इनरुवाका किराना ब्यवसायीहरु संगठित

34
315
Inaruwa grocery traders organized
kirana

इनरुवा । इनरुवा नगर क्षेत्रभित्र किराना व्यवसाय गरिरहेका व्यापारीहरु वस्तुगत संघमा संगठित भएका छन ।

मंगलवार उद्योग वाणिज्य संघ इनरुवामा भएको किराना व्यवसायीहरुको भेलाले कैलाश रायको अध्यक्षतामा १५ सदस्यीय किराना व्यवसायीहरुको वस्तुगत संघ इनरुवा गठन गरेका हुन ।

वस्तुगत संघ इनरुवाको उपाध्यक्षमा सकिल रहमान, सचिवमा आशिष जैन, सह–सचिवमा जीवन साह, कोषाध्यक्षमा युवराज दाहाल, सदस्यहरुमा सुनिल साह, राजन साह, निजम खडका, राजेश मेहता, श्याम रौनियार, देवेन्द्र साह, दिलीप पोद्धार, कविता पोद्धार, मिरा भण्डारी, श्यामदेव मण्डल रहेका छन ।

नवगठित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्र साह, उपाध्यक्ष, गिरीराज अटल, सहसचिव सुरेन्द्रकुमार साह, गौतम झालगायतले शुभकामना दिएका थिए ।

अघिल्लो लेखमाइनरुवा–कप्तानगञ्ज सडक ६० फिट चौडा हुने
अर्को लेखमाइनरुवामा चोरीका घट्ना बढ्दो, दैनिक जसो चोरी

34 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्