इनरुवा । इनरुवा नगर क्षेत्रमा रसायनिक मल विक्री वितरण गर्दै आएका सहकारीहरुले नगरपालिकाले निर्धारण गरेको दररेटमा कारोवार गर्न नसक्ने स्पष्ट पारेका छन ।
इनरुवा नगरकार्यपालिकाको हालै बसेको बैठकले युरिया प्रति बोला ९६०, डीएपी २४१० र पोटास १८१० रुपैया विक्री दर कायम गरेको थियो ।
नगरपालिकाको मुल्यनिर्धारणले आफूहलाई नोक्सान हुने रसायनिक मल बिक्री वितरण गर्ने इजाजतप्राप्त सहकारी संघ÷संस्थाहरुको भदौ २६ गते बसेको बैठकले नगरपालिकालाई सो निर्णय सच्याउन आग्रह गरेपनि नगरपालिकाले अहिलेसम्म आफ्नो पूर्व निर्णय परिमार्जन नगरेको भन्दै अहिलेको अवस्थामा विक्री वितरण गर्न नसकिने निष्कर्स निकालिएको छ ।
बैठकले रसायनिक मलको बिक्री दर साविकको दरभन्दा घटी कायम गरेको हुदाँ हालको इन्धनको मुल्य बृद्धिको कारणले गर्दा ढुवानीमा १३% भ्याटसहित ढुवानी भाडामा बृद्धि, महंंगीले गर्दा स्थानीय मजदुरको अनलोड खर्चमा बृद्धि हुने जनाइएको छ ।
मलखरिद गर्न जाँदा कर्मचारीको आवतजावत खर्च, संघ÷संस्थाले डिलर धरौटी वापत निव्र्याजी एक लाख रुपैया धरौटी घरौटी, नगरपालिकालाई वार्षिक नविकरण शुल्क पाँच हजार, तथा कृषि सामग्री कम्पनी र साल्ट ट्रेनिङ् कर्पाेरेशनसमेतमा डिलरशिप नविकरण तीन हजार रुपैया, मल विक्रीविवरणको नामनामेसी अनलाइन खर्च हुने उल्लेख छ ।
यसैगरि गोदाम भाडा, ऋण वा बचतको रकमबाट मल खरिद गर्दा सो रकमको व्याज खर्च, प्रत्येक बोरामा हुक लागेको कारण खुद्रा विक्री गर्दा मल सर्टेज भइ नोक्सानी भइरहेको यावत कारणहरुले गर्दा नगरपालिकाले विक्रीको लागि निर्धारण गरेको दर रेटमा बिक्री गर्दा सहकारी संघ संस्थाहरु लाई नोक्सान हुने हुँदा मल विक्रीवितरणको कार्य गर्न नसकिने अवस्था रहेको विक्री दरलाई संसोधन गर्नको लागि पहल गरिदिनहुन आग्रह गरेको छ ।