नगरपालिकामा २०७४ सालमा निर्वाचित जनप्रतिनिधिले पहिलो नगरसभाबाट चरा संग्राहलय फाइन आर्टका नामबाट गौरवशाली योजनाको रुपमा अगाडि सारिएको उक्त योजनाको भौतिक पूर्वाधार भवन रहेको जग्गा व्यक्तिका नाममा रहेको पाइएको हो ।

इनरुवा नगरपालिकाको शतप्रतिशत लगानी रहेको चरा संग्राहलय नामको भवन निर्माणाधिन अवश्थादेखि नै व्यक्तिको नाममा रहेको तथ्य फेला परेको हो ।

इनरुवा नगरपालिकाका पूर्व मेयर राजन मेहताले प्रस्ताव गरेको उक्त चरा संग्राहलयको भवन निर्माणका लागि पहिलो नगरसभाबाट इनरुवा ५ बलाहामा आर्थिक वर्ष २०७४÷०७५ मा भवन निर्माणका लागि २० लाख रकमको बजेट पारित गरि भवन बनाउन सुरु गरिएको थियो ।

सो योजनालाई तेस्रो नगरसभाबाट समेत भवन निर्माणलाई निरन्तरता दिदै पुनः २० लाख रकम विनियोजन गरि भवन निर्माण गरिएको थियो ।

यसैगरि चौथो नगरसभाबाट तेस्रो पटक पुनः २० लाख रकम नगरसभाले पारित गरि चरा संग्राहलयको भवन निर्माण गरिएको थियो ।

आर्थिक वर्ष २०७७÷०७८ का लागि छैठौ नगरसभाबाट ३० लाख बजेट पारित गरि भवन बनाइएको थियो ।

सोही आर्थिक वर्ष नगसभाबाटै वडास्तरीय योजनातर्फ ५ नम्बर वडाको बजेटबाट ७ लाख रुपैया विनियोजन गरि चरा संग्राहलयका लागि सडक बाटो बनाउने योजनाअन्र्तगत काम भएको थियो।

आर्थिक वर्ष २०७८÷०७९ का लागि अठौ नगरसभाले भवन तथा शौचालय निर्माणका लागि १० लाख बजेट विनियोजन गरिएको थियो ।

नगरपालिकाको नगरसभाबाट नगरस्तरीय योजनामा समावेश गरिएको गौरवशाली योजनामा ५ वर्षभित्र १ करोड रकमको बजेट चरा संग्राहलयमा खर्च गरिएको छ भने वडास्तरीय योजनामा ७ लाख खर्च गरिएको थियो ।

इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले चरा संग्राहलय रहेको भवन व्यक्तिका नाममा रहे नरहेको बिषयमा कार्यालयमा रहेको सवै कागजपत्र अभिलेखहरु अध्यय्न गरिने बताए ।

मेयर भण्डारीले स्थानीय सरकारका तर्फबाट हचुवाको भरमा कुनै कानुनी आधार प्रमाण र स्वामित्व बिना व्यक्तिका नाममा रहेको जग्गामा करौडो लगानी भवन बनाउनु दुर्भाग्य हुने बताए ।

भण्डारीले भने, ‘सवै बिषयमा अध्यय्न गरि छानविन सुरु गर्न आफु तयार छु जग्गाको श्रेस्ता बिना व्यक्तिका नाममा भवन बनाउन संलग्न सवैलाई छानविनको दायरामा ल्याएर कानुनी कारवाहीका लागि प्रतिवद्ध छु ।’

उक्त भवन बनेको जग्गा इनरुवा ५ घर भई हाल काठमाण्डौमा बस्दै आएका समाजसेवी केशव पौडेलका नाममा दर्ता कायम रहेको पाइएको छ ।

जग्गादातासमेत रहेका पौडेका भाई केदार पौडेलले भने, ‘नगरपालिकासँग १० धुर जग्गा दिने सहमतिअनुसार हामीहरुले चरा संग्राहलय बनाउन जग्गा दिएका हौ ।’

पौडेलले थपे, ‘संग्राहलय बनाउने क्रममा भवन बन्दै जाँदा १० धुरभन्दा बढी जग्गामा भवन बनेकाले पूर्व सहमतिअनुसार बढी भोग गरेको जग्गाका बिषयमा पारिवारिक रुपमा छलफल गरेर के गर्ने भन्ने निर्णय गरिने छ ।’

हाल जग्गाको कित्ताकाट समेत रोक्का रहनुका साथै दाजु काठमाण्डौमा रहनु भएकाले रजिष्ट्रेशन गरेर दिन नसकिएको उनले बताए ।

आर्थिक क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरु नगरपालिकाले कानुनी रुपमा कुनै वैधता नभएको अवश्थामा व्यक्तिका नाममा रहेको जग्गामा करोड लगानीमा गौरवशाली योजना बनाउनु दुखःद भएको बताउँछन ।

अघिल्लो लेखमाOnline Dating Safety and How to Recognize Red Flags
अर्को लेखमाराजन मेहताले गायब पारेको गाडि फिर्ता ल्याउन नगरपालिकाले गुहार्‍याे प्रहरी र सिडीयो कार्यालयलाई

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्